अर्थतन्त्र

सशस्त्र हेडक्वार्टरमा आगलागी घटना छानबिनका लागि समिति गठन

सशस्त्र हेडक्वार्टरमा आगलागी घटना छानबिनका लागि समिति गठन

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ जेठ,काठमाडौं ।सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको जनाकारी दिएका छन्। बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो ।आगलागीबाट केही सवारीसाधनहरुमा क्षति पुगेको थियो। सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।  ...
घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२१ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ११ हजार १ सय रुपैयाँ छ । आइतबार बजेटले भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याएपछि सुनको मूल्य अकस्मात वृद्धि भएको हो । भन्सार दरकै कारण प्रतितोला करिब २० हजार रुपैयाँ मूल्य थपिएको महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ३७० रुपैयाँ रहेको चाँदी आज ५ हजार २८५ रुपैयाँ भएको छ ।...
एक सातामा प्रतितोला २० हजार ८ सय बढ्यो सुन

एक सातामा प्रतितोला २० हजार ८ सय बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२० जेठ,काठमाडौं । एक सातामा नेपाली बजारमा सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ बढेको छ । आज बुधबार अघिल्लो दिनको तुलनामा मूल्य स्थिर रहे पनि गत बुधबारको तुलनामा २० हजार ८ सय बढेको हो । महासंघले आज ३ लाख ११ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि यहीं मूल्यमा कारोबार भएको थियो ।गत बुधबार २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन ५ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ३७० रुपैयाँ कायम भएको छ ।एक सातामा चाँदी पनि २९० रुपैयाँ बढेको छ ।...
घट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार
१४ जेठ, काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ ।...
६ अर्ब नाघ्यो सेयर कारोबार

६ अर्ब नाघ्यो सेयर कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१३ जेठ, काठमाडौं । सेयर बजारमा झन्डै एक महिनापछि कारोबार रकम ६ अर्ब नाघेको छ । आज बुधबार बजारमा ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो ।   बजार परिसूचक नेप्से भने आज जम्मा ४.९९ अंक (०.१७ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७८२ अंकमा कायम भएको छ । आज १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।...
पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन : अर्थमन्त्री वाग्ले

पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३ जेठ,काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको बताएका छन्। आर्थिक सर्वेक्षण २०८२–८३ सांसदमार्फत सार्वजनिक गर्दै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन्।उनले सांसदमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने विषय उल्लेख गरे।राजस्व संकलनमा सुधार भएको र सर्वेक्षणले औंल्याएका विषय बजेटमार्फत सम्बोधन गरिने पनि उनले बताए। उनका अनुसार विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको छ,नेपालको उपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने छ। नेपालमा बागमती र गण्डकी प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने छ।नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २४ प्रतिशत र गैरकृषि क्षेत्रले ७६ प्रतिशत योगदान छ। यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक,द्वि...
प्रधानमन्त्री,रास्वपा सभापति र अर्थमन्त्रीबिच सिंहदरबारमा ४ घण्टा छलफल

प्रधानमन्त्री,रास्वपा सभापति र अर्थमन्त्रीबिच सिंहदरबारमा ४ घण्टा छलफल

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
१३ जेठ,काठमाडौं ।आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटका विषयमा प्रधानमन्त्री बालेन शाह,रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबिच छलफल भएको छ । मंगलबार बेलुका सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबिच झन्डै ४ घण्टाभन्दा बढी समय बजेटका विषयमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शाह,सभापति लामिछाने र अर्थमन्त्री डा. वाग्लेबिच आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता र सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा केन्द्रित रहेर विस्तृत छलफल भएको हो । बालेन नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।...
कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सभामुखको आग्रह

कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सभामुखको आग्रह

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ब्यानर-२, राजनीति, समाचार
१२ जेठ, काठमाडौं ।सभामुख डीपी अर्यालसंग नेपालका लागि कोरियाली राजदूत  पार्क थेयङले  शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–कोरिया सम्बन्ध,लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ। भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।  सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।   नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो । राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ...
सुनको भाउ १ हजार ९ सय बढ्यो,चाँदीको भाउ के छ ?

सुनको भाउ १ हजार ९ सय बढ्यो,चाँदीको भाउ के छ ?

अर्थतन्त्र, ताजा अपडेट, समाचार
११ जेठ, काठमाडौं । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।...
तल्लो सेती जलविद्युत् आयोजना निर्माण  हुँदै

तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुँदै

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
११ जेठ, तनहुँ । तनहुँमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना निर्माण हुँदै गरिने भएको छ । आयोजना प्रमुख हरिकुमार श्रेष्ठले एसियाली बिकास बैंकको २२७ मिलियन अमेरिकी डलर, ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत ऋणमा निर्माण गर्न लागिएको जानकारी दिए । अर्धजलाशययुक्त सो आयोजनाको बाँध तनहुँको बन्दीपुर–६ र देवघाट गाउँपालिका–३ मा पर्दछ । विद्युत्गृह, कर्मचारी आवास, मुख्य सुरुङ देवघाट गाउँपालिका–३ र ४ मा पर्दछ । श्रेष्ठले विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको पनि बताए।  ...