अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको पनि बढ्यो

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको पनि बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२७ चैत, काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल र मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल र मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ। भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। आयल निगमले जारी गरेको विज्ञप्तिमा हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६.६५, डिजेलमा प्रति लिटर रु.१०९.५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६.३७घाटा रहेको र निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिएको छ ।अब १४....
४ हजार ३०० ले घट्यो सुनको भाउ

४ हजार ३०० ले घट्यो सुनको भाउ

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२६ चैत, काठमाडौं ।स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला ४ हजार ३०० र चाँदी तोलामा १५० ले घटेको हो । आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८७५ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २५ कायम भएको थियो ।  ...
पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

पेट्रोलको मूल्य २०० नाघ्यो, डिजल १८० रुपैयाँ

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
२० चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । आज शुक्रबार बिहानैदेखि लागू हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजल र मट्टीतेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ ।  ...
घट्यो सेयर बजार, कारोबार बढ्यो

घट्यो सेयर बजार, कारोबार बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१८ चैत,काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो । बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, ङादी ग्रुप, शिवम् सिमेन्ट र नेपाल पुनर्बीमा कम्पनी छन् ।...
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तीन वटा फर्मलाई जरिवाना

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्धारा तीन वटा फर्मलाई जरिवाना

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
११ चैत,काठमाडौं ।स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ। विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार,शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ।यस्तै,ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कानुन विपरीतको कारोबार भएको पाइएपछि जरिवाना गरिएको बताइएको छ ।ती फर्मलाई उपभोक्ता संरक्षण ऐन,२०७५ बमोजिम कारबाही गरिएको हो ।थप कूल १५ फर्मलाई भने विभागले सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि,उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।...
आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

आगलागीबाट सर्लाहीमा उखु खेती नष्ट

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
११ चैत,काठमाडौं । सर्लाहीको रामनगर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलका स्थानीय बच्चेलाल रायको ५ कठ्ठामा लगाइएको उखु काटेर फालेको पात जलाउने क्रममा काट्न बाँकी रहेको उखुमा आगो सल्किएको वडा अध्यक्ष ब्रह्मदेव चौधरीले जानकारी दिए । उनले भने, ‘उखुको पातहरू जलाउँदा आगो नियन्त्रणबाहिर भयो, र आगो लागेर ठूलो क्षति भएको हो ।’  ...
नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

नेपाली युवाले ल्याए ‘ल बसम’ राइड सेयरिङ एप

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
९ चैत,काठमाडौं ।नेपाली युवाहरूले ‘ल बसम’ एप बजारमा ल्याएका छन् । नेपाली युवाको सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड–सेयरिङ एप ‘ल बसम’ आइतबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको आएको हो।  ‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो कम्पनीकोकाठमाडौंको तारकेश्वर– ८, शेषमतिमा कार्यालय रहेको छ भने हाल काठमाडौँ उपत्यकामा मात्र सेवा सुरु गरेको र छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ । कम्पनी सञ्चालकहरुको भनाइमा, ‘ल बसम’ केवल सेवा होइन, नेपाली प्रविधि, सीप र श्रमलाई एकीकृत गर्दै देशभित्रै आर्थिक...
आज पनि बढ्यो सेयर बजार, घट्यो कारोबार

आज पनि बढ्यो सेयर बजार, घट्यो कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
९ चैत, काठमाडौं ।सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्तिममा बढेर बन्द रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.०१ अंक बढेको हो । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३६ अंकमा कायम भएको छ । तर कारोबार रकम भने घटेको छ । अघिल्लो दिन २३ अर्ब ५९ करोडको कारोबार भएकोमा आज १५ अर्ब ७८ करोडको भयो । १०२ कम्पनीको मूल्य बढ्दा १५४ को घट्यो भने ८ को स्थिर रह्यो ।  ...
भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

भृकुटीमण्डपमा फ्लोरा एक्स्पो सुरु

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार, स्थानीय
६ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा २७औँ फ्लोरा एक्सपो सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा एक्स्पो सुरु भएको हो । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु भएको फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल–११, प्रतिस्पर्धा स्टल–दुई, फुड स्टल–दुई, ल्यान्डस्केप स्टल–एक, सेल्फी स्टल–एक, बी वाई डी इभी कारको स्टल एकसहित गरी जम्मा ८३ ओटा स्टल रहेको आयोजकले जनाएको छ । एक्स्पो आइतबाररसम्म सञ्चालन हुने जनाइएको छ ।...
अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अवैध उत्खननमा संलग्न आठ ट्रयाक्टरसहित चालक नियन्त्रणमा

अर्थतन्त्र, कानुन, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
५ चैत , रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा अवैध रूपमा  बालुवा उत्खननमा  संलग्न आठ वटा ट्रयाक्टरसहित चालकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान चन्द्रपुर नगरपालिका–५, राजपैडा र ८ मोतीपुरस्थित चाँदी खोलामा ट्याक्सीमार्फत अवैध रूपमा बालुवा उत्खनन गरी लोड भइरहेको सूचनाको आधारमा सुरक्षा बेस सन्तपुरका प्रमुख  सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वनाथ जिसीको कमान्डमा खटिएको टोलीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्रयाक्टर र चालकलाई चन्द्रपुर नगरपालिका कार्यालयले जरिवाना लिएर छोडेको छ ।...