अर्थतन्त्र

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार ४ जेठका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ।सुनको भाउ अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको छ। चाँदीको भाउ तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले घटेको हो।...
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
४ जेठ काठमाडौं ।परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन्। टोखा नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति,कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह,सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताए । अबको समय भनेको राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने समय भएको भन्दै उनले आफुले गरेका कामहरु पुस्तौंपुस्ताले लाभ लिने गरि गर्नुपर्ने आवश्यकत औंल्याए । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,” उनले भने । काठमाडौँ क्षेत्र नं ६ बाट निर्वाचित सांसद खनालले टोखाको दक्षिणी भेग निकै बाक्लो बस्तीले भरिएको र उत्तरी भेगमा अझै पनि खुला ...
बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन अर्थ मन्त्रालयले दियो स्रोत सहमति

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१ जेठ, काठमाडौं ।उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि मन्त्रालयले स्रोत सहमति दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले बताइन् । आयोजना अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना,थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रिया गरिने प्रमुख शर्माले जानकारी दिइन्।उत्तर - दक्षिण जोड्ने कोरला सडक आयोजना अन्तर्...
चोरी भएका ६५ मोटरसाइकल ट्राफिकले गर्‍यो धनीलाई हस्तान्तरण

चोरी भएका ६५ मोटरसाइकल ट्राफिकले गर्‍यो धनीलाई हस्तान्तरण

अपराध, अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ वैशाख, काठमाडौं। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँहरुबाट हराएका ६५ थान मोटरसाइकल धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा हराएका दुई पांग्रे सवारी (मोटरसाइकल र स्कुटर) फेला पारेर धनीलाई हस्तान्तरण गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एसएसपी नवराज अधिकारीका अनुसारआइतबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए। हराएका सवारी फेला परेपछि खुसी व्यक्त गर्दै सवारी धनीले ट्राफिकलाई खादा लगाउँदै लड्डुसमेत खुवाएका थिए। सवारी चोरी गर्ने क्रम बढेको भन्दै ट्राफिकले ह्विल लक लगाउन,जीपीएस तथा साइरन जोड्न समेत सवारी धनीलाई अनुरोध गरेको छ।...
घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० चैत,काठमाडौं ।सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ।सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदी पनि घटेको छ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो ।हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ। ...
प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति : बैंकमा १.४६ करोड,श्रीमतीको नाममा १९० तोला गहना

प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति : बैंकमा १.४६ करोड,श्रीमतीको नाममा १९० तोला गहना

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
३० चैत,काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। शाहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा (घरसहित) रहेको छ। त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको जनाइएको छ। सो जग्गा बुवा रामनारायण साहको नाममा रहेको पनि विवरणमा उल्लेख छ।त्यस्तै पैतृक सम्पत्तिबाट प्राप्त भएको भनि पत्नी सविना काफ्लेको नाममा १९० तोला सुनचाँदी भएको जनाइएको छ।साथै बैंकमा प्रधानमन्त्री शाहको १ करोड ४६ लाख रुपैयाँ बचत रहेको उल्लेख छ। उक्त आम्दानीको स्रोत भने सामाजिक सञ्जालहरू फेसबुक,युट्युब, टिकटक,स्पटीफाईलगायत बताइएको छ। शाहको फेसबुकमा ४० लाख,युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर रहेको पनि उल्लेख गरिएको छ ।...
बढ्यो सुनचाँदीको भाउ

बढ्यो सुनचाँदीको भाउ

अर्थतन्त्र, ताजा अपडेट, समाचार
२९ चैत, काठमाडौं ।आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि बढेको छ ।अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९७५ रुपैयाँमा कायम भएको छ । आज सामान्य बढेको हो।...
सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

सार्वजनिक गाडीको भाडा बढ्यो,उपत्यकामा न्यूनतम कति ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ चैत,काठमाडौं । पेट्रोल तथा डिजेलबाट सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनको भाडादर बढेको छ। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम,रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ भाडादर निर्धारण गरेको हो। संशोधित भाडादर शनिवारदेखि लागू भइसकेको छ।नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यका भित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा अब २४ रुपैयाँ कायम गरिएको छ,जुन यसअघि १९ रुपैयाँ थियो। दूरीका आधारमा भाडा समायोजन गरिएको छ।पाँच किलोमिटरसम्म २४ रुपैयाँ,१० किलोमिटरसम्म ३३ रुपैयाँ,१५ किलोमिटरसम्म ३९ रुपैयाँ र २० किलोमिटरसम्म ४४ रुपैयाँ निर्धारण गरिएको छ।२० किलोमिटरभन्दा माथिको दूरीका लागि ५० रुपैयाँ भाडा कायम गरिएको मन्त्रालयले जनाएको छ। इन्धन मूल्य वृद्धि तथा सञ्चालन खर्च बढेकाले भाडा समायोजन गरिएको वागमती सरकारको भनाइ छ। यद्यपि,विद्युतीय माध्यमबाट सञ्चालन हु...
तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

अर्थतन्त्र, ब्यानर-२, समाचार
२७ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।...
नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

अर्थतन्त्र, पर्यटन, बिशेष, समाचार
२७ चैत, काठमाडौं । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । सो दर २६ साउन २०८२ मा तय भएपनि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो । सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनीबस, मिनी ट्रिपर र ट्रकले काठमाडौं आउँदा ११५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ । बस, ट्रक (सिंगल रियर एक्सल)को हकमा काठमाडौं छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ दस्तुर तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारी साधन र भारी उपकरणलाई भित्र छिर्दा ६ सय रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने जनाइएको छ ।...