कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न सभामुखको आग्रह
१२ जेठ, काठमाडौं ।सभामुख डीपी अर्यालसंग नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–कोरिया सम्बन्ध,लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सविचलायले जनाएको छ।
भेटमा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गरे ।
सभामुख अर्यालले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई नेपालको सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमा मात्र नभई जनताबीचको सम्बन्धका रूपमा समेत विकसित भएको उनको भनाइ थियो ।
राजदूत पार्कले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ...







