डलर, युरो, रियाललगायत सबै विदेशी मुद्राको भाउ बढ्यो
२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार सबै विदेशी मुद्राको भाउ बढेको छ ।
अमेरिकी डलर,युरो,पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ ।जापानी येन, चिनियाँ युआन, थाइ भाट, क्रोनर, दिराम, दिनार, रिङ्गेट, रियाल र साउथ कोरियन वनको पनि भाउ बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको थियो।
आज युरोपियन युरोको मूल्य पनि आज बढेको छ । आज युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९ पैसा छ । हिजो युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा थियो ।
युके पाउण्ड स्ट्रलिङको मूल्य...









