अर्थतन्त्र

प्रतितोला १४ सय बढ्यो सुन

प्रतितोला १४ सय बढ्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, समाचार
८ असार, काठमाडौं । सोमबार सुनचाँदीको भाउ बढेको छ ।सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७३० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ थियो ।...
नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
८ असार,काठमाडौं ।नेपाल फेरि पनि सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा परेको छ । फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा भएको जनाएको छ । एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो ।यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ । एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गरेदै आएको छ। यसअघि सन् २००८ मा नेपाल यस्तै जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा परेको थियो ।सन् २०१४ मा मात्रै नेपाल त्यो सूचीबाट स्तरोन्नति भएको थियो ...
चिया निर्यातमा भारतीय अवरोध :  उद्योग बन्द गर्ने उद्योगीको घोषणा

चिया निर्यातमा भारतीय अवरोध : उद्योग बन्द गर्ने उद्योगीको घोषणा

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१ जेठ, काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि) देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको जनाएको हो । भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ । जटिल गुणस्तर जाँच, अपारदर्शी नतिजा र भण्डारणको अभाव जस्ता समस्याले गर्दा ठूलो परिमाणमा तयारी चिया थन्किएको छ । एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले अहिले करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको बताएका छन् ।भारतीय चिया बोर्डले परीक्षणका लागि लगेको नमुनाको रिपोर्ट महिनाौंसम्म नदिने र रिपोर्टमा गुणस्तरहीन देखिएमा उक्त चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने जस्ता ...
काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्वास्थ्य
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यबाहक मेयर सुनिता डंगोलले नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् । विगत वर्षहरूमाझैँ काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रमुख आधारको रुपमा लिएको डंगोलले जानकारी दिइन् । नीति तथा कार्यक्रमले मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा सघाउ पुग्ने अपेक्षा लिएको छ। आर्थिक वर्ष २०८३÷८४ को लागि नगरसभाको सो बैठकमा प्रस्तुत भएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनबाट काठमाडौंको अपेक्षित लक्ष्य हासिल हुने अपेक्षा नगरपालिकाको छ । महानगरलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्...
पिच भयो नौबिसे–धार्के सडकखण्ड

पिच भयो नौबिसे–धार्के सडकखण्ड

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
३१ जेठ, काठमाडौं । नौबिसे–मलेखु सडक खण्डको धार्के क्षेत्रमा कालोपत्रे गरिएको छ । तीन किलोमिटर बेस फाइनल गरेर कालोपत्रे गरिएको हो । घाटबेसी क्षेत्रमा पनि कालोपत्रको काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको हो। पश्चिम एसियामा जारी युद्धको कारण अत्यधिक मूल्यवृद्धि भएको र कच्चा पदार्थसमेत आयात गर्न नसकिएका कारण काम रोकिएको थियो । मन्त्री  लम्सालले मूल्य समायोजन गर्ने आश्वासन दिएपछि र स्थानीय पालिकाहरुबाट निर्माण सामग्री प्रबन्ध मिलाउन सहजीकरण गरेपछि निर्माण व्यवसायीले काम सूचारु गरेका हुन् ।  ...
सेयर बजारमा ८.१४ अंकको गिरावट,कारोबार कति ?

सेयर बजारमा ८.१४ अंकको गिरावट,कारोबार कति ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२८ जेठ, काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा पुगेर बन्द भएको हो। आज बजारमा ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक खरिदबिक्री हुँदा कूल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार ८९४ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा ८२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।१३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।...
पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

पोखराबाट दुबईका लागि नियमित उडानको टिकट बुकिङ खुला

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२८ जेठ,पोखरा ।पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।विमानस्थल पहिल्यै सञ्चालनमा आएपनि नियमित रुपमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान हुन सकेको थिएन। यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए।त्यस्तै भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो।तर नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारीताबारे प्रश्न चिन्ह खठा भएको थियो। पोखरा पर्यटन परिषद्का अनुसार पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन,व्यापार तथा आर्थिक विकासमा ऐतिहासिक टेवा पुग्ने देखिन्छ।उडानका लागि टिकट बुकिङ खुला पनि भइसकेको छ। यसबाट पर्यटन प्रवर्द्धन,व्यापार...
तोलामा १० हजार घट्यो सुन

तोलामा १० हजार घट्यो सुन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२७ जेठ,काठमाडौं । आज बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ। आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको छ । ग...
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी,करोडडौंको क्षति

बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी,करोडडौंको क्षति

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२७ जेठ,काठमाडौं ।काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा विद्युत् सर्ट भई अचानक सल्किएको आगोका कारण करिब ८ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । बुधबार राती २ः५२ बजेको समयमा उद्योगमा अचानक आगो सल्किएको थियो ।आगो नियन्त्रणका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र दमकल परिचालन गरिएको थियो । आगलागी भएको खबर पाउनासाथ नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सम्बद्ध निकायहरू आगो निभाउन खटिएका थिए । काठमाडौँ र आसपासका क्षेत्रबाट पुगेका ११ वटा दमकल र एउटा पानी ट्याङ्करको सहयोगमा बिहान करिब साढे पाँच बजे मात्र आगो पूर्ण रूपमा निभाउन सफल भएका थिए । आगलागीका कारण सो गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ। छिमेकी पसल र घरहरूमा समेत आगो फैलिँदा थप क्षति पुगेको...
‘बोधि संवाद’को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

‘बोधि संवाद’को अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
२६ जेठ, काठमाडौं । अर्थतन्त्र र भू–राजनीतिमा केन्द्रित रहेर काठमाडौंमा अर्को साता अन्तर्राष्ट्रिय सम्मेलन ‘बोधि संवाद’ हुने भएको छ । सेन्टर फर इकोनोमिक्स एन्ड स्ट्राटेजिक स्टडिज (सेसिफ) ले आउँदो मंगलबारदेखि शुक्रबारसम्म चार दिने सम्मेलन गर्न लागेको हो । सम्मेलनमा नेपालको आर्थिक विकासको सम्भावना र दक्षिण एशियामा विकसित हुँदै गएको भू–राजनीतिक परिवेशमा चीनको भूमिकाबारे नेपाली र विदेशी विज्ञहरूबीच प्यालन छलफल हुने सेसिफका अध्यक्ष एवं पूर्वराजदूत विजयकान्त कर्णले जानकारी दिए ।सो संवादमा विदेशी १६ जना स्कलरहरू पनि सहभागी हुनेछन् । मंगलबार पत्रकार सम्मेलन गरेर सेसिफले बोधि संवादलाई आर्थिक,राजनीतिक तथा भूराजनीतिक परिवर्तनबारे गम्भीर र दूरदर्शी बहसको साझा मञ्चका रूपमा प्रस्तुत गर्ने बताएको छ । विश्वव्यापी रूपमा शक्ति सन्तुलन, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा तीव्र परिवर्तन भइरहेको अ...