अर्थतन्त्र

नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

नेप्सेमा सुधार,२४ दशमलव ५७ अङ्कले बृद्धि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
२३ असार,काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक २४ दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार ६५१ दशमलव ६९ मा पुगेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ३३ अङ्कले बढेर लागेर ४६० दशमलव ६१ मा पुगेको छ। यस्तै फ्लोट सूचक एक दशमलव ७३ अङ्कले बढेर १८१ दशमलव ९६ मा पुगेको छ।भने, सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ५७ अङ्कले बढेर एक सय ५६ पुगेको छ। आज विभिन्न कम्पनीका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर रु चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ। आज १३ वटै उपसमूहको सेयर बढेको छ।...
सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२२ असार,काठमाडौं ।सरकारले सात हजार मिटर माथिको हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने प्रावधान ल्याउने तयारी गरेको छ । सोमबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नयाँ बन्न लागेको पर्यटन ऐन तथा नियमावलीमा उक्त प्रावधान राख्न लागिएको बताए । सगरमाथामा आरोहणको चाप निकै बढेको भन्दै उनले आरोहणको चाप बढाउँदै लैजाँदा सगरमाथा सुरक्षित रहँदैन भन्ने चिन्ता स्वभाविक रहेको बताए । मन्त्री पौडेलले हालको अवस्थामा भारतीय पर्यटकहरूको ठूलो चाप देखिएको बताए । पर्यटन प्रवर्द्धनका लागि सरकारी,निजी,गैर–सरकारी,दातृ निकाय र डायस्पोरासँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ छ ।  ...
किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

किसान सूचीकरण तीव्र,२६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध

अर्थतन्त्र, कानुन, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२२ असार,काठमाडौं । किसान सूचीकरण कार्यक्रमले तीव्रगति लिएको छ ।नेपाल सरकारले खाद्य अधिकार तथा खाद्य सम्प्रभुत्तासम्बन्धी ऐन, २०७५ अनुरूप किसान सूचीकरण कार्यक्रम देशभर राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको हो। यो कार्यक्रम सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको छ ।सरकारले आर्थिक वर्ष २०८२ ÷८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत हुने लक्ष्य लिइएको छ । पछिल्लो समय कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहको निरन्तर प्रयासबाट हालसम्म उल्लेख्य सङ्ख्यामा किसान सूचीकरण भएका छन् । देशैभरबाट २६ लाख ४५ हजार किसान परिवार अर्थात ६४ प्रतिशत किसान आबद्ध भएको मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले उल्लेख गरेको छ ।आगामी आव देखि किसान वर्गीकरणसहित परिचयपत्र वितरण गर्ने तयारी मन्त्रालयको छ ...
बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

बजेट नल्याउने स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सोध्यो स्पष्टीकरण

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, स्थानीय
१८ असार,काठमाडौं । भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति,कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेस नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ । मन्त्रालयले पत्रमार्फत आज विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो । पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय ९बजेट० १० असारभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।  ...
बैंकहरूले बन्द गरे डेढ सय शाखा,कर्मचारीहरुको के हुन्छ ?

बैंकहरूले बन्द गरे डेढ सय शाखा,कर्मचारीहरुको के हुन्छ ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
१६ असार, काठमाडौं । चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना देशभरका १४९ वटा शाखा बन्द गरेका छन् । वाणिज्य बैंक तथा विकास बैंकहरूले धेरै शाखा बन्द गरेको पाइएको छ । तर शाखा बन्द गरे पनि बैंकहरूले कर्मचारी कटौती गर्न भने पाउँदैनन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत महानगरपालिकाभित्र धेरै शाखा रहेको अवस्थामा स्वयमले निर्णय गरी गाभ्न वा एकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । सो मौद्रिक नीति लागूपछि केन्द्रीय बैंकले २०८२ मंसिर २९ गते निर्देशन जारी गर्दै कर्मचारी कटौती नगरी शाखा एकीकरण गर्न सक्ने व्यवस्था गरेबमोजिम काठमाडौं, ललितपुर, पोखरा, विराटनगर, वीरगन्ज र भरतपुर महानगरपालिमा रहेका ७ वाणिज्य बैंक र ३ विकास बैंकका ११८ शाखा गाभिएका छन् । चालु आर्थिक वर्षको वैशाखसम्ममा बैंक वित्तीय संस्थाका १४९ शाखा घटेको तथ्यांक ...
सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

सुनको भाउ ४७ सयले वृद्धि,चाँदीको भाउ पनि वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१४ असार,काठमाडौं ।साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो । शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।...
काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

काभ्रेमा किसानहरूले महादेवको पूजा गरेर मागे पानी

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३ असार, काभ्रेपलाञ्चोक । लामो समयदेखि वर्षा नभएर बालीनाली सुक्न थालेपछि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० र ८ का किसानहरूले महादेवको पूजा गरेर पानी मागेका छन् । मण्डनदेउपुर नगरपालिका–१० का किसानले मण्डन क्षेत्रकै सबैभन्दा अग्लो थानडाँडा (थामीडाँडा) स्थित महादेव मन्दिरमा विशेष पूजा गरि वर्षाको कामना गरेका हुन् । यस्तै मण्डनदेउपुर नगरपालिका–८ का किसानले पनि नरसिंगेश्वोर महादेव मन्दिरमा महारुद्री लगाएर महादेवसँग पानी मागेका छन् । लामो समयसम्म आकाशबाट पानी नपर्दा यस क्षेत्रमा यस्तो परम्परा प्रचलनमा रहे पनि पछिल्ला केही वर्षदेखि यो चलन कम देखिएको थियो । यसपटक भने जोगिटार र धाईटारका सयौँ किसानले फेरी भगवानसँग पानी मागे । कृषि उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उनीहरुले ‘हर हर महादेव, पानी देऊ’ भन्दै महादेवको पूजा–आराधना गरी वर्षाको कामना गरेका छन् ।किसानका अनुसार यसरी पूजा ग...
ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

ललितपुर महानगरपालिकाद्वारा एक दिने सीप तथा रोजगार मेला आयोजना

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१२ असार,ललितपुर ।ललितपुर महानगरपालिकाले जावलाखेलमा एक दिने सीप तथा रोजगार मेला आयोजना गरेको छ। मेलामा सीप सिक्न चाहने व्यक्ति र सीप सिकाउने संस्था वा व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको आयोजकको भनाइ छ । सीपयुक्त जनशक्ति र रोजगारदातालाई एउटै थलोमा भेट गराउने उद्देश्यले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। रोजगार मेलामा विभिन्न क्षेत्रसँग सम्बन्धित स्टलहरू राखिएका छन्।एआई,क्राफ्टिङ,मोटरसाइकल मर्मत तथा कुकिङ लगायतका विविध सीपमूलक क्षेत्रका स्टलहरू समावेश छन्। मेलामा अवलोकनकर्ताहरूले विभिन्न सीप र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी लिइरहेका थिए।...
बढ्यो सुन,घट्यो चाँदी

बढ्यो सुन,घट्यो चाँदी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२ असार,काठमाडौं  शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँमा कायम भएको छ ।  ...
एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

एक महिनामा १३५ अंक झर्‍यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
११ असार, काठमाडौं । लगातार चौथो कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.५० अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६५१ अंकमा कायम भएको छ । नेप्सेको यो अंक फागुन १३ यताकै न्यून हो । त्यस्तै एक महिनाको अवधिमा नेप्से १३५ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । आज साढे १२ बजेपछि बजारले केही बढ्ने संकेत देखाए पनि पौने २ बजेपछि फेरि ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज २ अर्ब ८३ करोडमा खुम्चियो । यो कारोबार रकम जेठ ४ यताकै न्यून हो ।...