खेलकुद

टी–२० विश्वकपः अन्तिम खेलमा पनि नेपाल पराजित

टी–२० विश्वकपः अन्तिम खेलमा पनि नेपाल पराजित

खेलकुद, बिशेष, समाचार
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भएको हो । एक सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साकिब अल हसनले २ विकेट लिए । नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । किङ्सटाउनस्थित आर्नोस भेल स्टे...
आईसीसी टी–२० विश्वकपः बंगलादेशसँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकपः बंगलादेशसँग भिड्दै नेपाल

खेलकुद, बिशेष, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आज नेपाल बंगलादेशसँग भिड्दै छ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ । हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् । सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ । नेपाल र बंगलादेशबिचको खेल बिहान ०५ः१५ बजे सुरु हुनेछ । खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ ।...
टी–ट्वान्टी विश्वकप क्रिकेटः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

टी–ट्वान्टी विश्वकप क्रिकेटः नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित

खेलकुद, ताजा अपडेट, ब्यानर-१
काठमाडौं । टी–ट्वान्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । जितका लागि पाएको एक सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा एक सय १४ रन बनाउन सक्यो । नेपालका लागि सर्वाधिक ४२ रनको योगदान दिएका आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । अनिल साहले २४ बलमा २७ रनको योगदान दिए । उनले यस क्रममा ३ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का प्रहार गरे । दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट हात पारे । प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ । यस खेलमा कम्ब्याक ...
टीः२० विश्वकप : टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल,सन्दीपको ‘कम ब्याक’

टीः२० विश्वकप : टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल,सन्दीपको ‘कम ब्याक’

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौं ।अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी :२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रीकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा दक्षिण अफ्रीकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्नेछन्। नेपाली समय अनुसार अहिले बिहानको ५ः१५देखि खेल शुरु भएको छ ।नेपाली टोलीमा सन्दीप लामीछाले ‘कम ब्याक’ गरेका छन् ।सन्दीप करिब ६ महिनापछी मैदानमा फर्किएका हुन् । नेपालले दक्षिण अफ्रिकासँग सिनियर टोलीमा पहिलोपटक खेल्दै छ । दक्षिण अफ्रिका समूह ‘डी’ बाट सुपर आठमा छ ।यो खेल जितेमा नेपाल सुपर ८ मा स्थान बनाउन सफल हुनेछ ।  ...

बंगलादेशसँग नेदरल्याण्ड्स २५ रनले पराजित, श्रीलंका प्रतियोगिताबाट बाहिरियो

खेलकुद, समाचार
काठमाडौं । आईसीसी टि(२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले पराजित गरेको छ । बंगलादेश विजयी भएसँगै २०१४ को विश्वकप विजेता श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । सेन्ट भिन्सेन्टमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । सुरुवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५, महमुदुल्लाहले २५ र जाकिर अलीले १४ रन बनाए । नेदरल्यान्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २(२ विकेट लिए ।...
विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने बाँकी खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । लामिछाने वेष्टइन्डिज पुगिसकेका छन् । आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् । उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।...
नेपाली खेलाडीको मनोबल उच्च राख्ने गृहमन्त्री : जर्सी लगाएरै कार्यकक्षमा भेटवार्ता

नेपाली खेलाडीको मनोबल उच्च राख्ने गृहमन्त्री : जर्सी लगाएरै कार्यकक्षमा भेटवार्ता

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । यद्यपी अमेरिकामा भएको टी–२० विश्वकपको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको पराजय भोग्नु प¥यो । हिजो टी २० विश्वकपमा नेपालले नेदरल्याण्डससँग पहिलो खेल खेल्दै थियो यता नेपालीहरु पनि निकै उत्साहित थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले समेत नेपाली क्रिकेट खेलाडीको मनोबल उच्च पार्न र टीमको समर्थनमा दिनभर नेपाली क्रिकेटको जर्सी लगाएरै मन्त्रालयमा कार्यसम्पादन गरेका थिए । विभिन्न भेटवार्तामा पनि उनि जर्सीमै देखिन्थे ।यस्तै गरेर रास्वपाका सांसदहरुले पनि खेलाडीहरुको समर्थनमा संसद भवनबाहिर जर्सी लगाएर तस्बिर खिचाएका थिए । यता नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा काठमाडौंको टुँडिखेलमा ठूलो भीड थियो। काठमाडौं महानगरपालिकाले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले काठमाडौंबासी त्यहाँबाट खेल नियालीरहेका थिए भने नेपालको जीतको कामना गरिरहेका थिए...
नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेदरल्याण्ड्ससँग नेपाल पराजित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको  आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८।४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।...
१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

१० वर्षपछि विश्वकपमा फर्किएको नेपालको पहिलो चुनौती परिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्स

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा मंगलबार राति नेपाल र नेदरल्यान्ड्सबिच खेल हुँदैछ ।नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा राति २१ : १५ बजे सुरु हुनेछ । जारी विश्वकपमा यी दुवै टोलीले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । उक्त समूहमा नेपाल र नेदरल्यान्ड्सका अतिरिक्त दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश पनि छन् । समूह ‘डी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि खेलिएको उक्त समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले हराएको थियो । सोही जितका कारण दक्षिण अफ्रिका दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।...
साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने

साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने

खेलकुद, समाचार
काठमाडौं ।साफ महिला च्याम्पियनसिप २०२४ नेपालमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगिता समितिको सोमबार बसेको बैठकले प्रतियोगिता आयोजनाका लागि नेपाललाई स्वीकृत दिएको हो। प्रतियोगिता अक्टोबर १७ देखि ३० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफले जनाएको छ।प्रतियोगितामा साफका सात वटै सदस्य संघको सहभागिता रहनेछ।...