खेलकुद

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश

स्पेन १२ वर्षपछि युरो कपको फाइनलमा प्रवेश

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।१२ वर्षपछि स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा आज बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता निकाल्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो।खेलेको नवौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो। किलियन एमबाप्पेको क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। १६ वर्षीय खेलाडी लामिन यमाले २१औं मिनेटमा स्पेनको तर्फबाट बराबरी गोल गरेका थिए । बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो।२५औं मिनेटमा पनि स्पेनले अग्रता कायम राख्यो । जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको बेला उनले बललाई सुन्दर ढंगले नियन्त्रणमा लिएर गोल गरेका थिए।त्यसपछि कुनै गोल हुन पाएन । स्पेन फाइनलमा पुग्न सफल भयो। स्पेनले अब आज राति हुने इङ्ल्यान्ड...

दोस्रो पटक विश्व विजेता बन्यो भारत

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
ब्रिजटाउन । रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो ।भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो ।

कोपा अमेरिकामा क्यानडाको पहिलो जित

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं। क्यानडाले जारी कोपा अमेरिका अन्तर्गत पेरुलाई पराजित गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा क्यानडाले पेरुलाई १(० गोल अन्तरले पराजित गरेको हो । क्यानडाको जितमा जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । यस खेलमा खेलको ५९औं मिनेटमा पेरुका मिगुएल अराउजोले रातो कार्ड पाएपछि पेरु १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि क्यानडाको २ खेलमा ३ अंक भएको छ भने पेरुको २ खेलमा एक अंक रहेको छ ।...

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२
काठमाडौं । अष्ट्रेलियालाई हराउँदै भारत आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। गएराति भएको खेलमा अष्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो। भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अष्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए।...
टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

टी२० विश्वकपको सुपर-८ मा अष्ट्रेलियामाथि अफगानिस्तानको सानदार जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । टी(२० विश्वकप २०२४ को सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सानदार जित हात पारेको छ । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको अस्ट्रेलिया १९।२ ओभरमा सबै विकेट गुमाएर मात्रै १२७ रनमा समेटियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाए । अफगानिस्तानलाई दबाबमा राख्दै म्याक्सवेलले टिमलाई सहजतातर्फ धकेल्ने प्रयास गरे पनि उनीपछिका ब्याटर खासै चलेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रनको योगदान बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका गुलबदिन नाबीले एक्लैले ४ विकेट लिए भने नवी उल हकले ३ विकेट झारे । यसक्रममा मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले समान एक-एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि गुर्बाज र जद्रानले अर्धशतक बनाए । उनीहरूले क्रमशः ६० र ५१...
फ्रान्स र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा

फ्रान्स र नेदरल्याण्ड्सबीचको खेल बराबरीमा

खेलकुद, ब्यानर-२, समाचार
काठमाडौं । युरोकप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले गोलरहित बराबरी खेलेका छन्। जर्मनीमा जारी सो प्रतियोगिताको लाइप्जिङ रंगशालामा भएको खेलमा समूह डीका यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।  खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन्।अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेलाई आराम दिइएको थियो। समूह डीकै अर्को खेलमा अष्ट्रियाले पोल्याण्डलाई ३(१ गोलले पराजित गरेको छ। अस्ट्रियाको जितमा जेनोट ट्रनियर,क्रिस्टोफ बमगार्टनर र मार्को अर्नाटोभिकले एक(एक गोल गरे। पोल्याण्डका लािग क्रिजस्टोफ पियाटेकले सान्त्वना गोल फर्काए । जितसँगै दुई खेलबाट अष्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ। पराजित पोल्याण्ड भने युरोको समूह चरणबाटै विदा भएको छ।...
तारकेश्वरमा आजदेखि  प्रारम्भ कप फुटसल प्रतियोगिता  हुँदै

तारकेश्वरमा आजदेखि प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै

खेलकुद, ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं ।आजदेखि तारकेश्वरमा प्रारम्भ कप फुटसल प्रतियोगिता हुँदै छ। तारकेश्वर ८ मा रहेको प्रारम्भ वर्ल्ड स्कुल र कलेजको आयोजनामा शुक्रबारबाट प्रारम्भ कप फुटसल प्रतियोगिता हुने भएको हो।सेसन–२ अन्तर्गत यस प्रतियोगितामा तारकेश्वर नगरपालिका भित्रका १६ विद्यालय सहभागि हुने भएका छन् । १६ विद्यालयका १८ टिमले फुटसलमा प्रतिस्पर्धा गर्नेछन् ।फुटसल प्रतियोगितामा एसईई दिएर बसेका विद्यार्थी र कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीहरु सहभागी हुन् पाउनेछन्। असार ७ र ८ गते प्रारम्भ वर्ल्डको फुटसल मैदानमा खेल सञ्चालन हुनेछ ।यसपटकको खेलमा प्रवेश शुल्क एउटा विद्यालयका लागि रु. ४ हजार लाग्नेछ । बिजेता विद्यार्थीहरुले प्रथम हुने टिमले १५ हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै दोस्रो हुनेले १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । तेस्रो पुरस्कारमा १० हजार नगदसहित मेडल,...
विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । टी(ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।      ...
नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

नेपाली कप्तान रोहितसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीको कारबाही

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।टी–२० विश्वकपमा नेपालली कप्तान रोहित पौडेलसँग झगडा गरेका बंगलादेशी खेलाडीलाई आइसीसीले कारवाही गरेको छ। फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो। तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ। सकिब सो खेलमा म्यान अफ द म्याचसमेत बनेका थिए। नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो। आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन। दुई खेलाडीबीचको नोकझोक भएको थियो। तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए। सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो। –  एजेन्सी...
यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । यु–२० विश्वकप क्रिकेटको आजको अन्तिम खेल सकिएसँगै सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सुपर ८ को ग्रुप(१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप(२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।...