खेलकुद

ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

ताप्लेजुङ गोल्डकप : टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी संकलन

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए । प्रतिव्यक्ति रु दुई सय ५० का दरले टिकट बिक्री गरिएको थियो । उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।...
रियलले जित्यो यूईएफए सुपर कप

रियलले जित्यो यूईएफए सुपर कप

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ साउन,काठमाडौं।यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। उसले गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो। यो उसको छैंठौं उपाधि हो। पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै सिजन रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे। खेलमा युरोपेली च्याम्पियनका लागि फेड भाल्भेरडेले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेका थिए। खेलपछि एमबापले आफ्नो सपना पूरा भएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए।प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले रियलका लागि १४ औं उपाधि पनि जितेका छन्।...
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२७, साउन काठमाडौं । चितवन । भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखा प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ । उनले भने “निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।”यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन् । साथै उनले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । नि...
काभा महिला भलिबल उपविजेता टोलीलाई कामपाको सम्मान

काभा महिला भलिबल उपविजेता टोलीलाई कामपाको सम्मान

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । ‘सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराइएको छ । छुटेको काम गर्न गर्न सम्झाएको छ ।’ काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले खेलाडीहरूसँग भने ‘तपाईँहरूले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन । खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यस कारण, तपाईँहरूको प्रदर्शनले भलिबल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ खेल सकिएको भोलिपल्ट ९आज० उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रूपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य...
नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

नेपाली क्रिकेट टोलीले भारतमा प्रशिक्षण गर्ने

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
२१ साउन, काडमाडौं । नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ । नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी(२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जीसी र अभिनाश बोहरालाई बन्द प्रशिक्षणमा बोलाइएको छैन । नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् । यस्तै टी(२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।नेपाल क्रिकेट संघ ९क्यान० का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको बताए । प्रशिक्षणमा बोलाइएका कप्तान रो...
गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै

गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । चितवनको भरतपुरमा निर्माण रोकिएको तीन बर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेकेदारले पूर्वतयारी सुरु गरेको छ । भरतपुर महानगरपालिका(१५ मा बन्दै गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थाले पछि बीचमा आर्थिक समस्याले रोकिएको थियो । अहिले भरतपुर महानगरपालिकाले नयाँ ठेक्का लगाएपछि निर्माणको जिम्मा पाएको हिमालयन, कालीञ्चोक बीबीआर जेभीले निर्माणपूर्वका तयारी सुरु गरेको हो । रंगशाला निर्माणस्थलमा साइट अफिस स्थापना गर्ने, मैदानको सरसफाइ गर्ने जस्ता काम गरिसकेको निर्माण कम्पनीले आवश्यक उपकरण पनि ल्याइसकेको छ । निर्माणका लागि आवश्यक बालुवा, गिट्टी र इट्टा तथा रडको ल्याब परीक्षण सुरु गरेको बीबीआर निर्माण कम्पनीले जनाएको छ । महानगरपालिकाबाट प्राप्त नक्सा र डिजाइनको अध्ययन भइरहेको र अर्को हप्ताबाट सिमेन्टको काम सुरु गर्ने कम्पनीको भनाई छ । काम हेर्न...
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकार्य सुचारु गरिदैं

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणकार्य सुचारु गरिदैं

खेलकुद, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
चितवन।गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रोकिएको निर्माण कार्य तीन वर्षपछि सुचारु हुने भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण कार्य आगामी साताबाट सुरु हुने भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यले सगरमाथाप्रेस डटकमलाई जानकारी दिएका छन् । इन्जिनियर आचार्यका अनुसार रंशगाला निर्माणको बाँकी कामको ठेक्का पाएको हिमालयन,कालिञ्चोक बीबीआर जेभीले काम सुरु गर्ने तयारी गरेको छ।साइट अफिसको मर्मत,कामदार भवन मर्मत,रंगशालाभित्रको सरसफाइ लगायतका काम गरेपछि पूर्वाधारको काम सुरु गर्ने तयारी छ। रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत)वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ ।महानगरपालिकाका  अनुसार निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको  छ।  रंगशाला निर्म...
काभा महिला भलिबलको सेमिफाइनलमा पुगेर बाहिरियो नेपाल

काभा महिला भलिबलको सेमिफाइनलमा पुगेर बाहिरियो नेपाल

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं ।नेपाल काभा यू २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेर बाहिरिएको छ। गएराति माल्दिभ्सको मालेमा सम्पन्न खेलमा किर्गिस्तानसँग नेपाल ३.० ले पराजित भएसँगै सेमिफाइनलमा पुगेर बाहिरिएको हो।नेपालले पहिलो सेट १४.२५, दोस्रो सेट २२.२५ र तेस्रो सेट १३.२५ ले गुमाएको थियो। लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए।लिग चरणमा पनि नेपाल किर्गिस्तानसँग ३.० कै सोझो सेटमा पराजित भएको थियो। तर नेपालले तेस्रो स्थानका लागि भने खेल्ने अवसर कायमै राखेको छ।नेपालले आजै माल्दिभ्सको सामना गर्नेछ।...
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौंं। राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । सो अवसरमा उनले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे। उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए। सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । युवा तथा खेलकुदमन्त्री तेजुल...
स्पेनले जित्यो युरो कप–२०२४ को उपाधी

स्पेनले जित्यो युरो कप–२०२४ को उपाधी

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर-१, समाचार
मनिषा गुरुङ काठमाडौं ।जर्मनीको बर्लिनमा भएको युरो –२०२४ को उपाधि स्पेनले प्राप्त गरेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ ले पराजित गर्दै चौथो पटक युरो उपाधि हासिल गरेर कीर्तिमानी कायम गरेको हो।स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए। विलियम्सले खेलको ४७औ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए।पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो।भने, दोस्रो हाफमा तीन गोल भएको थियो।त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औं मिनेटमा गोल गरेका थिए। ​यो सहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ।स्पेनले यस अघि सन् १९६४, २००८ र २०१२ मा युरो कपको उपाधि जितेको थियो । यो जितसँगै स्पेन युरोको सर्वाधिक सफल टोली बनेको छ । इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उप–विजेता बनेको छ।अघिल्लो संस्करणमा इङ्ल्...