खेलकुद

उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरद्धारा नगदसहित सम्मान

उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरद्धारा नगदसहित सम्मान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
१५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरिएको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेता बनेको नेपाललाई थप राम्रो खेल्न हौसला प्रदान गर्दै महानगरले सम्मान गरेको जनाएको छ। काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा एक कार्यकम गरि टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । सम्मान कार्यक्रममा २५ लाखको डेमो चेक प्रदान गरिएको थियो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरेका थिए । महानगरले २३ खेलाडीर टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्...
विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित

विश्वकप छनोट : ब्राजिलसँग चिली पराजित

खेलकुद, ताजा अपडेट, समाचार
२५ असोज काठमाडौं ।विश्वकप फुटबल छनोट खेलअन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा ब्राजिलले चिलीलाई पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा चिलीले २ मिनेटमै अग्रता लिएको थियो । चिलीको लागि एडुआर्डो वर्गासले खेलको दोश्रो मिनेटमा नै गोल गरे। तर,पहिलो हाफको इन्ज्युरी समयमा इगोर यसुले ब्रजिलको तर्फबाट गोल गरेपछि खेल बराबरीमा गयो । पहिलो हाफ ११ बराबरीमा सकिएपछि दोस्रो हाफको ८९ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका लुइज हेनरिकले गोल थपेर टीमलाई २–१ को जित दिलाए। जितपछि ब्राजिल ९ खेलबाट १३ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चिली समान खेलबाट ५ अंकसहित नवौं स्थानमा छ ।...

ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा स्वागत

खेलकुद, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
८, असोज काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६(० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।  ...
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति

खेलकुद, ब्यानर-२, राजनीति, समाचार
२९, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यस सम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गरेका छन् । एसियाली खेलकुद पत्रकार महासङ्घ एआइपीएस एसिया कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेल क्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गरे । राष्ट्रपति पौडेलले भने, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेस्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोवर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा भएको उनले बताए ।...

प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२८, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा काँस्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई शुक्रबार पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई ६५ लाख रुपियाँ पुरस्कार राशीमा कर नकटाई पुरस्कृत गरिएको हो । यस्तै, सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपियाँ पुरस्कारसहित सम्मान गरिएको छ । युुवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको बताए । उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ...
नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

नागार्जुन युथ क्लबले सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता गर्दै,१६ वर्ष माथिका खेलाडीहरुले टिम दर्ता गर्न सक्ने

खेलकुद, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
मानिषा गुरुङ काठमाडौं।युवाहरुलाई खेलमा आर्कषित गर्ने उद्देश्यले नागार्जुन युथ क्लबले एकदिने सेभेन ए साइड ओपन फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले नागार्जुनमा पत्रकार सम्मेलन गरेर सो प्रतियोगिता बारे जानकारी गराएको हो ।आउँदो असोज ४ गते नागार्जुन नगरपालीका ६ स्थित ब्रुह फुटसलमा हुने सो प्रतियोगिता प्रतियोगितामा १६ वर्ष माथिका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने युवा खेलाडीहरुसँगै अन्य नगरपालिकाका युवा खेलाडीहरु समेतले प्रतियोगितामा भाग लिन पाउने छन्।सहभागिताका लागि प्रत्येक टिमलाई रु. ५ हजार प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताका विजेता टोलीलाई रु.५० हजार नगद,ट्रफी,मेडल र सट्रिफिकेट रनर टिमलाई २५ हजार नगद, ट्रफी, मेडल र सट्रिफिकेट प्रदान गरिनेछ।वेष्ट प्लेयर र वेष्ट गोलकिपरले ट्रफी, मेडल ...

काभा महिला भलिबल टोलीको बिदाइ

खेलकुद, ताजा अपडेट, समाचार
२५, भदौं । यही भदौ ३० देखि असोज ५ गतेसम्म माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको आज बिदाइ गरिएको छ । नेपाल भलिबल सङ्घले मङ्गलबार नेपाली खेलाडी टोलीको बिदाइ गरेको हो । नेपाली टोली बिहीबार माल्दिभ्स जाने सङ्घले जनाएको छ । पुलिसले नेपालको लिगको विजेताका रूपमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न लागेको हो । पुलिसले टोलीमा एपिएफ क्लबकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप‌ टप न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ। सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका चार खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काठमाडौँमा सम्पन्न काभा नेसन्स लिगको‌ रजत पदक विजेता टोली थियो ।टोलीमा भुटानमा सम्पन्न काभा बिच भलिबलमा स्वर्ण पदक विजेता कमला पुन र मनीषा चौधरी पनि समावेश हुनेछ ।...
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र

खेलकुद, ताजा अपडेट, समाचार
२०, भदौ सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रूपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति जति नजिकिँदै छ, त्यति नै प्रतियोगिता तोकिएकै मितिमा हुने नहुनेमा अन्यौलता छाएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब करिब साढे दुई महिनामात्र बाँकी छ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा सरकार परिवर्तन भएसँगै प्रतियोगिता केही समय पछाडि धकेलिने चिन्ता व्यक्त गरिएको छ । केही दिनअघि दशौँ राष्ट्रिय खेलकुदसम्बन्धी छलफल गर्न सुर्खेत आएका खेलकुदमन्त्री तेजुलाल चौधरीले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्नलाई तयारी नपुग भएको बताएपछि निर्धारित मितिमा प्...
एएफसी वुमन्स च्याम्पियन्स लिगबाट बाहिरियो एपीएफ

एएफसी वुमन्स च्याम्पियन्स लिगबाट बाहिरियो एपीएफ

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
१३ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियन क्लब सबाहसँग बराबरी खेलेको छ । कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीपछि एपिएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
१३ भदौं,काठमाडौं ।अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाएको छ। गैर–इस्लामिक भन्दै मार्शल आर्टमाथि प्रतिबन्ध लगाएको खेल प्राधिकरणले जनाएको छ। खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन्। ‘यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्’, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ।’ खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा...