खेलकुद

चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
११, पुस काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रो पटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।...
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
७, पुस काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टिमका क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट सङ्घ र खेलका व्यवस्थापकलाई बधाइ दिए हो । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई विजय हासिल गरेको थियो ।  ...
पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

पहिलो संस्करणको एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
६, पुस काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महत्त्वपूर्ण ७३ रनको साझेदारी गरे । जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए ।...
एनपीएल क्वालिफायर : आज कर्णाली र जनकपुर भिड्दै

एनपीएल क्वालिफायर : आज कर्णाली र जनकपुर भिड्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
४, पुस काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२: ३० बजे सुरु हुने छ । यो खेलमा विजयी हुने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णालीले बुधबार भएको इलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर वानमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर प्राप्त भएको छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । कर्णालीका विल...
एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

एनपीएलमा आज पोखरा र काठमाडौँ तथा चितवन र जनकपुर भिड्दै

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
२९, मंसिर काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गुर्खाज तथा दिउँसो १ बजे चितवन राइनोज र जनकपुर बोल्ट्सले खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । आज खेल्ने अरू तीन वटा टोलीको पनि क्वालिफायर पुग्ने गणितीय सम्भावना कायमै छ ।...
जनकपुरको लगातार तेस्रो जित

जनकपुरको लगातार तेस्रो जित

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
२०, मंसिर काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७।१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाएको हो ।...
ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

ब्लाइण्ड टी२० क्रिकेट विश्वकप : नेपालले दक्षिण अफ्रिकासँग खेल्दै

खेलकुद, ताजा अपडेट, समाचार
११, मंसिर काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो चौथो खेलमा दक्षिण अफ्रिकासँग खेल्दै छ । सुरूवाती दुई खेलमा पराजित भएको नेपालले तेस्रो खेलमा सोमबार अफगानिस्तानलाई हराएको थियो । आजको खेल पौने १२ बजेदेखि सुरू हुँदै छ । दक्षिण अफ्रिकालाई हराएमा नेपालको सेमिफाइनलमा लगभग स्थान पक्का हुने छ । अन्तिम खेलमा बुधबार पाकिस्तानसँग खेल्ने छ ।...
विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीबाट सम्मानित

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
४, मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेका छन् । विभिन्न तौल समूहमा पदक जितेर देशको गरिमा बढाएका रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीलाई प्रधानमन्त्री निवासमा उनले सम्मान गरेका हुन् प्रधानमन्त्री ओलीले शारीरिक सुगठनलाई खेलकुदका रुपमा विकास गर्न पर्याप्त सम्भावना रहेकाले राज्यका तर्फबाट यो खेलको विस्तारका निम्ति सरकारले प्रोत्साहन गर्ने बताए । नेपाल शाररीक सुगठन महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले यो खेलका माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग हुने भएकाले यो खेलको विकासका निम्ति सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायत सहभागी थिए ।  ...
विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

विद्यार्थीहरुबाट खेलाडी छान्दै काठमाडौं महानगर

खेलकुद, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
२७ कार्तिक,काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ । महानगरले चालु आर्थिक वर्षको बजेटमा रहेको स्वर्णिम योजना अन्तर्गतको ‘रचनात्मक विद्यालय’ अन्तर्गत कक्षा ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुका लागि प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार १६ वटा खेल विधामध्ये सबैभन्दा धेरै फुटबलमा २ हजार ३८ जनाले सहभागी हुन इच्छा व्यक्त गरेका छन् । फुटबलपछि व्याटमिन्टन १,२४७ जना, भलिबल १,२४७ जना, क्रिकेटमा ९६ जना, तेक्वान्दोमा ९२५ जना विद्यार्थीले रुची देखाएका छन् । बास्केटबलमा ८,९९ जना, कराँते ८९३ जना, कवड्डी ६९ जना, एथलेटिक्स ५४९ जना, बक्सिङ् ४७१ जना, चेसमा ३४६ जना, टेबुलटेनिस २७८ जना, खोखो २४५ जना, हक्कीमा १४९ जना, उ...
यु–१९ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले आज युएईविरुद्व खेल्ने

यु–१९ महिला विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले आज युएईविरुद्व खेल्ने

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
२४ कार्तिक,काठमाडौैं।आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्व खेल्ने भएको छ। उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुदै छ।बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो।सो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो ।सो खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।प्रतियोगितामा आयोजक युएईसहित नेपाल,कुवेत र थाइल्याण्ड सहभागी छन् । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।  ...