खेलकुद

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

राष्ट्रिय फुटबलको सेमिफाइनल समीकरण पूरा

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
११, फागुन सुदूरपश्चिम । कैलालीको गौरीगंगामा जारी जयपृथ्बीबहादुर सिंह राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने खेलमा कोशी प्रदेशको फुटबल टोली अनुपस्थित भएपछि सेमिफाइनल समीकरण पूरा भएको हो । कोशीको टोली अनुपस्थितभएसँगै लुम्बिनी प्रदेशको राइजिङ स्टार क्लब अन्तिम चारमा पुगेको छ । लुम्बिनीले अब फाइनलका लागि बागमती प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनल खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको फुटबल टोलीबीच हुनेछ । छ । प्रतियोगिताको विजेताले रु. पाँच लाखसहित ट्रफी पाउने छ भने उपविजेताले रु। दुई लाख ५० हजारसहित ट्रफी मेडल पाउने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु। ५० हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र फेयर प्ले टोलीलाई जनही रु। १५ हजार पुरस्कार दिइने आयोजक गौरी...
पूरा भयो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी

पूरा भयो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी

खेलकुद, वातावरण, समाचार
२९, माघ काठमाडौं । काठमाडौँमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक‌ जानकारी दिएको हो । आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलो पटक चार देशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान फागुन १ गते तथा बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ । प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार त...
मधेश प्रदेशको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा हुने

मधेश प्रदेशको दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा हुने

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
२८, माघ काठमाडौं। मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ । भेट्रान सिटि क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् । फुटबल प्रतियोगिता नक आउट चरणमा खेलाइनेछ । भेट्रान सिटि क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश...
महिला टी–२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश निःशुल्क

महिला टी–२० श्रृंखलाका खेलहरू हेर्न त्रिवि मैदानमा प्रवेश निःशुल्क

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
१६ माघ,काठमाडौं ।आगामी बिहीबारदेखि काठमाडौंमा सुरू हुने महिला टी२०आई श्रृंखलाका खेलहरू हेर्न प्रवेश निःशुल्क गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल,नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित सबै खेलहरू निःशुल्क हेर्न सकिने प्रबन्ध मिलाएको हो ।क्यानले श्रृंखलाभर नेपाली महिला क्रिकेट टोलीलाई समर्थन गर्न आह्‍वान गर्दै टिकटबिना प्रवेश गर्न पाइने जनाएको छ । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्नेछन् ।पहिलो खेल जनवरी ३० मा नेपाल र नेदरल्याण्ड्सको बीचमा हुनेछ । नेदरल्याण्ड्स र थाइल्याण्डले ३१ जनवरीमा खेल्ने छन् ।भने, फेब्रुअरी १ मा नेपाल र थाइल्याण्ड खेल्ने छन् । यसैगरि ७ फेब्रुअरीसम्म लगातार सोही क्रमका खेलहरू हुनेछन् ।क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको जनाएको छ । टोलीमा कप्ता...
मनकामनाको फिस्लिङबाट देवघाटसम्म नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप –२०८१ हुँदै

मनकामनाको फिस्लिङबाट देवघाटसम्म नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप –२०८१ हुँदै

खेलकुद, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
९ माघ, काठमाडौं ।साहसिक खेल र्‍याफ्टिङमा अब राष्ट्रिय प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले आफ्नो वार्षिक विकास कार्यक्रम अन्तर्गत ‘नेशनल र्‍याफ्टिङ च्याम्पियनसिप– २०८१’ (अल्ट्रा र्‍याफ्टिङ म्याराथन) आयोजना गर्ने भएको हो ।परिषद्का अनुसार  १६ र १७ माघमा प्रतियोगिता सञ्चालन गरिने  छ । मनकामनाको फिस्लिङबाट देवघाटसम्म यो प्रतियोगिता चल्ने छ।परिषद्ले प्रतियोगितामा सहभागी हुनका लागि इच्छुक टिमलाई आह्वान समेत गरेको छ। प्रतियोगितामा सहभागीले खेल सामग्री (लाइफ ज्याकेज, हेल्मेट, प्याडल, र्‍याफ्ट) सहित आफैं व्यवस्थापन गर्नुपर्ने परिषद्ले जनाएको छ।सहभागी टिमका सबै खेलाडी पौडी खेल्न जानेको हुनुपर्ने सर्त राखिएको छ।भने,मादक पदार्थ सेवन गर्न पाइने छैन । हरेक टिममा ७ जना खेलाडी हुनुपर्ने जनाइएको छ ।प्रतियोगिताका विजेताले नगद, मेडल र प्रमाणपत्र पाउने छन् । यसअघि र्‍...
यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

यू-१९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

खेलकुद, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७, माघ काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो । मलेसियामा जारी रहेको यो खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । जस अन्तर्गत बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।...
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।...
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

खेलकुद, ताजा अपडेट, वातावरण, समाचार
१९, पुस बैतडी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टले बताए । प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम छ । उद्घाटन समारोहपश्चात हुने खेलमा समूह ‘बी’ मा रहेको बैतडी र अछाम भिड्दा अर्को खेल डोटी र बझाङ खेल्नेछन् । दशरथचन्द क्रिकेट मैदानमा संघको सहयोगमा दुई वटा टर्फपीच निर्माण गरेपछि यहाँ प्रतियोगिता आयोजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । टर्फपीचमा खेल गराउँदा खेलाडीलाई माथिल्लो स्तरमा खेल्न सहयोग पुग्ने भएकाले यहाँ प्रदेशस्तरीय छनोट प्रतियोगिता राखिएको जनाएको छ ।...
टोखा नगरपालिकाले खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्दै,भोलीसम्म नाम दर्ता गर्न सकिने

टोखा नगरपालिकाले खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्दै,भोलीसम्म नाम दर्ता गर्न सकिने

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) १७ पुस,काठमाडौं । टोखा नगरपालिकाले बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । यहि पुस १९ र २० गते टोखा नगरपालिका वडा नं ५ को प्रांगणमा २ दिनसम्म ‘दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको नगरपालिकाले आज बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।यसअघि पहिलो संस्करण गत भदौं १ र २ गते नागार्जुन नगरपालिकाको स्युचाटारमा रहेको नागार्जुन कवर्डहलमा सम्पन्न भएको थियो । काठमाडौं जिल्ला समन्वय समितिसँगको समन्वय र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा आर्थिक व्ययभारसहित अन्य सबै बन्दोबस्त नगरपालिकाले गर्ने गरि आयोजना गरिएको सो प्रतियोगितामा करिब ३०० जना खेलाडीको सहभागीता रहने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि बागमती प्रदेश भित्रका १३ वटै जिल्लाका इच्छुक खेलाडीहरुले ...
एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
१३, पुस महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो। खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुलं) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए । मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगर...