गर्मी मौसममा छालाको हेरचाह
काठमाडौँ । गर्मी बढेसँगै छालामा विभिन्न खालका समस्याहरु बढ्न सक्छ । विशेषगरी बढी पसिना आउनाले एलर्जीको जोखिम देखिन सक्छ । जसबाट जोगिन विभिन्न उपायहरु अपनाउन सकिन्छ ।
१) दिनदिनै नुहाउने
गर्मी मौसममा दिनदिनै नुहाउनु उपयुक्त मानिन्छ । नुहाउँदा शरीरमा भएको फोहोर रहिरहन पाउँदैन । साथै पसिना पनि पखालिने गर्छ ।
२) बडी लोसन लगाउने
नुहाइसकेपछि छाला खस्रो हुने गर्छ । छाला खस्रो हुँदा चिलाउने गर्छ । जसका लागि बडी लोसन लगाउनु उपयुक्त मानिन्छ ।
३) फेसवासको प्रयोग
गर्मी मौसममा बिहान र बेलुका फेसवासले अनुहार सफा गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको धुलोमैलो निकाल्न मद्दत पुर्याउँछ भने छालालाई पनि फ्रेस बनाउँछ ।
४) मोइस्चराइजरको प्रयोग
फेसवासले मुख सफा गरिसकेपछि मोइस्चराइजरको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालालाई मुलायम राख्न सघाउ पुर्याउँछ । छाला फुट्ने, चिलाउने आदि समस्याबाट पनि यसले ...









