स्वास्थ्य

प्रेम विनाको हृदय एक अभिशाप

प्रेम विनाको हृदय एक अभिशाप

जीवनशैली, ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, समाचार, स्वास्थ्य
मनिषा गुरूङ काठमाडौं ।एक मानिस निर्धन थियो।तर उसको मन प्रेम र करुणाले भरिएको थियो।उसलाई सबैले माया गर्थे ।ऊ प्रत्येक दिन ध्यान र प्रार्थना गथ्र्याे र सदा प्रसन्नचित्त रहन्थ्यो । कहिलेकाहीँ उनलाई पनि धनी हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।एक दिन वनमा गएको बेलामा त्यहाँ एक जना बूढा व्यक्तिसँग उसको भेट भयो।बूढाले भन्यो,‘म तिमीलाई आफ्ना सारा धन दिएर धनी बनाइदिन्छु,तर मेरो एउटा कुरा तिमीले मान्नुपर्छ ।’  ‘के कुरा ?’ त्यो निर्धन व्यक्तिले सोध्यो।धनी व्यक्तिले भन्यो,‘म तिम्रो प्रेमको हुदय लिएर आफ्नो बलियो ढुंगाको हुदय तिमीलाई दिन्छु ।त्यो हृदय पनि साँच्चिकै हृदय जस्तै चल्छ।’ गरीबले धनीको कुरा मान्यो र हृदयको साटासाट भयो।अब त्यस निर्धन व्यक्तिको घरमा धन आउन थाल्यो ।उसले जे गरेपनि धन आउँथ्यो ।तर उसले के अनुभव गर्न थाल्यो भने अब उसको मनमा ईश्वर वा मानिसप्रति प्रेम घट्दै गइरहेको छ।अनि उसले सत्य प...
पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

पाठेघरको र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध गराइएको छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामा हुने पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको स्मरण गराउनुभएको छ । आइतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको तथा नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको जिकिर गरे। प्रधानमन्त्री प्रचण्डले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार ८०० श्यया निःशुल्क उपलब्ध गराइएको र  पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाइएको बताए। “सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ,” प्रधानमन्त्री प्रचण्डले...
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरुको भनाई छ।...
कुसङ्गतिको फल

कुसङ्गतिको फल

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।रोमका एक चित्रकार यस्तो व्यक्तिको चित्र बनाउन चाहन्थे,जसको अनुहार,सोझोपन,सरलता र दीनताको भाव स्पष्ट रुपले देखियोस् । वषौंको खोजपछि उनलाई त्यस्तै एउटा बालक फेला प¥यो र उनले त्यसको चित्र बनाए। चित्रको धेरै प्रसंसा भयो । उनको ख्याति चारैतिर फैलियो ।१५–२० वर्षपछ यस्तो व्यक्तिको चित्र बनाउने इच्छा भयो,त्यसको मुखबाट घोर क्रुरता र दृश्टताको भाव देखियोस्। यस्तो व्यक्ति कारागारमा नै पाइने धेरै सम्भावना भएकाले उनि कारागारमा गए । त्यहाँ उनलाई खोजे\जस्तै एक कैदी फेला प¥यो ।कलाकारले त्यस कैदीलाई भने,‘म तिम्रो तस्विर बनाउन चाहन्छु ।कैदीले अलि डराउँदै भन्यो,“मेरो चित्र किन?” चित्रकारले पहिले बनाएको चित्र देखाए र आफ्नो अभिप्राय स्पष्ट पारे। त्यो चित्र देखेर कैदीले ठूलो स्वरले रुँदै भन्यो,“यो चित्र त मेरै हो ।” चित्रकारले अश्चर्य मान्दै सोधे,“तिमी यस्तो अवश्थामा कसरी पुग्यौं”कैदिले पश्चत...

केएमसी अस्पतालका डाक्टरमाथि कुटपिटको घटनाप्रति संघको आपत्ति

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं।काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल(केएमसी)मा  कार्यरत डाक्टरमाथि भएको हातपातको घटनाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।साथै संघले कुटपिटमा संलग्नलाई कारबाही गर्नसमेत माग  गरेको छ। सोमबार बिरामीको मृत्युको विषयलाई लिएर केएमसी अस्पतालमा कार्यरत चिकित्सक प्रा. डा.बिनिता प्रधान र डा. पूजा शाहमाथि हातपात गरेर अस्पतालमा तोडफोड भएको संघले बताएको छ। ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रममा भएको मृत्युलाई लापरबाही भनी अस्वाभाविक आरोप लगाई स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता अपराधिक कार्य गरेको घटनाप्रति यस संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघका महासचिव डा. सञ्जीव तिवारीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। उपचारमा कुनै त्रुटि भएको शंका लागे कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै चिकित्सकमाथि कुटपिट र तोडफोड गर्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने संघले बता...

शुक्र अस्त हुँदा के गर्न हुन्छ,के गर्न हुँदैन !

जीवनशैली, ताजा अपडेट, समाचार, स्वास्थ्य
मनिषा गुरुङ काठमाडौं । यहि बैशाख १६ गते आइतबारदेखि शुक्र ग्रह पूर्वमा अस्त भएका छन् । यो वर्ष वैशाख १६ गतेदेखि असार २१ गतेसम्म शुक्र अस्त रहने ज्योतिस पण्डित टिका पौडेलले जानकारी दिनुभएको छ।उहाँका अनुसार यो समयमा वृहस्पति पनि अस्त हुने योग छ।वैशाख २५ गते मंगलबारदेखि जेठ १९ शनिबारसम्म वृहस्पति ग्रह अस्ताउँदै छन्।शुक्र ९ डिग्री भन्दा कम तेजमा रहनुलाई ‘शक्र अस्त’ र बृहस्पती ११ डिग्री भन्दा कम तेजमा रहनुलाई ‘बुहस्पति अस्त’ भनिन्छ । ग्रहहरुमा बृहष्पतिलाई देवताका गुरु र शुक्रलाई द्धैन्त्यका गुरु मानिने हुँदा यी दुई ग्रह अस्तलाई विषेश प्रकारले हेरिने गरिन्छ ।यसर्थ यि ग्रह अस्त भएको बेलामा शुभकर्म गर्दा पूर्ण फल र ज्ञान प्राप्त नहुने धार्मिक विश्वास रहेको पंडित पौडेलको भनाई छ । ग्रह अस्त हुने ३ दिन अघि र ३ दिन पछिसम्म बार्नु पर्ने उहाँको भनाई छ । गर्न हुने कर्महरु:- दैनिक गरिने...

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द गर्न अदालतको आदेश

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, स्वास्थ्य
काठमाडौं।बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ।यसअघि सरकारले पनि अत्यधिक तापक्रम बृद्धि भएका कारण सोमबारदेखि विद्यालयमा उपस्थित भई नियमित कक्षा सञ्चालनको वातावरण बनाउन सरकारले आग्रह गरेको थियो। पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४÷५ डिग्री सेल्सियस बढी रहेको छ ।सरकारले अप्रिलको सुरुदेखि नै अत्यधिक गर्मीका कारण कम्तीमा सात जनाको मृत्यु भएको र बिहीबारसम्म राजधानीको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि रहने अनुमान गरेको छ ।अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ। गर्मी कायमै रहेपछि सरकारले अप्रिल २१ देखि एक हप्ताका लागि देशव्यापीरूपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।बङ्गलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने उल्लेख गरेको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरण,वन फँडानी,पानीका मुह...

के बिहान खाली पेटमा कफी पिउनु फाइदाजनक छ ? जानीराखौं

जीवनशैली, ताजा अपडेट, समाचार, स्वास्थ्य
मनिषा गुरूङ काठमाडौं । हामीमध्ये धेरैको बानी चिया वा कफीबाट दिनको सुरुवात गर्ने हुन्छ ।तर,बिहान खाली पेटमा कफी खाँदा के हुन्छ। भन्ने कुरा हामीलाई थाहा नहुन सक्छ । यदि कफी सीमित मात्रामा र सही तरिकाले खाने हो भने स्वास्थ्यका लागि निकै फाइदाजनक रहने स्वाथ्यकर्मीहरु बताउँछन्।कफीमा मेटाबोलिजम बूस्ट गर्ने तत्व भएको हुँदा यसले टाउको दुखाइबाट राहत प्रदान गर्नुका साथै पाचन प्रणलीलाई पनि राम्रो बनाउँदछ । त्यस्तै कफीले तौल घटाउन समेत मद्धत गर्छ ।यसले तत्काल ऊर्जा प्रदान गर्दछ।भने,छिटोछिटो क्यालोरी घटाउन मद्दत गर्दछ ।आहारविज्ञ भन्छन,‘कफी स्वास्थ्यका लागि निकै फाइदाजनक हुनेमा कुनै शंका छैन तर बिहान खाली पेटमा कफी पिउनु कत्ति पनि ठीक होइन।यसो गर्दा तपाईंको स्वास्थ्यलाई राम्रो भन्दा बढी हानी हुनसक्छ । यसकारण पेट सम्बन्धी समस्याहरु जस्तै ग्यास,कब्जियत, अपच, पेट फुल्ने जस्ता समस्याहरु देखा पर्...

नेपालप्रेसकर्मी नविनकाजीको स्वास्थ्यमा सुधार,भेन्टिलेटरबाट बाहिर निकालियो

ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका नेपालप्रेस डटकमका वरिष्ठ संवाददाता नविनकाजी राईको स्वास्थ्यमा सामान्य सुधार आएको छ । उपचारमा संलग्न काठमाडौं मेडिकल कलेजका चिकित्सकका अनुसार उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।उनको शनिबार करिब ६ घण्टा लगाएर टाउकोमा जमेको रगत निकाल्ने शल्यक्रिया सम्पन्न भएको थियो। अहिले नविनले श्वासप्रश्वास लिन, शरीरका अंगहरू चलाउन थालेको लेचिकित्सकले बताएका छन्।उपचारमा संलग्न चिकित्सकका अनुसार उनमा रक्त चाप निकै कम रहेकाले बढाउनका लागि औषधि चलाइएको छ। चिकित्सकले १४ दिनसम्म प्रत्यक्ष निगरानीमा राखेर हेर्ने बताएका छन्।नविन शनिबार बिहान दरबारमार्गको राइजिङ मलअगाडि सडक दुर्घटनामा परेका थिए ।उनलाई ट्रमा सेन्टरले केएमसीमा रिफर गरेको थियो ।...

काठमाडौं महानगरले देशभरका अशक्त र गरिबलाई निःशुल्क स्वास्थ्य सेवा दिने

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्।सो सेवा सुविधाका लागि बिरामी पक्षले आफ्नो स्थानीय तहबाट विपन्न तथा असहायको सिफारिस लिएर महानगरपालिकामा सम्पर्क गर्नु पर्ने उनको भनाई छ। मेयर बालेनले महानगरसँग ५२ वटा अस्पतालका ३७४ बेड रहेको र त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुने उल्लेख गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला,’ उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘हामीसँग ५२ अस्पतालका ३७४ बेड छन् ।जहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।...