स्वस्थानी व्रत कथा समापन गरिँदै
१८ माघ,काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिदैछ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् ।त्यस दिनदेखि स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिएको थियो।
विधिपूर्वक एकमहिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी,१०८ पान,१०८, १०८ फलफूल,१०८ अक्षता विभिन्न थरिका फूल,धुप,बत्ती,नैवेद्य,श्रीखण्ड,रक्तचन्दन,सिन्दूर, वस्त्र,भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिन्छन् र चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ पतिलाई,पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवं मि...








