जीवनशैली

सुनको मूल्य थप बढ्यो

सुनको मूल्य थप बढ्यो

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी बढेको। अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज फेरी सय रुपैयाँले बढ्दै १ लाख ४४ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ४३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । ...
विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

विषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी

जीवनशैली, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उहाँका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् । प्रनाउ भण्डारीका अनुसार विषालु च्याउ खाएर बिरामी परेको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उद्धार गरी पाँच जनालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाएको छ । बिरामीमध्ये मङ्गली र लक्ष्मीमायाको हेटौँडास्थित अस्पतालमा उपचार भइर...
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौ । बिहीबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो। तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।...
बेँसीसहर(चामे सडक खुल्यो

बेँसीसहर(चामे सडक खुल्यो

जीवनशैली, ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
लमजुङ । अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सञ्चालन भएको छ । यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मर्स्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो आज बिहानदेखि हटाएसँगै लमजुङ सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए । लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठे पुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।...
प्रेरक प्रसङ्ग : कुसंगतको फल

प्रेरक प्रसङ्ग : कुसंगतको फल

जीवनशैली, प्रेरक प्रसङ्ग, ब्यानर-१, समाचार
मनिषा गुरुङ काठमाडौं ।केही बकुल्लाहरु हरेक दिनजसो एक जना किसानको खेतमा आहार खोज्ने निहुँमा गई बालीलाई बर्बाद गर्दथे। दिनहुँजसो बकुल्लाहरुले खेतीको नोक्सान पु¥याएको हुनाले तिनलाई नसमाती भएन भनेर एक दिन किसानले खेतमा जाल बिछ्याएर राख्यो ।भोलिपल्ट जाल विछ्याएको ठाउँमा गई हेर्दा त सैयौं बकुल्लाहरु जालमा परेका त्यो किसानले देख्यो।ती बकुल्लाहरुमध्ये एउटा सारस पनि जालमा परेछ।आफु अञ्जानमा फसेको देखी सारसले साहस पूर्वक किसानलाई भन्यो, ’हेर्नुहोस् न ! म बेफ्वाँकमा हुलमुलमा परेँ।मैले तपाईँको केही विगारेको छैन। कृपया मलाई छाडिदिनुहोस्। म बकुल्लाजस्तो विगार गर्ने पंक्षी होइन।म उनीहरुभन्दा भर्मपरायण छु।अर्काको विगार गर्ने मेरो स्वभाव नै छैन।म आफ्ना आमा बाबुको अति नै सम्मान गर्छु।विभिन्न ठाउँमा गई आहार खोजेर आफ्नो बाहुबलले उहाँहरुको लालन–पालन गर्छु। उसको कुरा सुनि किसानले भन्यो–तिम्रो सबै कुरा...
प्रेरक प्रसङ्ग : किन हतोत्साहित बन्ने ?

प्रेरक प्रसङ्ग : किन हतोत्साहित बन्ने ?

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, शिक्षा, समाचार, स्वास्थ्य
मनिषा गुरुङ काठमाडौं ।विगतमा जे–जे दुख ,कष्ट,नोक्सान आदि बेहोरिए पनि त्यस विषयलाई लिएर अहिले व्यर्थमा तड्पिनु,कल्पिनु र दुःख मनाउ गर्नु बेकार छ।किनभने त्यसबाट कुनै फाइदा छैन। हानी हुँदा दुःख र निराशा त हरेक व्यक्तिले प्रकट गर्न सक्छन्। रुन,कराउन र कायरता देखाउन त सबैलाई आउँछ।पौरख देखाउने हो भने, हानिबाट पनि लाभ उठाउन सक्नुपर्छ।दिक्दार मनलाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ। त्यस्तै बिग्रेको कुरालाई मिलाउन सक्नुपर्छ अनि फाटेको मनलाई सिलाउन सक्नुपर्छ।भने,दिक्दार मललाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ ।कुनै पनि बिग्रेको कुरा बनाउन र सपार्न बुद्धिमताको आवश्यकता पर्दछ।हानीमा रुनेहरु,आलस्य ,कायरता,मूर्खताको कारण हो।त्यसो भए किन मूर्ख बन्ने ? किन आफ्नो मनमा उब्जने चिन्ताका कारणहरुलाई हटाएर त्यसलाई आशा र उत्साहसँगै प्रेरणामा परिणत नगर्ने त? सुन्दास र मिल्टन अन्धा थिए तर उनिहरुले आफ्नो अन्धोपनक...

बाढी आएसँगै काठमाडौंमा मेलम्चीको खानेपानी बन्द

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आजदेखि आपूर्ति बन्द गरिएको छ । अत्याधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको हो ।मेलम्ची नदीमा बाढी आएपछि स्थानीयहरू समेत त्रसित बनेका छन् । गत आइतबार रातिदेखि आएको अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो । बाढी आएसँगै त्यहाँका स्थानीयहरू बाढीको त्रासमा रात कटाइरहेका छन् । साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।...

‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना हुँदै,१९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुले आवेदन दिन सक्ने

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं। नेपालमा ‘मिस ग्राण्ड नेपाल–२०२४’ आयोजना हुने भएको छ । आइतबार उमङ्ग क्रिएशन प्रालिले काठमाडौंको सोल्टी मोडस्थित होटल सोल्टीमा एक पत्रकार सम्मेलन गरेर उक्त सौन्दर्य प्रतियोगिताबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा उमङ्ग क्रिएसनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आगामी भदौ ११ गते ‘मिस ग्राण्ड नेपाल –२०२४’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन्। उनका अनुसार सो सौन्दर्य प्रतियोगिताका लागि आवेदन फाराम खुला गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि हिजो असार ९ गते आइतबारदेखि असार ३१ गतेभित्र  आवेदन फारम भर्नका लागि १९ देखि २९ वर्ष उमेर समूहका अविवाहित युवतीहरुलाई आव्हान गरिएको छ । आवेदकको उचाई कम्तिमा ५ फिट, ३ इन्च हुनु पर्नेछ ।उमंग क्रिएसनको वेबसाइटमा गएर आवेदन फाराम भर्न सकिने अध्यक्ष अधिकारीले बताएका छन् । पत्रकार सम्मेलनमा उनले सहभागिहरुले ...
गर्मीमा दिनमा कति पानी पिउने ?

गर्मीमा दिनमा कति पानी पिउने ?

जीवनशैली, ताजा अपडेट, समाचार, स्वास्थ्य
काठमाडौं । पानी हाम्रो शरिरलाई अति आवश्यक पर्नै महत्वपूर्ण वस्तु हो । पानीका फाइदाहरू पानी हामीलाई प्रकृतिबाट प्राप्त भएको यस्तो उपहार हो जसले हामीलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छ। मानव शरीरको उचित कार्यमा पानीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हाम्रो शरीरको लगभग ७० प्रतिशत पानीले बनेको छ ।  चिकित्सकहरूले पनि हामीलाई सकेसम्म पानी पिउने सल्लाह दिन्छन्। एकै समयमा, यो गर्मी मौसममा अझ महत्त्वपूर्ण हुन्छ । पानी पिउनाले शरीरलाई हाइड्रेटेड राख्न मात्र होइन शरीरलाई अन्य धेरै स्वास्थ्य लाभहरू पनि प्रदान गर्दछ। धेरै अध्ययनहरूले सुझाव दिए अनुसार एक वयस्कले शरीरलाई स्वास्थ्य खतराहरूबाट सुरक्षित राख्न कम्तिमा २।७ लिटर पानी दैनिक पिउनुपर्छ। त्यसो नगर्दा निर्जलीकरणको जोखिम बढ्न सक्छ। अर्कोतर्फ, एक आदर्श व्यक्तित्वको कुरा गर्दा, एक दिनमा कम्तिमा ७ देखि ८ गिलास पानी पिउनुपर्छ। यद्यपि, ...

करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

कला, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौँ । नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । फागुन २४ देखि प्रसारण सुरू भएको पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका थिए । उनीहरू मध्येबाट उत्कृष्ट १० चयन गरी त्यसबाट भोटिङको आधारमा टप ४ सम्म छनौट गरी फाइनलमा चार जनाबीच प्रतिष्पर्धा गराइएको थियो ।...