एमाले परिषद् बैठकले पारित ग¥यो सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण कार्ययोजना
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ।
ललितपुरको गोदावारीस्थित सनराइजहलमा आइतबार सम्पन्न भएको उक्त बैठकले वि.सं.२०८१ साललाई पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धिकरण अभियान वर्षका रुपमा मनाउने प्रस्ताव पारित गरेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
गौतमका अनुसार शनिवार केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन,महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल भएको थियो ।
भने, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल,केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल,केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गरेका थिए।
बैठकमा १३ वटा समसामयिक राजनीत...
