स्थानीय

काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

काठमाडौंमा रोटरी हाट बजार सफलतापूर्वक सम्पन्न

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, कृषि, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
१२ माघ,काठमाडौं ।रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान )अन्तर्गतका १४ वटा रोटरी क्लबद्वरा काठमाडौंमा आयोजित ‘रोटरी हाट बजार’ सफलतापूर्वक सम्पन्न भएको छ। यहि माघ १० र ११ गते काठमाडौंको थापाथली स्थित रोटरी क्लब अफ काठमाडौंको कार्यालय परिसरमा दुई दिनसम्म सञ्चालन भई आइतबार सम्पन्न उक्त हाट बजारमा स्थानीय तथा घरेलु उद्यमीहरूले उत्पादन गरेका हस्तकला,खाद्य परिकार,फेसन सामग्री र लत्ता कपडाहरु तथा सिर्जनात्मक सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण  गरिएको थियो। साथै उक्त हाट बजारमा काठमाडौंको सामाखुशी स्थित कान्तीपुर डेन्टल अस्पतालसँगको प्राविधिक सहयोगमा निःशुल्क दन्त परीक्षण शिविर पनि संचालन गरिएको थियो । यसका साथै मनोरञ्जनका लागि सांगितिक कार्यक्रम र विभिन्न किसिमका इन्डोर गेमहरु पनि हाट बजारमा राखीएको रोटरी क्लब अफ काठमाडौंका यस वर्षका प्रेसिडेन्ट राजेन्द्र गौतमले जान...
बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण

ताजा अपडेट, समाचार, स्थानीय
११ माघ,काठमाडौं ।बुढानीलकण्ठमा सहकारी नियमन,सूचना प्रवाह तथा लेखा प्रणालीसम्बन्धी प्रशिक्षण सुरु भएको छ। नगरपालिकाका अनुसार पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका लेखाप्रणालीको कमजोरी, सूचनाको अभाव, पारदर्शितामा कमी तथा वित्तीय जोखिम जस्ता समस्यालाई न्यूनीकरण गर्न सो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसमार्फत नगरपालिकाले सहकारी संस्थाहरूलाई कानुनी दायराभित्र ल्याई व्यवस्थित गर्ने तथा शेयर सदस्यहरूको हित संरक्षण तथा सहकारीप्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ। सहकारी समन्वय समितिको संयोजनमा नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न सहकारी संस्थाका अध्यक्ष,सञ्चालक समिति सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको छ।  ...
‘रेलवे म्युजियम’ बनाउने तयारीमा वीरगञ्ज महानगर,झाडी तथा फोहर हटाइयो

‘रेलवे म्युजियम’ बनाउने तयारीमा वीरगञ्ज महानगर,झाडी तथा फोहर हटाइयो

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
१० माघ,वीरगञ्ज ।वीरगञ्ज महानगरपालिकाले बीपी उद्यान छेउको जग्गामा ‘रेल्वे म्युजियम’ निर्माणको प्रारम्भिक चरणका काम अघि बढाएको छ । सोही अवसरमा उक्त क्षेत्रमा रहेका रेल्वेका पुराना संरचना,झाडी,अनावश्यक रुख तथा फोहर हटाउँदै सरसफाइ कार्यक्रम गरिएको छ । महानगरको गत असार ९ गते सम्पन्न १३ औँ नगरसभामा नगरप्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको चालू आर्थिक वर्ष ०८२÷८३ को नीति तथा कार्यक्रममा ‘रेलवे म्युजियम’ निर्माणको घोषणा गरेका थिए ।  उनले वीरगञ्जबाटै नेपालमा पहिलोपटक रक्सौल–अमलेखगञ्ज रेल सेवा सुरु भएको भन्दै रेल सेवा स्थापना भएको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचना,सामग्री तथा ऐतिहासिक सम्पदालाई संरक्षण र पुनः प्रयोग गरी ‘रेल्वे म्युजियम’ निर्माण गरिने बताएका थिए ।  कार्यक्रम नगरप्रमुख  सिंहले ‘रेलवे म्युजियम’ वीरगञ्जको पहिचानसँग जोडिएको महत्वपूर्ण परियोजना भएको बताएका छन् । नेप...
बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

बुढानीलकण्ठमा नगर शिक्षक सम्मेलन सम्पन्न,शिक्षा सुधारका लागि प्रतिबद्धता, शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा

ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार, स्थानीय
 मनिषा गुरुङ २४ पुस,काठमाडौं । शिक्षा सुधारका लागि प्रतिबद्धता,शिक्षक सम्मान र शैक्षिक उपलब्धिको समीक्षा गर्दै बुढानीलकण्ठ नगरपालिकाले बुधबार नगर शिक्षक सम्मेलन सम्पन्न गरेको छ। सम्मेलनमा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्र नगरको दीर्घकालीन विकासको मेरुदण्ड भएको बताए।सामुदायिक र संस्थागत विद्यालयबीच सहकार्य गरि गुणस्तरीय शिक्षा र सुशासन तथा पारदर्शिता अनिवार्य रहेको उनको तर्क थियो। मेयर अधिकारीले शिक्षकहरूको भूमिका केवल पाठ्यक्रममा सीमित नभइकन विद्यार्थीको चरित्र निर्माण र समाज रूपान्तरणमा केन्द्रित हुनुपर्ने भन्दै नगरपालिकाले शिक्षा सुधारका लागि आवश्यक नीति,स्रोत तथा सााधनका साथमा उचित वातावरण तयार गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे। कार्यक्रममा उप–मेयर अनिता लामाले शिक्षामा समान पहुँच,शिक्षकको पेशागत मर्यादा र उत्तरदायित्वलाई बलियो बनाउँदै स्थान...
टोखाका व्यापारी चाकु बनाउन व्यस्त

टोखाका व्यापारी चाकु बनाउन व्यस्त

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
२२ पुस, काठमाडौं । माघे संक्रान्ति नजिकिंदै गर्दा काठमाडौंको टोखा क्षेत्रका उद्योगी व्यवसायीहरू चाकु बनाउन व्यस्त देखिन्छन् । विशेष गरि माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलन रहिआएकोले यो समय त्यस क्षेत्रमा सञ्चालित चाकु उत्पादन गर्नै उद्योगहरुमा कर्मचारीहरुलाई भ्याइनभ्याइ हुने गर्दछ । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यस्’ को अर्थ ‘फल्ने ठाउँ’ भन्ने बुझिन्छ । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । नेवारी समुदायको बहुल्यता रहेको टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकामा असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । यो समयमा चाकुको माग अत्यधिक हुने गर्दा बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ हुने गरेको उद्योगीहरूको भनाई छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेत...
तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

तीन करोडभन्दा महँगो जग्गा सिधै किन्न नपाइने

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३० असोज,काठमाडौंं । तीन करोडभन्दा महँगो जग्गा अब सिधै किन्न नपाइने भएको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै तीन करोड रुपैयाँ भन्दा धेरैको मूल्यको कारोबारमा संस्थागत कारोबारलाई अनिवार्य गरेको हो । यस अनुसार अब इजाजतपत्र प्राप्त गरेको संस्थालाई ब्रोकर बनाएर मात्रै यस्तो खरिदबिक्री गर्नु पर्नेछ ।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा मालपोत ऐन,२०३४ को दफा २६ क र २६ख को प्रयोजनका लागि मन्त्रिपरिषद्ले घरजग्गा कारोबारसम्बन्धी नयाँ मापदण्ड जारी गरेको जनाएको छ। यो व्यवस्था हालका लागि महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा हकमा मात्रै अनिवार्य गरिएको छ ।क्षेत्रफल भने निर्धारण भइनसकेको मन्त्रालयले जनाएको छ।...
संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

संघसंस्था र ट्रष्टका सम्पत्ति बिक्री नगर्न काठमाडौं प्रशासनको मालपोत कार्यालयलाई निर्देशन

अर्थतन्त्र, कानुन, ताजा अपडेट, ब्यानर-१, स्थानीय
२८ असोज,काठमाडौंं।जिल्ला प्रशासन कार्यालय,काठमाडौंले मठ–मन्दिर,ट्रष्ट र संघसंस्थाका नाममा रहेका जग्गा तथा अचल सम्पत्तिको बिक्री वितरणमा कडा निगरानी बढाउने भएको छ । प्रशासनले २०७६ साल बैशाख ३१ गते गृह मन्त्रालयबाट जारी निर्देशनअनुसार यस्ता सम्पत्ति बिक्री–वितरणमा रोक लगाइएको स्मरण गराउँदै यस्तो कार्य नगर्न पुनः सचेत गराएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा हालसम्म पनि केही गैरसरकारी संस्था, संघसंस्था, मठ–मन्दिर र ट्रष्टले जग्गा बिक्री गरेको जानकारी प्रशासनमा पुगेको उल्लेख छ । उक्त सूचनामा भनिएको छ, ‘विक्रि वितरणमा रोक लगाइएको सरकारी निर्णय हुँदाहुँदै समेत यस्ता संस्था र निकायले जग्गा बिक्री गरेको भन्ने गम्भीर सूचना प्राप्त भएकोले यस कार्यालयको ध्यानाकर्षण भएको छ।’ प्रशासनले काठमाडौं जिल्लाभित्रका सबै मालपोत कार्यालयलाई पनि निर्देशन जारी गर्दै संघ, मठ–मन्...
लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन

लेकसाइडको सुरक्षा र पर्यटन विकासका लागि तीन दर्जन समिति गठन

अर्थतन्त्र, पर्यटन, ब्यानर-२, वातावरण, स्थानीय
२४ असोज ,पोखरा ।पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ध्यानमा राख्दै होटल संघ पोखराले लेकसाइड र ड्यामसाइड क्षेत्रका विभिन्न सडक तथा टोलहरूका लागि संयोजक तोकेको छ। संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार संघले २८ वटा स्ट्रिट र ६ वटा टोललाई लक्षित गर्दै संयोजक नियुक्त गरेको हो।संयोजकहरूले स्थानीय व्यवसायी र टोलवासीसँग समन्वय गरी सदस्य चयन गरेर उपसमिति गठन गर्नेछन्। ड्यामसाइड,खहरेचोक,गैह्राचौतारा,हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत संयोजक तोकिएको पनि उनले जानकारी दिएका छन्। जेनजी आन्दोलनपछि प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने उद्देश्यले यस प्रकारको व्यवस्था गर्न लागिएको पनि उनले बताएका छन्।  संघले सबै होटल र टोलका सीसीटीभी क्यामेरा सञ्चालनमा राख्ने,विग्रिएका उपकरण मर्मत गर्ने,सुरक्षाकर्मीको मनोबल वृद्धि गर्ने, सडक बत्ती मर्मत गर्ने र खाल्डाखुल्डी सडक मर्मत गर्न स...
एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२३ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । बुधबार सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गरेका छन् । सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार लगायत पर्दछन् । ...
उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२ असोज,काठमाडौंं। ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार नयाँ बसपार्क,नागढुङ्गा,कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरि आज विहिबारदेखि सञ्चालनमा ल्याइएकोे छ । यात्रुको सहज आवतजावत,सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको  उनले बताएका छन् । यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी र व्यवसायीसहित खटिएको  टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको,लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको ल...