स्थानीय

२० प्रतिशत कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति

२० प्रतिशत कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
१ असोज, काठमाडौं । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो । हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् ।२० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ । यो दरबन्दी मन्त्रालय,आयोग,सचिवालय र कार्यालयहरूबाट घटाइने र यसमा लागि यहि असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ।त्यसपछि यो निर्णय मन्त्रिपरिषद् बैठकमा पेस गरिने छ।...
जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

जलेको घरबाट नागार्जुनका पूर्वमेयर बस्नेतको रोदन : साढे १० करोड लोन लिएर बनाएको थिएँ

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
३० भदौं,नागार्जुन ।काठमाडौंको नागार्जुन नगरपालिकाका पूर्वमेयर मोहन बहादुर बस्नेतले सेप्टेमबर ८ र नौ मा भएको जेनजीको आन्दोलनको समयमा नागार्जुन–४ सितापाइलामा रहेको आफ्नो साढे ७ तले कम्प्लेक्स प्रभु बैंकबाट साढे १० करोड लोन लिएर भरखर मात्र बनाएको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनी दुइ कार्यकालसम्म मेयर बनेका बस्नेतले आँफुले कहिल्यै भ्ष्टाचार नगरेको तर प्रतिशोधको भावना राखेर घर जलाइदिएको बताए । उनले घरको सीसी टिभी फुटेजमा घर जलाउने व्यक्तिहरु आफूले पहिचान गरिसकेको र समय आयपछि कारवाही गरिने चेतावनी समेत दिए । घर जलाइरहँदा आफू घरभित्रैरहेको र सहयोगीको साथमा भाग्न सफल भएको पनि बताए । केही महिना अगाडी विशेष अदालतबाट भ्रष्टाचार गरेको ठहर भएपछि निलम्बित भएका मेयर बस्नेत आफुले कुनै गल्ती गरेको भए आफुलाई टुडीखेलमा लगेर घुमाए पनि सहने तर आफु निर्दाेष रहेकाले न्याय पाउन पर्ने ...
कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

कालीकोट रास्कोटका वडाध्यक्ष ३ दिनदेखि बेपत्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
२१ भदौ,सुर्खेत ।कालीकोट रास्कोट नगरपालिका,८ का वडाध्यक्ष मनिराज बराल तीन दिनदेखि बेपत्ता भएका छन्। बुधवार बेलुकी वडा कार्यालयको काम सकेर ससुराली जाने भन्दै घरबाट निस्किएका बराल अहिलेसम्म सम्पर्कविहीन रहेको जनाइएको छ । फुकोट स्वास्थ्य चौकीका  एक कर्मचारीका अनुसार वडाध्यक्ष दिउँसो नगरपालिका पुगेका र त्यहाँबाट ससुरालीतर्फ हिँडेका थिए। हिजो शुक्रवार कर्णाली नदी किनारमा बरालले लगाएको कोट फेला परेको उनले जानकारी दिएका छन्। उनका अनुसार स्थानीय,नगर प्रहरी र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्र पारेका छन्। जिल्ला प्रहरी प्रमुख टेकबहादुर रावतका अनुसार प्रहरी चौकी रास्कोटको समन्वयमा सान्निगाड, मेहलमुडीलगायतका क्षेत्रमा पनि खोजी कार्य जारी छ। बरालका  पत्नी,एक छोरा र दुई छोरी छन्।...
हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकले निकाले र्‍याली

हर्क साम्पाङ काठमाडौं आउँदा समर्थकले निकाले र्‍याली

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
१६ भदौ,काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्।सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका मेयर साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो। उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्‍यालीसहित स्वागत गरेका थिए।यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरूको बाक्लो उपस्थिति रहने गरेको थियो। मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ।  ...
गौराको मुख्य दिन आज अठ्यावाली मनाइँदै,दुई दिन सार्वजनिक बिदा

गौराको मुख्य दिन आज अठ्यावाली मनाइँदै,दुई दिन सार्वजनिक बिदा

जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
१५ भदौ,सुदूरपश्चिम प्रदेश। खासगरी सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला(आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ। सरकारले गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा(विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन्।हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्।जानकारहरुका अनुसार तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यस अवसरमा महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्। गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ। गौराको उत्पत्ति...
१७ नगरपालिकामध्येमा कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका,भयो सम्मानित

१७ नगरपालिकामध्येमा कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका,भयो सम्मानित

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२१ साउन,बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैङ्कले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो । तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रेको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सो नगरपालिकालाई सम्मान गरको हो । गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्रे थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ । तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ...
फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

अपराध, अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
१३ साउन,काठमाडौं–फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। ती युवकलेले काठमाडौं महानगरपालिका–३१ क्षेत्रमा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको भनाई छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  ...
तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल ,दैलोबाटै गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिक स्कुल ,दैलोबाटै गाडी चढेर स्कुल जानेछन् ज्येष्ठ नागरिक

जीवनशैली, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं ।काठमाडौंको तारकेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकको भावना सम्बोधन गर्न  एउटा नविनतम सोचसँगै ज्येष्ठ नागरिक विद्यालय स्थापना गरेको छ। नगरपालिकाले ज्येष्ठ नागरिक विद्यालय बनाउने प्रस्ताव संघ सरकारसमक्ष राखेपछि संघ सरकारको विशेष अनुदानमा ज्येष्ठ नागरिक विद्यालय बनाउन नगरपालिका सफल भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित पैंयुटार,बङ्गलामुखी मन्दिर नजिक जेष्ठ नागरिक स्कुलको पहिलो भवन बनिसकेको छ ।दोस्रो भवन बनाउने काम भइरहेको नगर प्रमुख कृष्णहरि महर्जनले बताए।  नगर प्रमुख महर्जनका अनुसार संघ सरकारको कुल ३ करोड बजेटबाट भवन बनाउन लागिएको हो। ‘ज्येष्ठ नागरिकले एक्लो महसुस गर्नु नपरोस् भनेर विद्यालय खोल्न लागेका हौँ,’ महर्जनले भने । विद्यालय निर्माणको काम सकिएपछि नगर भित्रका ज्येष्ठ नागरिक  विद्यालय जानेछन्। ‘ज्येष्ठ नागरिकलाई लिन घरघरमै बस जान्छ ।विद्यालय आएपछि उहाँहरूलाई मन लाग...
नारायणघाट–बुटवल सडक निर्माण : एक वर्ष म्याद थप्ने तयारी

नारायणघाट–बुटवल सडक निर्माण : एक वर्ष म्याद थप्ने तयारी

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
नवलपरासी । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौँ”, उनले भने, “निर्माण कम्पनीले ९० प्रतिशत काम सकाउने सहमति भएपछि हामी एक वर्ष म्याद थप गर्ने निष्कर्षमा पुगेका छौँ ।”  निर्देशक ढकालका अनुसार सडक योजनाको तेस्रोपटक थप भएको म्याद यही साउन ८ गते सकिँदैछ ।हालसम्म आयोजनाको भौतिक प्रगति ६९ दशमलव तीन प्रतिशत सकिएको छ । नारायणघाट–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी इञ्जिनियर शिव खनालक...
अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु

अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-१, वातावरण, स्थानीय
अर्घाखाँची । अर्घाखाँचीमा बँदेल र बाँदरबाट खेती जोगाउन गाउँ गाउँमा हेरालु खटाइएको छ । वन्यजन्तुजन्य क्षति न्यूनीकरण तथा किसानको श्रम सुरक्षाका लागि वन कार्यालयले बाँदर र बँदेलबाट खेती जोगाउन २० जना हेरालु नियुक्त गरेको हो । बाँदर र बँदेलको अर्घाखाँचीका किसानहरू मर्कामा परेका छन्। डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लामा वन व्यवस्थापन कार्यमा सक्रिय रहेका १० वटा सामुदायिक वन समूहसँगको सहकार्यमा सो कार्य गरिएको हो। खेतीबालीमा हरेक वर्ष जस्तो क्षति भइरहेपछि सामुदायिक वन समूहहरूको सहमतिमा आर्थिक साझेदारी हुँदै हेरालु नियुक्त गरिएको हो। हेरालुहरू बाँदर र बँदेल धपाउने कामका लागी साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा परिचालित हुने डिभिजन वन कार्यालय अर्घाखाँचीले जनाएको छ ।...