स्थानीय

मधेश सुक्खाग्रस्त भयो‚सबैले सहयोग गर्नुहोस् : मुख्यमन्त्री सिंह

मधेश सुक्खाग्रस्त भयो‚सबैले सहयोग गर्नुहोस् : मुख्यमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
३१असार,जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न संघीय सरकार र दातृनिकायसँग आग्रह गरेका छन्। मंगलवार बिहान सरोकारवाला मन्त्रालय र दातृनिकायसँग बैठकमा मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानीको मौजुदा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै  प्रदेश सरकार तथा दातृनिकायबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह गरे। प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै उनले प्रदेशका नागरिक समस्यामा रहेका वेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृनिकायका प्रतिनिधिलाई आग्रह गरे। अहिले सुक्खाका कारण धान रोपाइँ हुन नसके यसले आगामी दिनमा खाद्यान्न संकट आउन सक्ने खतरालाई ध्यानमा राखी काम अघि बढाउन मुख्यमन्त्री सिंहले सरोकारवाला मन्त्रालयलाई निर्देश गरे। उनले सुक्खा र...
तुइन चुँडिएर महाकालीमा एक युवक बेपत्ता,खोजी कार्य जारी

तुइन चुँडिएर महाकालीमा एक युवक बेपत्ता,खोजी कार्य जारी

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
३१ असार,कैलाली । महाकाली नदीमा तुइन चुँडिएर एक युवक बेपत्ता भएका छन्। दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीमा तुइन चड्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । मंगलबार दिउँसो  तुइनमार्फत भारततर्फ जाँदै गरेका बुढाथोकी चढेको तुइन अकस्मात चुँडिएपछि उनी सीधै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।  घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले खोजी कार्य थालेको छ।  दार्चुलाका सीमावर्ती बस्तीहरूमा अहिले पनि तुइनकै भरमा नदी पार गर्ने जोखिमपूर्ण बाध्यता छ।...
उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२९, असार काठमाडौं । ढुकुरलाई प्रेमको प्रतीक मानिन्छ । प्रेमको प्रतीक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दहरैँचा नगरपालिकाले उत्कृष्ट १२ दम्पतीलाई १० हजार नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको छ । नगरपालिकाले बिहे गरेको १० वर्ष भएको र परिवारसँगै समाजमा पनि मिलेर बसेका उत्कृष्ट १२ दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान गरेको हो । आइतबार पालिकाले हरेक वडाबाट १-१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गरेको पालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार सुन्दरहरैँचामा १२ वटा वडा छन् । १२ वटै वडाबाट एक एक जोडी छनोट गरी सम्मान गरिएको हो । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ‘ढुकुर जोडी’ खोजी गरेर सम्मान गरिएको हो,’ ढकालले भने । नगरपालिकाले सभ्य र संवेदनशील पारिवारिक सम्बन्ध विकास गर्न र मेलमिलापपूर्ण परिवा...
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा

पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
२५ असार,काठमाडौं।प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अन्तिम तयारी भएको छ।युनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विकस्थल तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो। गौतम बुद्धले २९ वर्ष बिताउनु भएको थियो ।२०७८र७९ को नीति तथा कार्यक्रममार्फत नेपाल सरकारले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषय उल्लेख गरेको थियो।विश्व सम्पदा समितिको ४५औं बैठकमा तिलौराकोट कपिलवस्तुसम्बन्धी प्रबर्द्धनात्मक कार्यक्रम समेत गरिएको थियो। अन्तिम मनोनयन दस्तावेज विश्व सम्पदा केन्द्रको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पेस भएसँगै कपिलवस्तु तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विधिवत रूपमा प्रक्रिया अघि बढेको हो। लुम्बिनी विकास कोषका वरिष्ठ प्रशासन प्रमुख ज्ञानिन राईका अनुसार कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सू...
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

विश्वकै ठूलो शालिग्राम शिला डुबानमा

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
२० असार,स्याङजा।स्याङजा र पर्वतको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा परेको हो । साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा छन् ।शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार शिलामा जाने बाटो,नजिकै रहेको सत्तल र परिक्रमा स्थल सबै डुबेको छ । जेठ अन्तिम सातादेखि नै शालिग्राम शिला डुबानमा परेको र यतिबेला नियमित वर्षा भएकाले कालीगण्डकीमा पानीको सतह ह्वात्तै बढेको छ उहाँले बताउनुभयो। शिला डुबानमा परेसँगै नियमित पुजापाठ र दर्शन गर्न आउने भक्तजन शालिग्राम शिला दर्शन गर्नबाट बञ्चित बनेका छन् ।शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबिन जालीसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जान रोक लगाइको छ । कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत,स्...
नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

नागार्जुन नगरपालिकाले ग¥यो २ अर्ब ३९ करोड ७१ लाख बढीको बजेट सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरुङ १२ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले आर्थिक वर्ष २०८२ ÷०८३ का लागि नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार ११औं नगरसभा अधिवेशनमार्फत उल्लेखित रकम बराबरको बजेट सार्वजनिक गरेको हो ।सो सभामार्फत कार्यबाहक नगर प्रमुख शुसिला अधिकारीले नगरको नीति तथा कार्यक्रमसँगै सो अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो। प्रस्तुत बजेटमा शिक्षा,स्वास्थ्य,खानेपानी,पूर्वाधार विकास,वातावरण संरक्षण,रोजगारी प्रवर्द्धन,डिजिटलीकरण, लैङ्गिक समानता तथा समावेशिता लगायतका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखिएको कार्यबाहक नगर प्रमुख अधिकारीले बताउनुभएको छ। यसले नगरको समग्र विकासमा थप टेवा पुर्‍याई समृद्ध नगर,सुखी नगरवासी बनाउने बाटोमा अगाडी बढ्न सजिलो हुने विश्वास लिइएको उहाँको भनाई छ । उक्त नगरसभामा बागमती प्रदेशका ...
बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

बुढानीलकण्ठ नगरपालिकाको बजेट ३ अर्ब ४५ करोड

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
 मनिषा गुरुङ १२ असार, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालेको विनियोजित बजेट ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बुधबार नगरपालिकाको सभाहलमा १६ औं अधिवेशनको चौथो बैठकले अघिल्लो बैठकमा पेश भएका आर्थिक विधेयक,विनियोजन विधेयक र आर्थिक वक्तव्य माथी छलफल गरि सुझाव संकलन समेत गरेर उक्त बजेट पारित गरिएको नगर प्रमुख मीठाराम अधिकारीले बताउनुभयो । यो बजेट गत आ.व.को विनियोजित बजेट ३ अर्ब २५ करोड रहेको थियो भने यस बर्ष बजेट २० करोड रुपैयाँले बढेको  उपप्रमुख अनिता लामाले बताउनुभयो ।  ...
तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक

तारकेश्वर नगरपालिकाद्वारा २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार, स्थानीय
१२,असार काठमाडौंं। तारकेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ /०८३ का लागी २ अर्ब ८० करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख कृष्णहरी महर्जनको सभाध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८/८३ का लागी बुधबार नीति,कार्यक्रम र बजेट सार्वजनिक गरेको थियो। उक्त नगरसभा अधिवेशनमा नगर उपप्रमुख सिर्जना बुर्लाकोटी (अर्याल) ले सो आ.व.का लागी संघ, प्रदेश तथा नगरपालिकाको आन्तरिक स्रोतसमेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको बताउनुभयो। उहाँले प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ १ अर्ब ८२ करोड ५४ लाख ४० हजार पाँचसय रुपैयाँ  (६५ प्रतिशत) र ९८ करोड २९ लाख २९ हजार पाँचसय रुपैयाँ (३५ प्रतिशत) चालु खर्चतर्फ छुट्याइएको पनि जानकारी दिनुभयो। स्वास्थ्य,शिक्षा, खानेपानी, र पूर्वाधार विकासमा विशेष जोड दिई स्थानीय आवश्यकता र समृद्ध...
काठमाडौँ १८ मा ‘सिप मेला’ सुरु

काठमाडौँ १८ मा ‘सिप मेला’ सुरु

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
५, असार काठमाडौं । काठमाडौँ महानगरपालिका-१८ ले बुधबारदेखि भुरुङखेलमा ‘सिप मेला’ सुरु गरेको छ । ४ दिन चल्ने सिप मेलामा उद्यमशील विकास, रोजगारमूलक, स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ । वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार सिप मेलामा परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमुना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद् व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउने सहित क्षेत्र तालिममा समावेश छन् । हुनेछ । आयसँग र आफूले गर्नुपर्ने खर्च घटाउने क्षेत्रमा सेल्फ मेकअप तालिम राखिएको छ । यसमा प्रशिक्षण लिनेले व्यवसाय गरेनन् भने पनि आफूले पार्लरमा गर्नुपर्ने खर्च घटाउन सकिने धारणा वडा सदस्य हेराशोभा डंगोल महर्जनले राखिन् । प्रशिक्षणमा डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने, बेकरी बनाउने तालिम चल्ने छ । ...
बुढानिलकण्ठका नगर प्रमुख संग नेपाल पत्रकार महासंघको अन्तरक्रिया

बुढानिलकण्ठका नगर प्रमुख संग नेपाल पत्रकार महासंघको अन्तरक्रिया

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
४,असार काठमाडौं । बुढानिलकण्ठका नगर प्रमुख संग नेपाल पत्रकार महासंघले अन्तरक्रिया गरेको छ। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी ‘मेयरसँग पत्रकार महासंघ’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । नगरपालिकाको कार्यालय, हात्तिगौडामा सोमबार आयोजित कार्यक्रममा स्थानीय सरकारले सूचना र सञ्चार सम्बन्धी गरिरहेका अभ्यास, गर्नसक्ने विषयहरुको समिक्षा तथा संविधान र कानुनले दिएको अधिकार र त्यसको कार्यान्वयनका विविध विषयमा छलफल भएको हो। कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले पत्रकारहरु आचारसंहिता अनुसार चल्नुपर्नेमा जोड दिए । उनले विगतको तुलनामा अहिले विकास निर्माणसहित विभिन्न क्षेत्रमा धेरै सुधार भएको जनाउँदै मिडियाले कलम चलाउँदा हिजोको परिवर्तन र अहिलेको परिवर्तनको तुलना गरेर समाजमा सकरात्मक सूचना ...