समाचार

उच्च अंकले घट्यो नेप्से

उच्च अंकले घट्यो नेप्से

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । लगातार घटिरहेको शेयर बजार (नेप्से) आज पनि उच्च अंकका साथ घटेको छ । मंगलबार शेयर १८.७६ अंकले घटेको हो । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैंकिङ एक दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त एक दशमलव शुन्य चार, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२...
घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

घर-घरमा तुलसीको बीउ राखेर आज निर्जला एकादशी मनाइयो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। आज निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखेर निर्जला एकादशी मनाइएको छ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी  भनिन्छ । यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइ बढाइ दामोदरसँग विवाह गरिदिने प्रचलन छ ।यो चार महिनालाई चर्तुमास भनिन्छ ।भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह,व्रतबन्ध आदि गर्न नहुने शास्त्रीय मान्यता रहिआएको छ ।  ...
पशुपति क्षेत्रका स्थानीय आन्दोलित

पशुपति क्षेत्रका स्थानीय आन्दोलित

ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी घर टहरा खालि गर्न भनेपछि पशुपति क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन् । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरूलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कोषले बस्ती स्थानान्तरण गर्ने भनेपनि जग्गा उपलब्ध नगराएको उनीहरुको जिकिर छ । स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको बताए । अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरू कहीँ नजाने बताए । तीलगंगा -बि १३_ मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड -बि ३_ क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भन...
श्रीमती हत्या आरोपमा श्रीमान  पक्राउ 

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ 

ताजा अपडेट, बिशेष, समाचार
रौतहट । श्रीमतीको हत्या आरोपमा आरोपमा श्रीमान पक्राउ परेको छ । श्रीमतीको हत्या आरोपमा प्रहरीले रौतहटको राजपुर नगरपालिका–५ का मसुद आलमलाई पक्राउ गरेको छ । उनकी पत्नी ३७ वर्षकी नजाबुन नेसाको ३२ जेठमा हत्या भएको थियो । ‘अनुसन्धानका क्रममा मृतक महिलालाई उनकै श्रीमान मसुद आलमले घाटी थिची मारेको हो भन्ने खुलेको छ’, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले भने, ‘मसुदले श्रीमतीको घाटी थिचेको उनकै छोरीले समेत पुष्टी गरेकी छिन् ।’ प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका मसुदले श्रीमतीको हत्या गरेको स्वीकार गरेको उपरीक्षक घिमिरेले बताए ।  ...
जापानमा फेला पर्याे मानिसको मासु खाने ब्याक्टेरिया

जापानमा फेला पर्याे मानिसको मासु खाने ब्याक्टेरिया

अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य
एजेन्सी । जापानमा मानिसको मासु खाने ब्याक्ट्रिया फेला परेको छ । नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परेका छन्। जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो, जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ। मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो। उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ। यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ। नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार ग्रुप ए स्ट्रेप्टोकोकस (जीएसएस) ले सामान्यतया बालबालिकाको घाँटीमा सङ्क्रमण गर्ने र घाँटी खसखस गराउने समस्या उत्पन्न गराउँछ। जसलाई स्ट्रेप थ्रोटको रुपमा बुझिन्छ। ...

निर्देशक समाजले  ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्ने

मनोरन्जन, समाचार
काठमाडौं । चलचित्र निर्देशक समाजले ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४’ आयोजना गर्ने भएको छ । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजनामा कोशी प्रदेश विराटनगरमा असार १८ र १९ (जुलाई २ र ३)मा फेस्टिभल हुन लागेको हो । फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका चलचित्र, छोटा चलचित्र र वृत्तचित्रले सहभागिता जनाउन सक्नेछन् । हिमाल, पर्यटन र कला संस्कृतिसँग नजिक रहेका फिल्म फेस्टिभलको विशेष प्राथमिकतामा पर्नेछ । फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गते (जुन २५) भित्र आवेदन दिन सक्नेछन् । विभिन्न राष्ट्रिय स्तरका कलाकर्मीको सहभागिता रहने फेस्टिभलमा चलचित्र प्रदर्शन, चलचित्रको संवाद लगायतका विभिन्न कार्यक्रम समेत आयोजना हुने निर्देशक समाजका अध्यक्ष जनदीप पराजुलीले जानकारी दिए । फेस्टिभलको तयारी समेत सुरु भइसकेको उनले बताए ।...

गृहमन्त्रीको निलम्बनको माग राख्दै दायर गरिएको मुद्दा हेर्न नमिल्नेमा

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सर्वाेच्च अदालतमा गृहमन्त्री रवि लामिछाने विरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएपनि हेर्न नमिल्नेमा परेको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेशी तोकिएको थियो । गृहमन्त्रीका तर्फबाट बहस गर्न लागेका रमेश बडाल र मनोज कुमार शर्मा विगतमा एउटै ल फर्ममा रहेकाले शर्माले मुद्दा हेर्न नमिल्ने भएको थियो । यससँगै मुद्दा सुनुवाइ नै नभई स्थगित भएको छ । रिटमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो ।...

सुरु भयो मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सार्ने प्रक्रिया सुरु भएको छ । आयोजनाले हेडबक्स सार्ने प्रक्रियाको पहिलो चरणका रुपमा परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको हो । गत जेठ २४ गतेको मन्त्री परिषद् बैठकले आयोजनाको हेडबक्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । सो निर्णयसँगै आयोजनाले असार मसान्तभित्र विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटका लागि इओआई निकाल्ने गरी तयारी अघि बढाएको आयोजनाले जनाएको छ । २०७८ साल असार १ गते आएको बाढी पहिरोले हेडबक्सको ९० प्रतिशत भूभाग गेग्रानले पुरेको थियो । त्यसलगत्तै हेडबक्स वरपरको गेग्र्यान सफा गरिसकेपछि फेरि २०८० साउन २७ गते आएको बाढीले गेग्र्यान थुपारेको थियो । अहिलेको हेडबक्सको क्षेत्र नजिकै सधैँ पहिरो बगिरहने ठूलो पहाड रहेको छ ।...
मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने

ताजा अपडेट, बिशेष, समाचार
जमुना धमला काठमाडौं । मनसुन भित्रिएको एक साता हुँदा पनि अझै मनसुन देशको पूर्वी भू–भागमा सीमित रहेको छ । मनसुन औसत समयभन्दा तीन दिन छिटो अर्थात जुन १० मा नेपाल  भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् विनु महर्जनका अनुसार यस वर्ष मनसुन नेपाल प्रवेश गर्दा नै कमजोर भएर प्रवेश गरेको थियो । त्यसैले देशभर फैलिन केही ढिलो भएको हो । ‘अहिले को अवस्थालाई हेर्दा मनसुन कहिले देशभर फैलिन्छ भन्न सक्दनैँ । तर क्रमिक रुपमा विकसित हुने क्रममा छ’, उनले भनिन् । पश्चिमी भू–भागमा पश्चिमी वायु नै बलियो अवस्थामा रहेकाले पूर्वी भू–भागमा नै धेरै दिन मनसुन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अघिल्लो वर्षको मनसुन पनि देशभर फैलिन करिब तीन हप्ता लागेको  थियो । विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहे...

सूर्यविनायक–धुलिखेल सडकको विस्तार २५ प्रतिशत मात्र

अर्थतन्त्र, बिशेष, समाचार
काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तारको काम २५ प्रतिशत मात्र पुरा भएको छ । डेढ वर्ष अघिदेखि सुरु भएको सडक विस्तारको समयावधि ३६ महिना मात्र भएपनि निर्माण कम्पनीले निकै सुस्त गतिमा बनाइरहेका कारण निर्माण कार्य सुस्त बनेको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा निर्माणको काम भइरहेको छ । तीन वर्षभित्र पुरा गर्ने लक्ष्यसहित विसं २०७९ पुस २४ गते निर्माण कम्पनीले काम सुरु गरेको थियो । सूर्यविनायकबाट धुलिखेलसम्मको सडक १६ किलोमिटर छ । सडक विस्तारका लागि सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सूर्यविनायक–धुलिखेल, सि...