समाचार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।  सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए । उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताए । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।...
श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर आन्दोलनमा

ताजा अपडेट, समाचार
काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग रोकेर आज देखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण समेत ठप्प बनेको छ । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

संवैधानिक परिषद्को आज बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार परिषद्को बैठक आज साँझ ६ बजे बस्ने तय भएको छ । निर्वाचन आयोगमा एक आयुक्तको पद रिक्त रहेकाले सो विषय लगायतमा छलफल गर्न परिषद्को बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्‌मा सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलको नेता, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहन्छन् ।...

१७ अंकले घट्यो नेप्से परिसूचक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७।०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार आइतबाट नेप्से घटेर दुई हजार ९५.२५ विन्दुमा आइपुगेको छ। आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता सेयर ७१ हजार नौ सय ९७ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। होटेल तथा पर्यटन समूहको उपसूचक ०.०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लघुवित्त समूह १.७१ र अन्य विकास बैंक समूह १.२० प्रतिशतले घटेको छ। नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।...

सानातिना योजना लगेर चुनाव जितिन्छ भन्ने मानसिकता त्याग्नुपर्छ : सांसद भट्टराई

राजनीति, समाचार
काठमाडौं । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सानातिना योजना लगेर चुनाव जितिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा उनले विगतमा सबैभन्दा बढी बजेट लाने नेताले नै चुनाव हारेको इतिहार रहेको जिकिर गरे । उनले भने, ‘चुनाव जित्ने धेरै आधारहरु होलान् । तर बजेट हो भन्ने मलाई लाग्दैन ।’ विगतदेखि नै बजेट बनाउँदा व्यवसायिक घरानाले फाइदा लिए कि भन्ने आशंका आफूहरुले गर्दै आएको उनले बताए । यस वर्षको बजेट बनाउँदा अर्थमन्त्रीले यो कुरामा ध्यान दिएको आफूले महसुस गरेको उनको भनाइ छ । भन्सारमा १० प्रतिशत अग्रिम कर उठाउने प्रावधानले राज्यलाई फाइदा भए पनि उपभोक्ताहरु मारमा पर्ने भन्दै अर्थमन्त्री वर्षमान पुनलाई उनले ध्यानाकर्षण गराए । ‘सामान बिके पनि नबिके पनि व्यापारीहरुले सामानहरुको मूल्य वृद्धि गरिरहेका हुन्छन्, यसको प्रत्येक्ष असर उपभोक्ताहरुमा परेको देखिन्छ । ...
भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

समाचार, स्थानीय
सुर्खेत । शनिबार दिउँसो पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसीको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको जानकारी दिए ।...

८९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

ताजा अपडेट, समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९ ग्रामको सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । अवैध रूपमा लुकाएर लैजान लागेको सुनसहित ४३ वर्षीय भारतीय नागरिक नितिन महेश्‍वरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार साँझ थाई लायन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।...
कृषि विकास सहकारीको रकम अपचलनको आरोपमा चार जना पक्राउ

कृषि विकास सहकारीको रकम अपचलनको आरोपमा चार जना पक्राउ

बिशेष, समाचार
काठमाडौं । कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको ९४ करोडभन्दा बढी बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। प्रहरीले संस्थाका अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा थापा सहित ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय सञ्जय सापकोटा छन् । उनीहरु विरुद्ध ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्। उक्त सहकारीमा दुई अर्ब ८० कर...

ताप्लेजुङमा बाढी पहिरोः दर्जनौं परिवार विस्थापित

ताजा अपडेट, समाचार, स्थानीय
ताप्लेजुङ । जिल्लामा बाढी तथा पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् । निरन्तर वर्षापछि बुधबार यता गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए । प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको बताइएको छ । यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थाप...
प्राधिकरणद्वारा सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

प्राधिकरणद्वारा सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायकहरुको अनुमति पत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले इन्टरनेट (इमेल सहितको) सेवा सञ्चालन गर्न समयमै अनुमति पत्र नवीकरण नगर्ने सात कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो । प्राधिकरणले मोरङको बशिष्ठ केबल प्रालि, मारेङकै इन्फो नेट टेक्नोलोजी प्रालि, जुम्लाको सिम्पल इन्टरनेट सिष्टम एण्ड टेक्नोलोजी प्रालि, झापाको एसिया नेट कम्युनिकेशन प्रालि, गुल्मीको फास्ट स्पिड लिङ्क नेटवर्क प्रालि, धनुषाको यस नेट नेपाल प्रालि र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालिको अनुमति पत्र रद्द गरेको हो । अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले सेवा प्रदायकहरूको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा ९५० बमोजिम स्वतः रद्द भएको प्राधिकरणल...