समाचार

आईसीसी टी–२० विश्वकपः बंगलादेशसँग भिड्दै नेपाल

आईसीसी टी–२० विश्वकपः बंगलादेशसँग भिड्दै नेपाल

खेलकुद, बिशेष, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा आज नेपाल बंगलादेशसँग भिड्दै छ । नेपालले पुरानो प्रतिद्वन्द्वी बंगलादेशसँग भिडन्त गर्न लागेको हो । नेपाल यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । यो खेल नेपालभन्दा पनि बंगलादेशका लागि महत्त्वपूर्ण छ । हालसम्म विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने सातवटा टोलीको टुङ्गो लागिसकेको छ । बाँकी एक टोलीको टुङ्गो लाग्न बाँकी छ । विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने अन्तिम टोली बन्न बंगलादेश र नेदरल्यान्ड्स दौडमा छन् । सोमबार नै नेदरल्यान्ड्स र श्रीलंकाबिच अर्को खेल हुँदैछ । नेपाल र बंगलादेशबिचको खेल बिहान ०५ः१५ बजे सुरु हुनेछ । खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ ।...
गर्मीमा दैनिक दही खानुका फाइदा

गर्मीमा दैनिक दही खानुका फाइदा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
काठमाडौं । दही मानिसको लागि फाइदाजनक खाने कुरा मानिन्छ । अझ गर्मीमा दैनिक दही खानु निकै फाइदाजनक मानिन्छ । गर्मीमा दही खानु र मही पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तर यस कुरामा ध्यान राख्नुपर्छ कि दही दिउँसो मात्र खानुपर्छ, राति होइन, किनकि दिउँसो दही खानु स्वास्थ्यको लागि बढी फाइदाजनक मानिन्छ । दहीले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्न धेरै प्रभावकारी छ । त्यसैले दैनिक खाना पछि कम्तिमा दुई चम्चा दही खानु स्वाथ्यको लागि फाइदा हुन्छ । दहीमा पाचनयोग्य प्रोटिन र लाभकारी ब्याक्टेरिया पाइन्छन्, जसले भोक मेढाउन मदत गर्छ । दहीको नियमित सेवनले आन्द्रा र पेटको रोग लाग्दैन र धेरै प्रकारका भिटामिन बन्न थाल्छन् । दहीमा हुने ब्याक्टेरियाले ल्याक्टोज ब्याक्टेरिया उत्पादन गर्छ ।हरेक बिहान दही–चिनी खाँदा हाम्रो शरीरलाई तुरुन्तै ग्लुकोज प्राप्त हुन्छ । दही–चिनीबाट प्राप्त हुने ग्लु...
मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
जमुना धमला काठमाडौँ । मनसुन सक्रिय हुन् अझै केही दिन लाग्ने भएको छ ।यस वर्षको मनसुन प्रणाली तीन दिन छिटो गरी गत सोमबारदेखि कोशी प्रदेशबाट नेपाल भित्रिए पनि देशभर फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागका मौसमविद् विनु महर्जन बताइन् । ‘अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकाले मनसुन प्रणाली सक्रिय हुन् सकेको छैन्,’ मौसमविद महर्जन भनिन् । उनका अनुसार मनसुनी वायु बलियो भएर पश्चिमी वायुलाई धकेलेपछि मात्रै मनसुनी गतिविधि बढ्छ । अहिले त्यो अवस्था नरहेको उनले बताइन् । हाल देशका स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । सोही कारण मनसुन देशभर फैलिन अझै केही दिन महर्जनले बताइन् । विभागले यस वर्ष मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्म रहेको जना...
जी–७ नेताहरूको आगामी शिखर सम्मेलन क्यानाडामा हुने

जी–७ नेताहरूको आगामी शिखर सम्मेलन क्यानाडामा हुने

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले सन् २०२५ मा हुने जी–७ नेताहरुको अर्काे शिखर सम्मेलन क्यानाडामा आयोजना गर्ने घोषणा गरेका छन् । उनले जी–७ नेताहरूको अर्को शिखर सम्मेलन कानानस्किस अल्बर्टामा आयोजना गर्ने घोषणा गरेका हुन् । क्यानाडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । रकी माउन्टेनहरूमा मनोरञ्जन र पर्यटनको लागि प्रख्यात कानानास्किस क्यालगरीबाट ७५ किलोमिटर पश्चिममा छ । यसले सन् २००२ मा, जी–७ को २८ औँ शिखर सम्मेलनको आयोजनासमेत गरेको थियो । उक्त शिखर सम्मेलनको अन्तिम विज्ञप्तिमा मा रूस समूहको वास्तविक पूर्ण सदस्य बन्ने घोषणा गरिएको थियो ।...
ह्वात्तै बढ्यो सुनको मूल्य

ह्वात्तै बढ्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सयले बढेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८ सयमा कारोबार भएकोमा आइतबार बढेर एक हजार ८२० मा कारोबार भइरहेको छ ।...
सहकारी छानबीन समितिको विशेष बैठक १ बजे बस्दै

सहकारी छानबीन समितिको विशेष बैठक १ बजे बस्दै

ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सहकारीको बचत रकम हिनामिना र अपचलनका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सहकारी ठगी सम्बन्धि कार्यविधि पास गर्न बैठक बस्न लागिएको समितिका सदस्य बद्री पाण्डेले जानकारी दिए । त्यसअघि कार्यदलका सदस्यहरूसँग समेत छलफल गर्ने तयारी भएको पाण्डेले बताए । समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने तयारी गरेको छ । समितिको सभापतिमा सत्ता साझेदार नेकपा एमालेका सांसद सूर्य थापा रहेका छन् । सदस्यहरूमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने र बद्री पाण्डे, एमालेकी सरिता भुसाल, नेकपा माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान रहेका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नै संलग्न भएको भन्दै नेपाली कांग्र...
पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु

पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु

समाचार, स्थानीय
नुवाकोट । पौडी खेल्ने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ डुबेर मृत्यु भएको हो । तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बद्रीनाथ पौडेल निर्वाचित

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल (अर्चना) काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा बद्रीनाथ पौडेल निर्वाचित भएका छन्। एमाले लम्जुङ–काठमाडौं सम्पर्क मञ्चको १२ औं सम्मेलनको शनिबार पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको बन्दसत्रले गरेको निर्वाचनबाट आफ्ना प्रतिष्पर्धी जीवनबाबु तिवारीलाई पछि पार्दै उनि विजयी भएका हुन्। निर्वाचित पौडेलले जम्मा खसेको १ सय ७६ मतमध्ये १ सय २० मत प्राप्त गरेर विजयी भएका हुन्।भने,उनका प्रतिष्पर्धी तिवारीले जम्मा ५६ मत प्राप्त गरेका थिए ।विजेता पौडेल मध्यनेपाल नगरपालिका,१ जिताका स्थायी बासिन्दा हुन् । मञ्चको नयाँ नेतृत्व चयनका लागि एक हप्ता अगावै भएको सो सम्मेलनको बन्द सत्रबाट अध्यक्ष बाहेकका सबै पदका उम्मेदवारहरु भने निरविरोध निर्वाचित भइसकेका थिए।लामो समयसम्म सर्वसम्मतीको प्रयास गर्दा सहमती जुट्न नसकेपछि अध्यक्ष पदमा मात्र निर्वाचन...
केमिकल हालेर पकाइएको आँप कसरी चिन्ने

केमिकल हालेर पकाइएको आँप कसरी चिन्ने

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
काठमाडौँ । अब आँपको सिजन आएको छ । सिजन अगावै र पछिसम्म पनि बजारमा रसायनको प्रयोग भएका आँपहरू पाइन्छ । यस्ता आँपले स्वास्थ्यमा हानी पुर्‍याउने विज्ञहरू बताउँछन् । रसायनयुक्त आँप खाँदा फुड पोइजनिङ, पेट दुख्ने, झाडापखाला लाग्ने लामो समयपछि क्यान्सरसम्म हुने विभिन्न अध्ययनले औँल्याएको छ । यस्तो अवस्थामा रसायनमुक्त आँप पहिचान गर्नुपर्ने जानकारहरूले सुझाएका छन् । रसायन युक्त आँपले स्वास्थ्यमा एकैपटक असर नदेखिए पनि ‘स्लो पोइजन’ को रूपमा काम गर्ने विज्ञ भनाई छ । लामो समयसम्म ‘क्याल्सियम कार्बाइड’ खानाले क्यान्सर समेत गराउने छ । आँप आफैमा भने पोषणको दृष्टिकोणले भरिपूर्ण हुन्छ । आँपमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, फोलेट, भिटामिन बी ६ का साथै कपर, म्याग्नेसियम जस्ता खनिज पाइन्छन् । श्रेष्ठका अनुसार प्राकृतिक रूपले पाकेको आँपको तुलनामा विषदी राखेर पकाएको आँपमा भिटामिन ए, भिटामिन सी र अन्य पो...

मनकामना केबलकार असार ३१ गतेदेखि बन्द हुने

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको स्तरोन्नतिका लागि असार अन्तिम सातादेखि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले एक सुचना जारी गर्दै बताएको छ । प्रालिका अनुसार असार ३१ गतेदेखि केबलकार सेवा बन्द हुनेछ । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको बताइएको छ ।...