समाचार

६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

समाचार, स्थानीय
काठमाडौं । ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । चिनियाँबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जेफ बेजोस बने संसारकै धनी व्यक्ति

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, समाचार
एजेन्सी । अमेजन अनलाइन सपिङ्ग सेन्टरका सिईओ जेफ बेजोस संसारकै धनी व्यक्ति बनेका छन् । ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार जेफ बेजोस एलन मस्कलाई पछार्दै विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा उक्लेका हुन् । सिईओ जेफ बेजोसको कुल सम्पत्ति २०६ अर्ब डलर रहेको छ। ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्तिमा ३.१९ अर्ब डलरको कमी आएको छ। उनी दोस्रो स्थानमा झरेका छन्। उनको कुल सम्पत्ति २०३ अर्ब डलर रहेको छ। यस्तै एसियाका सबैभन्दा धनी व्यक्तिको सूचीमा भारतका मुकेश अम्बानी पहिलो स्थानमा रहेका छन्। उनको कुल सम्पत्ति ११३ अर्ब डरल रहेको छ। उनी विश्वको १३ औँ सबैभन्दा धेरै धनी व्यक्ति रहेका छन्।...
गर्मीसँगै नयाँ दिल्लीमा पानीको हाहाकार

गर्मीसँगै नयाँ दिल्लीमा पानीको हाहाकार

अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी । गर्मी बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा पानीको हाहाकार हुन थालेको छ । दिल्लीमा प्रतिदिन करिब १३ सय मिलियन ग्यालिन पानी आवश्यक रहेपनि दिल्ली जल बोर्डले एक हजार मिलियन ग्यालिन पानी मात्र उत्पादन गरेपछि पानीको हाहाकार हुन थालेको हो । दिल्लीबासी गर्मी र जल संकटको दोहोरो मारमा परेको बीबीसीले जनाएको छ । सुप्रिम कोर्टले हिमान्चल प्रदेश सरकारको राष्ट्रिय राजधानीको लागि १३७ क्युसेक अतिरिक्त पानी थप गर्न आदेश दिएको छ । हरियाणालाई यसको प्रवाह सुविधाजनक बनाउन आग्रह गरेको छ । दिल्लीका जलमन्त्री आतिशीले शुक्रबार दिल्लीमा पानीको उत्पादन लगातार कम भएको र यसो हुनुमा यमुना नदीमा कम पानी रहेको जनाएकी थिइन् । तथ्यांक सार्वजनिक गर्दै मन्त्री आतिशीले जुन ६ मा एक हजार दुई मिलियन ग्यालिन प्रतिदिन (एमजीडी) उत्पादन रहेकोमा घटेर ९९३ मिलियन ग्यालिन प्रतिदिन पुगेको छ । जुन ९ मा ९९० मिलियन ग्यालिन...
यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

यी हुन् विश्वकप २०२४ को सुपर–८ मा पुग्ने टोलीहरु

खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौं । यु–२० विश्वकप क्रिकेटको आजको अन्तिम खेल सकिएसँगै सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ । सुपर ८ को ग्रुप(१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप(२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुनेछ । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।...
पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बिचमा पहिरो जाँदा आज बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिइन् । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।...
प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो –२०२४ सम्पन्न

अर्थतन्त्र, कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
सीता पौडेल(अर्चना)  काठमाडौं ।आगामी वर्ष (मे ३०–३१ तारिख २०२५) मा दोस्रो संस्करण आयोजना गर्ने घोषणासहित काठमाडौंमा जारी प्रथम नेपाल इन्टरनेसनल टुरिजम एक्स्पो (नाइट–२०२४) सम्पन्न भएको छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना,नेपाल पर्यटन बोर्डको प्रवद्र्धन,काठमाण्डौं महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा सो दुई दिने एक्सपो सञ्चालन भएको थियो।  संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शुक्रवार उद्घाटन गरेको नाइट–२०२४को  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शनिवार समापन गरेकी थिइन् । कार्यक्रममा  उपमेयर डङ्गोल र नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले  नेपालको पर्यटन प्रवद्र्धनका लागि यस्ता कार्यक्रमको निरन्तरता आवश्य...
टी–२० विश्वकपः अन्तिम खेलमा पनि नेपाल पराजित

टी–२० विश्वकपः अन्तिम खेलमा पनि नेपाल पराजित

खेलकुद, बिशेष, समाचार
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको बंगलादेशसँगको खेलमा नेपाल २१ रनले पराजित भएको हो । एक सय ७ रनको लक्ष्य पछ्याएको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । नेपालको इनिङ्स ध्वस्त बनाउन तान्जिम हसन साकिबले ४ विकेट लिए । ४ ओभरमा २ मेडेन राख्दै उनले ७ रन मात्र खर्चिए । उनी प्लेयर अफ द म्याच चुनिए । त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । साकिब अल हसनले २ विकेट लिए । नेपालका लागि कुशल मल्लले ४० बलमा सर्वाधिक २७ रन जोडे । १७ औँ ओभरमा आउट हुनअघि उनले १ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन को योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए । ओपनर आसिफ शेखले १४ बलमा १७ रन बनाए । उनले चार चौका प्रहार गरे । किङ्सटाउनस्थित आर्नोस भेल स्टे...

आज बकर इद मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरु (मौलाना( रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । जसले यो पर्व एवं धर्मलाई पुस्...
आजको विदेशी विनिमयदर

आजको विदेशी विनिमयदर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४१ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.९९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.६५ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३९ रुपैयाँ रहेको छ । ...
आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आजको मौसम : मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू(भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...