समाचार

एकैदिन १२ सयले घट्यो सुनको मूल्य

एकैदिन १२ सयले घट्यो सुनको मूल्य

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।...
सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

सहकारी ठगी छानवीन समितिः कार्यादेशबारे कार्यदलमा सहमति

राजनीति, समाचार
काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ । मंगलबार बिहान सिंहरदबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा टीओआरबारे सहमति जुटेको हो। कार्यदलबीच सहमतिपछि सोको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ । बैठकअघि रास्वपाका सचेतक सन्तोष परियारले सभापति रवि लामिछानेको विषय समेट्न आफूहरूलाई कुनै आपत्ति नभएको प्रतिक्रिया दिएका थिए । गृहमन्त्री समेत रहेका लामिछानेले पनि आफ्नो विषय समेट्न आफूलाई कुनै फरक नपर्ने भनेर भनेको उनको भनाइ थियो ।...
जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु

जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
जीतपुर।‘नागरिक आरोग्य सेवा केन्द्र’ले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको छ। सोमबारदेखि मधेस प्रदेश सरकार प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जीतपुर सिमरामा निःशुल्क आयुर्वेद उपचार सेवा सुरु गरेको हो।प्रदेश सरकारको कार्यक्रममा समावेश गरिएको सो सेवा अन्तर्गत आयुर्वेद चिकित्सक डा.पुनिता केशरीले खानपान,आहारविहार तथा अध्यात्मबोध सम्बन्धी जानकारी गराउनुे सो सेवमा मधुमेह, थाईराईड, उच्च रक्तचाप, श्वासप्रश्वास सम्बन्धी ररोगहरूको न्यूनीकरण गर्न निःशुल्क स्वास्थ्य सल्लाह तथा उपचार सेवा दिइने बताइन। उनले भनिन ‘यो मधेस प्रदेश सरकारको कार्यक्रम हो, हामीले बाराका प्रत्येक पालिकामा एउटा शाखा खोल्ने र सबै सेवा निःशुल्क दिने लक्ष्य लिएर अहिलेसम्म ५ वटा पालिकामा काम गरिरहेका छौ’।स्तनपान गराउने आमाहरूको लागि पनि दूधवर्धक औषधीहरू निःशुल्क वितरण गर्ने बताइएको छ। उद्घाटन...

टिपर र माइक्रोबस एक आपसमा ठोक्किएः १३ जना घाइते, दुईको अवस्था गम्भीर

समाचार, स्थानीय
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केहीबेर अवरुद्ध भएको राजमार्ग खुलेको छ ।...
यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधि सभाको कार्यसूची

ब्यानर-१, राजनीति, समाचार
काठमाडौँ ।प्रतिनिधि सभाको बैठक मंगलबार पनि बस्दैछ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत लिएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठकको आह्वान गरिएको संसद सचिवालयले जनाएको छ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची तय गरिएको छ।यस्तै,सभामुखले प्रतिनिधिसभा नियमावली,२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने र सभामुखले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यसैगरी,उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्।...

रारा तालः दश महिनामा पुगे दश हजार भन्दा बढी पर्यटक

अर्थतन्त्र, पर्यटन, समाचार
मुगु । चालु आर्थिक वर्षको दश महिनामा दश हजार भन्दा बढी पर्यटक रारा ताल पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार तीन सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र एक सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार पाँच सय ७९ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालले बताए । उनका अनुसार दसैँ(तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा तीन हजार चार सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा एक सय २६ जना रारा आएका थिए । चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुङ्गा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले रु तीस लाख ६३ हजार सात सय ९१ राजस्व सङ्कलन गरेको छ । राजश्व मध्ये रु २५ लाख ३० हजार पर्यटकबाट र बाँकी रु पाँच लाख ३३ हजार सात सय ८१ दण्ड, जर...

दुई दिनका लागि बन्द हुँदै धुलिखेल–खावा सडक

समाचार, स्थानीय
काभ्रे । अरनिको राजमार्गअन्तर्गत खावा–धुलिखेल सडक दुुई दिनका लागि बन्द हुने भएको छ । मंगलबार र बुधबार (आज र भोलि) दिउँसो ११ बजेदेखि ३ बजेसम्म चार घन्टाका लागि पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । ‘जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकमा बसेको सम्पूर्ण सरोकारवालासँगको बैठकको निर्णयानुसार सडक डिभिजन भक्तपुरअन्तर्गत निर्माणाधीन अरनिको राजमार्ग (धुलिखेल–खावा ४ किमि सडक खण्ड) मा निर्माण कार्य गर्न जेठ ८ र ९ गते सबै किसिमका यातायात (दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधन बाहेक) सञ्चालन पूर्ण रूपमा बन्द रहने निर्णय गरेको हो । सो अवधिमा वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । काठमाडौं बनेपा हुँदै पाँचखालतर्फ जाने साना सवारीसाधनहरू होराइजन होटल–आगन्तुक होटल (गोसाइस्थान मार्ग)– रविओपी हुँदै पाँचखाल पुग्न सक्नेछन्। ...

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
जनकपुर।भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको । भारतमा जारी लोकसभा निर्वाचनको समयमा सो सेवा बन्द भएको थियो।महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।  लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुनेबारे सार्वजनिक सूचना प्रकाशन गरेको थियो । रेल्वे सेवा अबदेखि नियमित सञ्चालनमा आउने पनि जनाइएको छ ।  ...

चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवती बेच्ने महिला पक्राउ

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं ।नक्कली विवाह गराइ चीन पु¥एर मानव बेचविखन गरेको आरोपमा एक महिला पक्राउ परेकि छन्। नेपाल प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले नेपाली महिलालाई नक्कली विवाह गराई चीन लगेर बेचविखन गरेको आरोपमा ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो । परिवर्तित नाम २६ बबरमहल (१८८) लाई चिनियाँ नागरिकसँग विवाह गरेमा ग्रिनकार्ड बनाउन मिल्छ, ग्रिनकार्ड पश्चात नेपाल आउन जान मिल्छ,भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा विवाह समेत गराईदिई बेचबिखन गरेको खुलेपछि उनी पक्राउ परेकी हुन्। पीडितको जाहेरीको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले ठमेल एरियाबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ। घले नुवाकोट किस्पाङ्ग गाउँपालिका वडा नं १ स्थायी ठेगाना भई हाल चीनको हेलिइङजियाङ प्रदेशको ह...
थलीमा करिब ५५ वर्षका पुरुष मृत फेला

थलीमा करिब ५५ वर्षका पुरुष मृत फेला

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौँ । काठमाडौँको थलीमा करिब ५५ वर्षका एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । थलीबाट साँखुतर्फ जाने उकालोमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । घटनास्थलमा भक्तपुरको छालिङ्ग ठेगाना भएका कृष्ण नगरकोटीको लाइसेन्स फेला परेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।...