समाचार

तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

तरकारी–फलफूलमा थपिएका ३३ ‘जोन’ र ५ ‘सुपर जोन’

अर्थतन्त्र, कृषि, बिशेष, समाचार
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बढी क्षेत्रफल ओगटेर ठूलो परिमाणमा तरकारी तथा फलफूल उत्पादन हुने क्षेत्रलाई ‘जोन’ र ‘सुपर जोन’ तोक्ने गरेको छ । पछिल्लो पटक सरकारले तरकारी तथा फलफूलका पाँच जोनलाई सुपर जोनमा लैजाने र ३३ नयाँ जोन बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको निर्देशक समितिले २२ चैत २०८० मा तरकारी तथा फलफूलका ५ जोनलाई सुपर जोन र ३३ क्षेत्रलाई नयाँ जोन बनाउने निर्णय गरेको थियो । त्यसअघि २६ पुस २०७३ मा २१ वटा सुपर जोन बनाउने निर्णय भएको थियो । राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधार भएको र तोकिएको बालीरवस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्रका रूपमा सुपर जोन रहने भनेर २०७३ सालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरु गरेको एक कार्यक्रम हो । पर...
अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

ताजा अपडेट, समाचार
काठमाडौं ।अन्नपूर्ण पोस्ट् दैनिक २३ वर्षमा प्रवेश गरेको छ।काठमाडौंको गैरी गाउँस्थित मुख्यालयमा एक समारोहको आयोजना गरेर पोष्टले २३ औं वार्षिकोत्सव मनाएको हो ।  पत्रिकाले वार्षिकोत्सवका अवसरमा काठमाडौं गैरी गाउँस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबैको साथ र सहयोगलाई धन्यवाद दिँदै स्वतन्त्र र स्वच्छ पत्रकारिताका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनिन सफल भएकोमा गौरवान्वित महसुस गरेको बताए ।‘धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा कलम चलाएका छौं। छुट्टै पहिचान बनाउन सफल भएका छौं। साँच्चै नै गर्वको विषय हो यो,’ अध्यक्ष थापाले भने। नेटवर्कअन्तर्गत आमसञ्चारका सम्पूर्ण माध्यम– अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम अनलाइन, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्ण सशक्त सञ्चार माध्यम सञ्चालन भएको अध्यक्ष थाप...
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

ताजा अपडेट, समाचार
काठमाडौं।आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ।सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छन् ।उनले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वास लिएको बताइन्।  ...
भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

भाजपाको जारी लोकसभा निर्वाचन अवलोकन गर्न नेपालको पाँच दललाई निम्तो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।भारतीय जनता पार्टी (भाजपा)ले जारी लोकसभा निर्वाचनको अवलोकनका लागि नेपालका पाँच राजनीतिक दललाई निम्तो दिएको छ।भाजपाले नेपालसहितका विभिन्न १० देशका अन्य १८ राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि निम्तो पठाएको छ। भाजपाका विदेश विभाग इन्चार्ज डा.विजय चौथाइवाद्धारा बुधबार जारी विज्ञप्तिमा नेपालका प्रमुख दल नेपाली काँग्रेस,सत्तारुढ दल नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई आमन्त्रण गरेको पाँच दललाई समेत निम्ता गरिएको उल्लेख छ। भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरूलाई दिल्लीमा स्वागत बोलाइएको हो।त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूले भेटवार्ता गर्ने विज्ञप्तीमा उल्लेख छ। साथै, भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी वैष्णवसँग ...
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरुको भनाई छ।...
बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्छ : श्रम मन्त्री अर्याल

रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्छ : श्रम मन्त्री अर्याल

ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि साना व्यवसायमा जोड दिनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । ‘आन्तरिक रोजगारी सिर्जना गर्न र दिगो विकासका लागि साना व्यवसायमा जोड दिन आवश्यक छ,’ उनले भने, ‘यसले आत्मनिर्भर र उद्यमशील नेपाली बनाउन ठूलो सहयोग गर्छ ।’ सरकार सीपमूलक व्यवसाय र तालिमको प्रबन्ध गर्न लागेको भन्दै मन्त्री अर्यालले सुरक्षित वैदेशिक रोजगारीका लागि पनि काम गरिरहेको समेत जानकारी दिए ।...
पशुपतिमा विद्युतीय शवदाह साउन १ देखि निःशुल्क गरिदै

पशुपतिमा विद्युतीय शवदाह साउन १ देखि निःशुल्क गरिदै

ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौं।पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्यतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेको  डा।थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने बताएका छन्।उनले भने ‘धार्मिक एवं सांस्कतिक अध्ययन अनुसन्धानका लागि अन्तराष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय गरिएको हो ।सेतो सत्तल गुह्वेश्वरीमा पुस्तकालय निर्माण गरिनेछ।दुवै निर्णय औपचारिक रुपमा कोष सञ्चालक परिषद्को बैठकमा प्रस्ताव गरी कार्यान्वयन गर्ने तयारी छ,’। अहिले विद्युतीय शवदाहका लागि ४ हजार ५०० शुल्क लाग्छ ।पशुपति मन्दिरको गर्भगृहमा जलहरी राख्ने सन्दर्भमा परेको मुद्दामा सदस्य सचिव डा।थापासहित त...
२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथा आरोहण गर्नै भएका छन् । विश्व कीर्तिमान बनाएका शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने छन् ।सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । एकसाताअघि काठमाडौँबाट लुक्ला,नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने,‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ।यति,उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले सेभेन समिट ट्रेक्स प्रालिमार्फत आरोहणका लागि शिखरतर्फ जाने तयारीमा गरेको बताएका छन् ।खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन्। सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्...
कुसङ्गतिको फल

कुसङ्गतिको फल

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।रोमका एक चित्रकार यस्तो व्यक्तिको चित्र बनाउन चाहन्थे,जसको अनुहार,सोझोपन,सरलता र दीनताको भाव स्पष्ट रुपले देखियोस् । वषौंको खोजपछि उनलाई त्यस्तै एउटा बालक फेला प¥यो र उनले त्यसको चित्र बनाए। चित्रको धेरै प्रसंसा भयो । उनको ख्याति चारैतिर फैलियो ।१५–२० वर्षपछ यस्तो व्यक्तिको चित्र बनाउने इच्छा भयो,त्यसको मुखबाट घोर क्रुरता र दृश्टताको भाव देखियोस्। यस्तो व्यक्ति कारागारमा नै पाइने धेरै सम्भावना भएकाले उनि कारागारमा गए । त्यहाँ उनलाई खोजे\जस्तै एक कैदी फेला प¥यो ।कलाकारले त्यस कैदीलाई भने,‘म तिम्रो तस्विर बनाउन चाहन्छु ।कैदीले अलि डराउँदै भन्यो,“मेरो चित्र किन?” चित्रकारले पहिले बनाएको चित्र देखाए र आफ्नो अभिप्राय स्पष्ट पारे। त्यो चित्र देखेर कैदीले ठूलो स्वरले रुँदै भन्यो,“यो चित्र त मेरै हो ।” चित्रकारले अश्चर्य मान्दै सोधे,“तिमी यस्तो अवश्थामा कसरी पुग्यौं”कैदिले पश्चत...