पर्यटन

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, समाचार
४ कात्तिक,काठमाडौं ।पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचारत मिश्रको आज आइतबार बिहान निधन भएको परिवारिक स्रोतले बताएको छ । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए ।उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट,भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् । भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ।त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।   मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।...
आज विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाइँदै

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
११, असोज काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य पमा मनाउन लागिएको हो । दिवस भव्य रूपमा मनाउन संस्कृति, र्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ ।‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ । दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोज...
आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

आठ दशमलव तीन प्रतिशतले बढे विदेशी पर्यटक

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१७,भदौ काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार सन् २०२२ को अगष्टमा ४१ हजार तीन सय चार, सन् २०२१ को अगष्टमा छ हजार ९३ र सन् २०१९ को अगष्टमा ९४ हजार सात सय ४९ जना विदेशी पर्यटक नेपाल आएका थिए ।...
बन्ने भयो कलंकी–महारागञ्ज सडक,सडक विस्तार गर्न चीनसँग सम्झौता

बन्ने भयो कलंकी–महारागञ्ज सडक,सडक विस्तार गर्न चीनसँग सम्झौता

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
७ भदौ, काठमाडौं ।सरकारले चक्रपथको कलंकी–महारागञ्ज खण्डको ८.२ किलोमिटर सडक विस्तार गर्न चीनसँग सम्झौता गरेको छ। अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको हो ।नेपालका तर्फबाट अर्थ सचिव डा. रामप्रसाद घिमिरे र चीनको तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका थिए। दोस्रो चरणमा कलंकीदेखि चाबहिल खण्ड विस्तारको योजना भए पनि महाराजगञ्जमा जग्गा प्राप्तिमा समस्या भएपछि बसुन्धरा पुलसम्म मात्रै यो खण्ड विस्तार गर्ने योजना छ । अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माका अनुसार अब भने डीपीआर तयार गरेर सडक विस्तार सुरु गर्न चिनियाँ पक्षसँग सम्झौता भएको हो।आयोजना निर्माणमा साइट क्लियरेन्स गर्ने र ठेक्का लागिसकेपछि परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी मात्रै नेपालको हो।डीपीआर बनाउनेदेखि ठेक्का लगाउनेसम्मको जिम्मा चीनले गर...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’का कारण पोखरा र भरतपुर गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिए। “मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उनले भने, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।” बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिबिलिटीमा सुधार आए केही बेरपछि उडान हुने जानकारी आएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल...
राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै

राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै

कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) २ भदौ,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)मा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुने भएको छ। संस्कृति सम्बन्धी नेपाल सरकारको आधिकारिक निकायका रुपमा रहेको सो संस्थानको आयोजनामा संस्थानको मेघा प्रेक्षालयमा भोलि भदौ ३ गते सोमबार जनैपूर्णिमाको दिनदेखि गाईजात्रा महोत्सव हुन लागेको हो।भोली ३ गतेदेखि शुरु हुने उक्त महोत्सव भदौ १० गतेसम्म सञ्चालन हुने संस्थानले जनाएको छ। संस्थानले मंगलबार ४ गते भने दुईवटा चरणमा कार्यक्रम गर्न लागेको छ।पहिलो चरणमा १ः३० बजेदेखि ५ बजेसम्म र दोस्रो चराणमा ५ बजेदेखि कार्यक्रम गर्ने जनाएको छ। ‘सांस्कृतिक पर्व संरक्षणका लागि हाम्रो यात्रा ,सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयो गाईजात्रा’ भन्ने नाराका साथ आयोजना गरिएको सो गाइजात्रा भोली साँझ ५ बजदेखि शुरु हुँदै छ।गाईजात्रा महोत्सवमा सिताराम कट्टेल(ध...
गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा

ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, वातावरण, समाचार
रसुवा । आगामी भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाइँकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्‍याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको गोसाइँकुण्डमा मेलाको तयारीसँगै बिजुली बलेपछि तीर्थालु तथा स्थानीय होटल व्यवसायी उत्साहित भएका छन् । विसं २०३८ मा जिल्लामा विद्युत् सेवा विस्तार भएपनि गोसाइँकुण्डमा पहिलो पटक शुक्रबार विद्युत् लाइन सञ्चालन गरिएको हो । नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख सञ्जिप भट्टराईका अनुसार गणेश गौडा बुद्व मन्दिर र गोसाइँकुण्डमा दुई सय भन्दाबढी बत्ती बालिसकिएको छ । यहाँ बिजुली पुर्‍याउन सहयोग गर्ने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय तथा निकुञ्ज विभाग, जिल्ला प्रशासन कार्यालय, नागरिक समाज, गोसाइँकुण्ड गाउँपालिकालगायत सरोकार भएका नि...
सांस्कृतिक संस्थानले ग¥यो संस्कृति मन्त्री पाण्डेको स्वागतसँगै संस्थानबारे ब्रिफिङ

सांस्कृतिक संस्थानले ग¥यो संस्कृति मन्त्री पाण्डेको स्वागतसँगै संस्थानबारे ब्रिफिङ

कला, ताजा अपडेट, पर्यटन, समाचार
सीता पौडेल(अर्चना) ३० साउन,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)ले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई संस्थानमा स्वागत र संस्थानका सम्बन्धमा ब्रिफिङ गरेको छ। मंगलबार संस्थानका अध्यक्ष चन्द्र कुमार राई र महाप्रबन्धक किरण बाबु पुनलगायतले मन्त्री पाण्डेलाई संस्थानका स्वागत गरका थिए ।स्वागत पश्चात महाप्रबन्धक पुनले मन्त्री समक्ष संस्थानका सम्बन्धमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्दै संस्थानबारे ब्रिफिङ गरेको संस्थानका अध्यक्ष चन्द्र कुमार राइले जानकारी दिए। उनका अनुसार सो कार्यक्रममा संस्थानका कर्मचारीहरु र मन्त्रालयका संस्कृति महाशाखा प्रमुख श्री सुरेश सुरश श्रेष्ठलगायत मन्त्रीका निजी सचिवालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । तस्विरः सांस्कृतिक संस्थान...
मनसुन अवधिभर एक करोड वृक्षारोपण गरौं  : मन्त्री शाही

मनसुन अवधिभर एक करोड वृक्षारोपण गरौं : मन्त्री शाही

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२९ साउन,काठमाडौं।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्नु पर्ने आवश्यक्ता औंल्याएका छन् । मन्त्री शाहीले मनसुन अवधिभर देशभर करिब एक करोड वृक्षारोपण गर्न निर्देशन समेत दिएका छन् ।उनले भनेका छन– मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय,भू तथा जलाधार संरक्षण कार्यालय,राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षारोपण अभियान सञ्चालन गर्न निर्देशन जारी गरिएको उल्लेख गरेका छन्। उनले वृक्षारोपण कार्यलाई प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि मन्त्रालय मातहतका सबै निकायलाई अनुरोध गरेका छन् । “जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन,सामाजिक,आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पुर्याउन था...
रोटरी क्लब अफ काठमाडौं नर्थद्धारा निर्माणाधिन १०८फिट अग्लो शिवमूर्तिको पाउमा वृक्षारोपण

रोटरी क्लब अफ काठमाडौं नर्थद्धारा निर्माणाधिन १०८फिट अग्लो शिवमूर्तिको पाउमा वृक्षारोपण

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) २७ साउन,काठमाडौं ।‘निजी स्वार्थ भन्दा माथि सेवा’ भन्ने रोटरीको मुल मन्त्रलाई आत्मसात् गर्दै आएको ‘रोटरी क्लब अफ काठमाडौं नर्थ’ ले भक्तपुरको कलामसिमा निर्माणाधिन अवस्थामा रहेको १०८ फिट अग्लो शिवको मूर्तिको फेदीमा वृक्षारोपण गरेको छ । शनिबार ‘ग्रीन भ्याली ग्रीन नेपाल’ सँगको सहकार्यमा कलामसीका स्थानीयहरुको सहयोगमा क्लबले विभिन्न प्रजातीका एक सय वटा बोटविरुवाहरु रोपेको क्लबका निवर्तमान अध्यक्ष सुवास घिमिरेले जानकारी दिए। धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त ठाउँमा गत वर्ष पनि क्लबले विभिन्न प्रजातीका १ सय ५० वटा विरुवा रोपेको थियो।भने,यस वर्ष कपुर,काइँयो, असारे,समी लगायत विभिन्न प्रजातीका १०० वटा बोट विरुवा रोपिएको उनले बताए। वृक्षारोपण कार्यक्रममा ग्रीन भ्याली ग्रीन नेपालका अध्यक्ष रोटरीयन भुवन श्रेष्ठले क्लबले वृक्षा रोपणको लागि...