पर्यटन

काठमाडौं महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्ने अनुमति,कलंकीदेखि महाराजगञ्जसम्म गर्न सुझाब

काठमाडौं महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा कार्यक्रम गर्ने अनुमति,कलंकीदेखि महाराजगञ्जसम्म गर्न सुझाब

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
११ माघ,काठमाडौं।चिनियाँ नयाँ वर्ष (स्प्रिङ फेस्टिबल)का अवसरमा नेपालस्थित चिनियाँ दूतावासले ठमेलमा आयोजना गर्न लागेका कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले अनुमति दिन अस्वीकार गरेको छ। चिनियाँ दूतवासले काठमाडौं महानगरलाई एकहप्ता अगाडी पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिबलको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेलमा कार्यक्रम गर्न अनुमति माग्नुका साथै महानगरपालिकालाई सह–आयोजक बन्ने प्रस्ताव पनि गरेको थियो। साथै नेपाल ओभरसिज चाइनिज एशोसिएसनले पनि यो अवधिका लागि काठमाडौंको रत्नपार्कमा समेत निःशुल्क स्थान उपलब्ध गराइदिन महानगरलाई पत्र लेखेको थियो।पत्रमा बिजुली,यातायात र पार्किङका लागि सहजीकरण गरिदिन भनिएको थियो। तर,काठमाडौं महानगरले ठमेलको साटो चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम गर्न भन्दै जवाफ पठाएको छ।पत्रमा महानगरले ‘विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंको पर्...
काभ्रेमा चैत्रमा विश्व युवा सम्मेलन हुँदै

काभ्रेमा चैत्रमा विश्व युवा सम्मेलन हुँदै

ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार, स्थानीय
१० माघ,काठमाडौं ।नवीनतम विचारहरूको उत्पादनमा गर्ने र काभ्रेसँगै सिंगो नेपाललाई नै विश्वमा चिनाउने उद्धेश्यले  आगामी चैत्र महिनामा काभ्रेमा विश्व युवा महोत्सव गरिने भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा हुन लागेको सो महोत्सव काठमाडौँ विश्वविद्यालय परिसर,धुलिखेलमा हुँदै छ ।जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमका अनुसार आगामी चैत्र १४ गतेदेखि १८ गतेसम्म हुने सो महोत्सवमा विश्वभरका करिब १० हजार युवाहरूको प्रत्यक्ष संलग्नता रहने छ । नेपालमा नै पहिलो पटक आयोजना गर्न लागिएको उक्त महोत्सवमा विभिन्न २५ वटा विषयमा सेमिनार,खेलकुद, सांस्कृतिक कार्यक्रम हुने र अन्य २५ भन्दा बढी विषयमा विभिन्न गतिविधिहरु गराइने तयारी छ । ३ लाख भन्दा बढीले अवलोकन गर्ने आँकलन गरिएको सो युवा महोत्सवमा विभिन्न विश्वविद्यालय, युवा सञ्जाल, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका युवाहरूको सहभागिता ...
खाली भूमीलाई संरक्षण गरि रैथाने अर्गानिक उत्पादन प्रबद्र्धन गर्ने ऐन बनाउन जरुरी छ : विज्ञ सल्लाहकार डा.आलोक प्रसाईँ

खाली भूमीलाई संरक्षण गरि रैथाने अर्गानिक उत्पादन प्रबद्र्धन गर्ने ऐन बनाउन जरुरी छ : विज्ञ सल्लाहकार डा.आलोक प्रसाईँ

कृषि, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल ८ माघ,काठमाडौं।अहिले सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विधेयकको लागि मस्यौदा तयार पारिरहेको छ ।कृषिको आधुनिकीकरण,व्यवसायिककरण र औद्योगिकीकरण गरि समग्र कृषि क्षेत्रको विकासका लागि सरकारले संघीयता अनुरूप कृषि सम्बन्धि ऐन बनाउन सो  कृषि विधेयक बनाइरहेको हो । उक्त विधयेक यहि माघ २० गतेभित्र संसद्मा दर्ता गर्ने मन्त्रालयको तयारी पनि छ । कृषिसँग सम्बन्धित सरोकारवालाहरुले अहिलेसम्म सरकारले दर्जनौं कृषि नीति,नियमावली,निर्देशिका र ऐनहरु बनाएर लागू गरेपनि व्यवहारिक नभएका कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अब बन्ने ऐन व्यवहारिक हुनुपर्ने बताउँदै आएका छन् । कृषि क्षेत्रको समग्र विकासका लागि रैथाने बाली,अर्गानिक उत्पादन,एवम् कृषिको जैविक विविधतालाई प्राथमिकतामा राखेर मात्रै कृषकमैत्री व्यवहारिक कानुन बन्न सक्ने उनीहरुको भनाई छ। कृषि तथा पशुपन्छी विकास मन्त...
माघे सङ्क्रान्ति मेलामा देवघाटधाम स्नान गर्ने तीर्थालुहरुको घुइँचो

माघे सङ्क्रान्ति मेलामा देवघाटधाम स्नान गर्ने तीर्थालुहरुको घुइँचो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
सीता पौडेल १ माघ, देवघाटधाम । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको ठूलो घुइँचो लागेको छ । आज माघे सङ्क्रान्तिका दिन नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा स्नान गर्ने तीर्थालुको ठूलो भीड लागेको हो । देवघाट क्षेत्र विकास समितिका अनुसार करिब ५ लाख श्रद्धालु भक्तजनहरु देवघाटधाम स्नान गर्न वा मेला भर्न आउने अनुमान गरिएको छ ।मेला व्यवस्थापन र तीर्थालुहरुको सुरक्षाको लागि पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको समितिले जनाएको छ । मेला अवधिमा सवारीसाधन,चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको पनि समितिले जनाएको छ ।  यसका साथै मुग्लीनतर्फबाट द...
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१४ पुस, पोखरा ।पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल र छिमेकी मूलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आज आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो । फेवातालमा भएको उक्त फेष्टिभलमा नेपाल,चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् ।प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएर दैनिक अध्यास गरेका थिए। प्रतियोगितामा चीनको आठ,सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन्।प्रतियोगितामा गण्डकी,बागमती,कर्णाली,त्रिभुवन आर्मी क्लब,ड्रागन बोर्ट गण्डकी,बेगनास टोली,रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन(नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा पाँच सय र दुई ...
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१३, पुस सुनसरी । जिल्लास्थित बराहक्षेत्र नगरपालिका-१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् । गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरे । उनले भने, “आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन । ”गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।“क...
खुम्बु क्षेत्रमा संघले हेलिकप्टर उडान नरोक्ने

खुम्बु क्षेत्रमा संघले हेलिकप्टर उडान नरोक्ने

ताजा अपडेट, पर्यटन, वातावरण, समाचार
२८, मंसिर काठमाडौं । वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले हेलिकप्टर उडानमा रोक लगाउने परिपत्र गरेपछि संघले त्यसमा आपत्ति जनाउँदै उडान जारी राख्ने बताएको हो । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिई हेलिकप्टरहरूले उक्त क्षेत्रमा उडान गरिरहेका सन्दर्भमा निकुञ्जले आफ्नो क्षेत्राधिकार बाहिर गएर उडानमा लगाएको रोक पालना गर्न बाध्य छैनौँ । सदस्य वायुसेवा कम्पनीहरूले हाल उडान गरिरहेका गन्तव्यहरूमा प्राधिकरणसँग अनुमति लिई उडानलाई निरन्तरता दिने जानकारी गराउँछौ,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।...
नारायणगढ–बुटवल सडकखण्ड विस्तारको ढिलाईमा बोल्यो सरकार : प्रधानमन्त्रीले दिए ठेक्का तोड्ने चेतावनी

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको ढिलाईमा बोल्यो सरकार : प्रधानमन्त्रीले दिए ठेक्का तोड्ने चेतावनी

जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
३० कात्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा ढीलाई भएको भन्दै आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन्। रुपन्देही,नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरु सहित हिजो बिहिबार भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन्। उनको सचिवालयले जनाएनुसार सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताएका छन् ।छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएका छन्। उनले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट गलत भएको जिकिर गरेका छन्। ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन।त्यस क्षेत्रका बासिन्...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

ताजा अपडेट, पर्यटन, बिशेष, समाचार
२३ कार्तिक,काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ ।  स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो । काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ ।  ...

विश्वका विभिन्न १३ देशका वैज्ञानिकहरू नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
६ कार्तिक काठमाडौं। नेपाल मटेरियल्स साईन्स सोसाईटीले कार्त्तिक ९ देखि ११ गतेसम्म ललितपुरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन विभिन्न १३ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू आउन लागेका छन् ।नेपाल मटेरियल्स साईन्स सोसाईटीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो सम्मेलन बारे जानकारी दिएको हो । ‘इन्टरनेशनल कन्फरेन्स वन एडभान्स फन्सनल मटेरियल्स’ नाम दिइएको सो कार्यक्रममा उनिहरु सहभागि हुन नेपाल आउन लागेका हुन् ।सो सम्मेलनमा नेपालसहित साउथ कोरिया, चाइना, इण्डिया, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाईल्याण्ड, इण्डोनेसिया, मंगोलिया र फिलिपिन्सका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ५० जनाभन्दा बढी विदेशी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता र...