ताजा अपडेट

चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले पठायो पत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३ असोज,काठमाडौं ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी छलफलका लागि यही असोज ३० गते राजनीतिक दललाई बोलाएको छ। आयोगका आयुक्त डा.जानकीकुमारी तुलाधरका अनुसार आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीबारे छलफलमा आउन पत्राचार गरेको हो। आयोगले कांग्रेस,एमाले,माओवादी,रास्वपा,राप्रपालगायतका दललाई पत्राचार गरेको उनले जानकारी दिइन्। आयोगले यही असोज २० गते निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि त्यो आयोगको आन्तरिक कामको योजनाका लागि भएको र सोही अनुसार काम गरिरेको पनि उनले बताइन्।...
एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न अनुरोध

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय
२३ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । बुधबार सिंहदरबारमा बसेको ‘क्लस्टर र को–लिड्स’मा रहेका विभिन्न निकायसँग समन्वय बैठकमा प्राधिकरणले उक्त अनुरोध गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले अन्तरनिकाय समन्वय गरी विपद्बाट बढी प्रभावित जिल्लामा दोहोरो नपर्नेगरी एकद्वार प्रणालीमार्फत आफ्ना राहत क्रियाकलाप केन्द्रित गर्न सबै ‘लिड्स’ र ‘को–लिड्स’ निकायलाई आग्रह गरेका छन् । सरकारले यसरी विपद् व्यवस्थापनमा समन्वय गर्ने ११ वटा क्लस्टर बनाइ त्यसको लिड र कोलिड तोकेर जिम्मेवारी बाँडेको छ । जसमा खाद्य सुरक्षा, स्वास्थ्य, पोषण, खानेपानी तथा सरसफाइ, शिक्षा, सुरक्षा, आवास, ‘क्याम्प’ समन्वय, बन्दोबस्ती, प्रारम्भिक पुनःलाभ र आपतकालीन सञ्चार लगायत पर्दछन् । ...
बसोबास रहेकै जिल्लाबाट मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ :निर्वाचन आयोग

बसोबास रहेकै जिल्लाबाट मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ :निर्वाचन आयोग

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२३ असोज, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ । निर्वाचन आयोगले एक सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने जनाएको हो । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ । अनलाइन फारम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने आयोगद्धारा जारी सूचनामा उल्लेख छ । काठमाडौं उपत्यकामा रहेकाहरूले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गई फोटो र बायोमेट्रिक दिन सक्नेछन् । काठमाडौंको मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गई फोटो ख...
तोलामा २ हजार ६ सयले बढ्यो सुन,अहिलेसम्मकै उच्च

तोलामा २ हजार ६ सयले बढ्यो सुन,अहिलेसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
२२ असोज,काठमाडौं ।बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ ।अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो । दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ । तर चाँदीको मूल्यमा  प्रतितोला ५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको संख्या ६ पुग्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्वास्थ्य
२२ असोज,चितवन।चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या  साउन यता ६ पुगेको छ ।  जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका,एक जना खैरहनी नगरपालिका,दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन्। पछिल्लो पटक खैरहनी वडा नम्बर ४ मा एक महिलाको  मृत्यु भएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।चितवनमा हालसम्म १७ जनामा यो रोगको सङ्क्रमण देखा परेको छ । उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र नौ जना ६० वर्षमाथिका रहेका छन् । सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको अवस्था अस्पष्ट रहेको केसीले बताए।  यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो ।यो लामखुट्टे घर बाहिर बस्न रुचाउने, घर बाहिर नै टोक्ने, साँझ र बिहान बढी सक्रिय हुने गर्दछ । य...
राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्ति सुरक्षा बलियो बनाउँ र संयमित रहौं

राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्ति सुरक्षा बलियो बनाउँ र संयमित रहौं

ताजा अपडेट, ब्यानर-१, समाचार
२२ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई शान्ति सुरक्षा बलियो बनाउन र सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिंसात्मक गतिविधि र घृणायुक्त अभिव्यक्ति नदिन समेत आग्रह गरेको हो ।‘हिंसात्मक गतिविधि,अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण समेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न जान्छ,’ आयोगले भनेको छ । ‘सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सद्भाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुन जान्छ ।’ आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।...
तोलामा २३ सय बढ्यो सुन,कति पुग्यो?

तोलामा २३ सय बढ्यो सुन,कति पुग्यो?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२१ असोज,काठमाडौं ।मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्यसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।  तर चाँदी भने आज पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक,के तपाईँले मतदाता परिचय पत्र बनाइसक्नुभयो ?

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक,के तपाईँले मतदाता परिचय पत्र बनाइसक्नुभयो ?

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२० असोज,काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको हिजो सोमबारको बैठकद्धारा स्वीकृत कार्यतालिका अनुसार आगामी मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र कार्यालय स्थापना भएपछि त्यसले प्रत्यक्षतर्फको उम्मेवारी मनोनयनको कार्यतालिका सार्वजनिक गर्ने उल्ले्ख छ ।फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तर त्यस पछि भने ,प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि म...
आजको ठयाक्कै एक महिना(२० र २१ कात्तिक)मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आजको ठयाक्कै एक महिना(२० र २१ कात्तिक)मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ताजा अपडेट, बिशेष, समाचार, स्वास्थ्य
२० असोज,काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अबको ठयाक्कै एक महिना अर्थात आगामी २० र २१ कात्तिकमा सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिक तथा दोस्रो चरण ६ र ७ वैशाख गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए तापनि यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य  छ । त्यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकालाई पनि खोप दिइने महाशाखाले जनाएको छ । सो दिन आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । ...
निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरीसमक्ष पुगे जेनजी अगुवा, भएन दर्ता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२१ असोज,काठमाडौं ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर जेनजी अगुवाहरू प्रहरीसमक्ष पुगेका छन्। जेनजी अगुवा सुदन गुरुङ लगायत सोमबार दिउँसो जिल्ला प्रहरी परिसर,काठमाडौंमा जाहेरी दिन भन्दै पुगेको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार,उनीहरूको जाहेरी भने दर्ता भएको छैन। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे न्यायिक छानबिन समिति बनिसकेको र समितिले काम गर्दागर्दै जाहेरी लिन नमिल्नै भन्दै प्रहरीले उनीहरूलाई फर्काइदिएको छ । जेनजीहरूले सोमबारबाट ‘केपी ओली एरेस्ट’ भन्दै अभियान नै चलाएका छन् ।...