ताजा अपडेट

जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम : प्रधानमन्त्री कार्की ,सम्बोधन (पूर्णपाठ )

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३ असोज ,काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवस केबल उत्सव मात्र नभएर संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्यांकन गर्ने दिन पनि भएको बतएकी छन् । टुँडिखेलमा आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै वर्तमान सरकारले जनआकांक्षा अनुसार दृढ संकल्पका साथ काम गर्ने बाचा गरेकी छन् । साथै उनले जेनजी आन्दोलन लोकतान्त्रिक मान्यतामा पार्टीहरु खरो उत्रन नसक्नुको परिणाम भएको जिकिर सकेत गरेकी छन् । यस्तो छ सम्बोधन ः सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू, जनप्रतिनिधिहरू, राष्ट्रसेवकहरू, सञ्चारकर्मीहरू, आदरणीय दिदी...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३ असोज ,चितवन । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्लाप्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ  आज बिहान ७ः१५ बजेदेखि  दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।    ...
आज संविधान दिवस,सैनिक मञ्चमा पहिला जस्तो झाँकी नहुने

आज संविधान दिवस,सैनिक मञ्चमा पहिला जस्तो झाँकी नहुने

ताजा अपडेट, ब्यानर-१, समाचार
 ३ असोज,काठमाडौं ।संविधान दिवस –२०८२ आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।तर यो वर्ष भने अघिल्ला वर्षहरुमा जस्तो सैनिक मञ्चमा झाँकी प्रदर्शन नगरिने भएको छ।अहिलेको विषम राजनीतिक परिस्थितिका कारण झाँकी नगरिने जनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च,टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। असोज ३ गते नेपालको संविधान २०७२ संविधानसभाबाट घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । जानकारहरु धेरै वर्षअघिदेखि संविधान परिमार्जन गरेर अगाडी बढ्न पर्ने तर्क अघि सार्दै आइरहेका थिए ।तर राजनीतिक दलहरु यसमा चासो देखाएका थिएनन् । जेनजीको आन्दोलनपश्चात जेनजीहरुले समयानुकुल र जनताको हित हुने गरि यो...
मौसम पूर्वानुमान :यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान :यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३ असोज,काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। अहिले देशको पहाडी भू–भागको थोरै तथा तराई भू–भागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो पनि देशभर साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशााखाका अनुसार कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उता आज राति कोशी,मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने छ।कोशी, मधेस,बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा म...
मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याउँदै अन्तरिम सरकार

मतदाता नामावली संकलन गर्न अध्यादेश ल्याउँदै अन्तरिम सरकार

ताजा अपडेट, समाचार
२ असोज ,काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारले अध्यादेश मार्फत निर्वाचन कानून संशोधन गरेर नयाँ मतदाता नामावली संकलन गर्ने भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले यसका लागि आयोगसँग सहयोगको अपेक्षा राखेको पनि बताएका छन् ।  गृहमन्त्री अर्यालले जेनजीहरूको विद्रोहबाट नयाँ सरकार र नयाँ निर्वाचनको अवस्था सिर्जना भएको भन्दै उनीहरूलाई बाहिर राखेर निर्वाचन गर्न नसकिने हुँदा १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नरहेका जेनजीहरूको माग बमोजिम उनीहरूको मतदानको अधिकार सुनिश्चित गर्न कानून संशोधन आवश्यक रहेको स्पष्ट पारेका छन् । विद्यमान कानूनले निर्वाचनको मिति घोषणा भएपछि मतदाता थप्न नमिल्ने भएकाले आयोगले कानून संशोधनका लागि प्रस्ताव ल्याउन आग्रह गरेको मन्त्री अर्यालले बताएका छन् । ...
ठूला राजनीतिक दलका शीर्ष नेताले लोकतन्त्र असफल बनाए, बिदा गरौं : राजनीतिक विश्लेषक पुरञ्जन आचार्य

ठूला राजनीतिक दलका शीर्ष नेताले लोकतन्त्र असफल बनाए, बिदा गरौं : राजनीतिक विश्लेषक पुरञ्जन आचार्य

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
मनिषा गुरुङ २ असोज,काठमाडौं ।वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शीर्ष नेताहरूकै कारण लोकतन्त्र असफल भएको बताएका छन्। ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नेतृत्वका कारण लोकतन्त्र असफल भएको जिकिर गर्दै उनले ती नेताहरु असफल भएकाले अब राजीनामा दिनुपर्ने बताए। ‘उनीहरूको नेतृत्वमा लोकतन्त्र असफल भएको छ।उनीहरूको विरुद्धमा जनता सडकमा निस्किएका छन्,जसको सरकार हुँदा गोली चलेको छ’ उनले भने, ‘एकातिर कांग्रेस र एमाले त सरकारको पतनसँगै राजीनामा पनि आफ्नो पार्टीमा सँगसँगै बुझाउनुपर्ने हो।’ विश्लेषक आचार्यले सत्ता बाहिर रहेको माओवादी केन्द्रका नेताले पनि यसअघि नै राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।तीन दलका कार्यकर्ताहरूले आफ्ना शीर्ष नेताहरूलाई पार्टीबाट बिदाइ गर्नुपर्ने आवश्यकता रहेको पनि उनले जिकिर गरेका छन् । उनले जेनजी पुस्त...
खुला आकाशमुनि पाल राखेर  सर्वोच्चमा सुनुवाइ

खुला आकाशमुनि पाल राखेर सर्वोच्चमा सुनुवाइ

कानुन, ताजा अपडेट, ब्यानर-२, समाचार
२ असोज, काठमाडौं । खुला आकाशमुनि पाल राखेर  सर्वोच्चमा सुनुवाइ शुरु भएको छ। २४ भदौको आगजनीपछि खरानी बनेको सर्वोच्च अदालतले ९ दिनपछि सांकेतिक रुपमा भएपनि न्यायिक कामकारबाही शुरु  गरिएको हो ।  आगजनीबाट बचेका केही कुर्सी र टेबुलहरू र एउटा त्रिपालको जोहो गरेर सर्वोच्च अदालतले आज खुला आकाशमा खडा गरिएको पालभित्र इजलास चलाएको थियो । सो इजलासमा दुईतिरबाट खटिएका सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेका थिए ।...
विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने विषय यसपटक सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल

ताजा अपडेट, ब्यानर-१, समाचार
२ असोज, काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् । निर्वाचन आयोगसँग आज बिहीबार भएको छलफलमा उनले समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै यसलाई सम्भव बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् । ‘‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ,’ गृहमन्त्री अर्यालले भने, ‘सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास गर्छु ।’ जहाँ हाम्रो राजदूतावास छ त्यहाँबाट प्रयास गर्नुपर्छ ।’ ‘राज्यले पनि प्रविधिको प्रयोग गरेर युवा पुस्तालाई राजनीतिको...
उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

उपत्यकामा चाडपर्वलाई लक्षित गरी १५ वटा यात्रु सहायता कक्ष सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२ असोज,काठमाडौंं। ट्राफिक प्रहरीले सिप्रदी र नाडाको सहयोग तथा काठमाडौँ महानगरपालिकाको सहकार्यमा काठमाडौँ उपत्यकाभित्रका यात्रु सहायता कक्ष स्थापना गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार नयाँ बसपार्क,नागढुङ्गा,कलङ्की, स्वयम्भू, हलचोक, माछापोखरी, चावहिल, तिलगङ्गा, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र साँगामा यात्रु सहायता कक्ष स्थापना गरि आज विहिबारदेखि सञ्चालनमा ल्याइएकोे छ । यात्रुको सहज आवतजावत,सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यातायात व्यवसायीको सहभागितामा यात्रु सहायता कक्षको स्थापना गर्न लागिएको  उनले बताएका छन् । यातायात व्यवस्था विभाग,ट्राफिक प्रहरी र व्यवसायीसहित खटिएको  टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए–नलिएको,लामो दूरीका सवारीसाधनमा दुईजना चालक भए–नभएको ल...
हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

हर्क साम्पाङका समर्थकले सफा गरे कालिमाटीको प्रहरी वृत्त

अपराध, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२ असोज,काठमाडौं।गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा घुसपैठ गरेको समुहले आगजनी गरेको कालिमाटीको प्रहरी वृत्त धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरुले बुधबार सफा गरेका छन् । त्यहाँ दुई वटा आधुनिक भवन जलेको अवस्थामा छन् ।भने,कार्यालय परिसरमा रहेका १६२ वटा मोटरसाइकल र ८ वटा निजी गाडी पनि जलेर खरानी भएका छन् । वृत्तबाट प्रदर्शनकारीहरूले एउटा सटगन समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।तर सेनाले सो सटगन बरामद गरिसकेको जानकारी प्राप्त भएको छ । वृत्तमा आगजनी हुँदा करिब ३१ करोड क्षति भएको आँकलन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको भनाई छ। सफा गरेर भवनमा रंगरोगन गर्ने र त्यहिँबाट शान्ति सुरक्षाको काम सुरु गर्ने कालिमाटी प्रहरीको तयारी छ।  ...