बनस्थलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
२ असोज, काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
स्वयम्भुबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि ठक्कर दिँदा ६८ वर्षीय जसबहादुर मगरको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार संखुवासभाको खाँदबारी घरभई हाल काठमाडौं बस्दै आएका मगरलाई आज बिहान साढे ५ बजे बसले ठक्कर दिएको थियो ।...









