मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने,गैरराजनीतिक व्यक्ति मात्र रहने
३१ भदौ,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् ।
उनले अब बन्ने मन्त्रीहरु पनि कुनै राजनीतिक पार्टी र दलसम्बद्धलाई नहुने बताएकी छन् ।बीबीसी नेपाली सेवालाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्को संरचनाबारे बताएकी हनु ।
‘मन्त्रिपरिषद् करिब १० देखि ११ भन्दा नराख्ने र कसको के क्षमता छ त्यो अनुसार हेरेर जिम्मेवारी दिइने पनि उनको भनाई छ ।उनले तीन जना मन्त्री बनिसकेकोले अब थपिने मन्त्रीहरुमा समावेशिता झल्किने गरी व्यक्ति खोजिने जानकारी दिइन् ।
‘पोलिटिक्समा नरहनु भएका पोलिटिकल र कुनै संस्थामा काम गरेकाहरुलाई ल्याउँछौं त्यस्ता मान्छे खोजिभइरहेको छ’ उनले भनेकी छन्।
राजनीतिक आबद्धता भएका व्यक्ति मन्त्रिपरिषद्मा राख्दा चुनावको काममा फोकस नहुने भएकाले चुनाव नलड्ने व्यक्तिलाई मन्त्री ब...









