ताजा अपडेट

जलेको शीतल निवास अगाडी ढलेको देश निर्माणको बलेको आशाको तीन दियो

जलेको शीतल निवास अगाडी ढलेको देश निर्माणको बलेको आशाको तीन दियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले सपथ खुवाएका थिए। जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको छ । गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो । आज जलेको कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको थियो। आज सपथ लिने तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल,उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्याल छन्।घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ । शपथ ग्रहण कार्यक्रममा सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरुसमेत पनि उपस्थित थिए।...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि,कतिमा हुँदैछ कारोबार ?

ताजा अपडेट, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढ्दै तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...
प्युठानमा जेनजी समूहले माग्यो जनप्रतिनिधि,ठेकेदार र कर्मचारीको सम्पत्ति छानबिन

प्युठानमा जेनजी समूहले माग्यो जनप्रतिनिधि,ठेकेदार र कर्मचारीको सम्पत्ति छानबिन

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
३० भदौ,प्युठान । जिल्लाका युवा तथा जागरूक नागरिकको जेनजी समूहले जिल्ला भरिका पूर्व र वर्तमान मन्त्री,सांसद,जनप्रतिनिधि,ठेकेदार तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । जेनजीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा जनप्रतिनिधि लगायत कर्मचारीहरु पदमा रहँदा र नरहँदा आर्जन गरेको अस्वाभाविक सम्पत्तिमाथि गम्भीर प्रश्न उठाएका छन् । जेनजी समूहले प्युठान जिल्लाका कतिपय राजनीतिक तथा प्रशासनिक नेतृत्व, ठेकेदार, उद्योगी र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति सम्बन्धमा गम्भीर शंकाहरू उत्पन्न हुनुका चार प्रमुख कारणहरू उल्लेख गरेका छन् । १. अकूत सम्पत्ति वृद्धिः पद आर्जन गर्दा तिनीहरूको वैध आय स्रोतसँग मेल नखाने गरी सम्पत्ति वृद्धि भएको देखिनु ।२. स्थानीय गुनासो र दुरुपयोगः ठेक्का प्रक्रिया,अनुगमनको कमी र स्थानीय स्रो...
मन्त्रीहरुको शपथ साढे ११ बजे

मन्त्रीहरुको शपथ साढे ११ बजे

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० भदौ,काठमाडौं ।अन्तरिम सरकारका प्रमुख सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको आज बिहान साढे ११ बजे शपथ ग्रहण हुने भएको छ।राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ।अहिले टेन्ट राख्ने काम भइरहेको छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् ।अर्थ मन्त्रीमा रामेश्वर खनाल,गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको थियो। अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने र घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी छ। तर मन्त्री नियुक्तिप्रति सुदन गुरुङ समूहका केही युवाहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले गएराति प्रधानमन्त्री निव...
बन्द फिल्म हलहरु भोलीदेखि संचालनमा

बन्द फिल्म हलहरु भोलीदेखि संचालनमा

ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
२९ भदौं ,काठमाडौं ।जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो। संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापा अनुसार स्थानीय सुरक्षा निकायलाई जानकारी दिएर हल संचालन हुने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरि हल संचालन गर्न लागिएको छ। हल संचालनमा आएसँगै यस अघिदेखि नै प्रदर्शनरत फिल्महरू रिमै,बागी ४,कोशेढुंगा,मोहर लगायत प्रदर्शन हुने बताइएको छ ।...
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

ताजा अपडेट, ब्यानर-२, समाचार
२९ भदौ,काठमाडौं ।सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणको काम अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाए तथा वितरण लगायतका कार्यहरु बन्दा गरिएको जनाएको हो । यातायात व्यवस्था विभागको संरचनामा तोडफोड,आगजानी तथा चोरी र लुटपाटबाट इलेक्ट्रोनिकउपकरण,छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्न गएकाले सेवा अवरुद्ध हुन पुगेको विभागले जनाएको छ। कार्यालयले सूचना प्रविधिसम्बन्धी सबै प्रणाली बन्द हुने उल्लेख गरेको छ। विभागले वैदेशिक अध्ययनमा जाने विद्यार्थी, वैदेशिक रोजगारीमा श्रमिक र शान्ति मिसनमा जाने सुरक्षाकर्मीसहित अत्यावश्यक परेर विदेश जानेहरुलाई मात्रै आवेदन लिएर लाइसेन्स छपाइ गरेर दिने गरेको छ । नत्र बेला बेला विभिन्न किसिमका बहाना बनाएर लाइसेन्स छाप्ने र वितरण गर्ने कार्य बन्द गर्...
जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा,प्रत्येकका परिवारलाई १०÷१० लाख राहत दिइने,

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा,प्रत्येकका परिवारलाई १०÷१० लाख राहत दिइने,

ताजा अपडेट, ब्यानर-१, समाचार
२९ भदौं । जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गरिएको छ । साथै मृतकका परिवारलाई १० ÷ १० लाख रुपैयाँको दरले राहत पनि उपलब्ध गराइने भएको छ । साथै बाहिरी जिल्लाबाट काठमाडौं आइ बसेका मृतकका परिवारको खर्च व्यहोरी दिने र आन्दोलनमा घाइते भई कुनै शारिरीक अपांगता भएकाहरुको थप उपचारको खर्च पनि सरकारले व्यहोर्ने प्रधानमन्त्री सुशीला कार्की बताउनु भएको छ ।यस्तै आगजानीमा परेर समपत्ति नष्ट भएका उद्योगीहरुको बारेमा पनि सरकारले  केही सहयोगबारे सोच्ने पनि उहाँको भनाई छ । आज आइतबार बिहान ११ बजे अन्तरिम सरकारको प्रमुखको पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री  कार्कीले सोही निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते जेनजी युवाहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको अवसर पारेर जेनजीको मर्मविपरित घुसपैठगरी स्वार्थ समुहले आन्दोलनलाई उग्र ब...
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले  लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
आजै अनतरिम सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी

आजै अनतरिम सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी

ताजा अपडेट, ब्यानर-२, समाचार
२९ भदौ, काठमाडौं । अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहरण गरे लगत्तै सानो आकारको मन्त्रिपरिषद् विस्तारको पनि तयारी गरेकी छन् । उनले मन्त्री नियुक्तिका लागि छलफल गरिरहेकी छन् ।आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने उनको तयारी छ। जेनजी आन्दोलनले सरकार ढलेपछि शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।त्यसै दिन शपथ लिएर उनले संसद विघटन गरेकी थिइन्। प्रधानमन्त्री कार्कीले शनिबार आन्दोलनका घाइतेहरुलाई अस्पताल पुगेर भेटेर शिघ्र स्वास्थ्यलाभको कामना गर्दै जेनजी आन्दोलनको मर्म अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।     ...
प्रधानमन्त्री कार्कीले अहिले ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दै

प्रधानमन्त्री कार्कीले अहिले ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दै

ताजा अपडेट, ब्यानर-१, समाचार
२९ भदौ,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् । उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन्। कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनको कार्यालयमा पदभार ग्रहण गर्न लागेकी हुन्।