ताजा अपडेट

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने

ताजा अपडेट, ब्यानर-१, साहित्य
२८ भाद्र,काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएसँगै उनको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने भएको छ । जेनजीको प्रदर्शनपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रमुख भएकी हुन् । राष्ट्रपतिको कार्यालयले जनाए अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल बन्ने छ । मन्त्री बन्नेहरूको नाम फाइनल हुँदैछ ।  ...
काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

काठमाडौंमा चल्न थाले सार्वजनिक गाडी

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२८ भदौ,काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् । उपत्यकाबाट भित्रिने र बाहिरिने सवारीसााधनको पनि चाप बढेको छ  ।जेनजीले सोमबार प्रदर्शनमा घुसपैठ भई आन्दोलनले उग्ररुप लिएपछि नेपाली सेनाले कर्फ्यु र निशेधाज्ञा समेत लगाएकाले गाडी ठप्प थिए। शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य भएको हो । बिहानैदेखि सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन चलिरहेका छन् ।...
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको अन्तिम बिदाइ

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ भदौ,काठमाडौं।जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । यस्तै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका तीन प्रहरीको पनि अन्त्येष्टि भएको छ। भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।  ...
सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

सिरहामा सुरक्षा व्यवस्था,थप सक्रिय बन्यो नेपाली सेना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२७ भदौ,काठमाडौं । सिरहामा कफ्र्यु आदेश जारी भएपनि प्रदर्शन हुने सूचना पाएपछि नेपाली सेनाले चेकजाँचसहित सुरक्षामा कडाइ गरेको छ । अत्यावश्यक काम वाहेक मानिसहरुलाई सडकमा हिड्न समेत रोक लगाइएको छ । जिल्ला प्रशासनले मंगलबारदेखि नै जिल्लाका चारवटा नगरपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।...
आज  शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

आज शुक्रबार दिउँसोको कर्फ्यु हट्यो,निषेधाज्ञा यथावत

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
२७ भदौ,काठमाडौं।नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ ।आज शुक्रबार बेलुकी ७ बजेदेखि भोली शनिबार भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ। आज बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएको सेनाले ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने निषेधाज्ञा लागू हुने सेनाद्धारा जारी सूचनामा उल्लेख छ । निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो। उपत्यका बाहिरका केही जिल्लाहरुमा भने जिल्ला प्रशासन कार्यालयले कर्फ्यु तथा निषेधाज्ञा जारी गरेका छन् ।  ...
अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनःछलफल,होला त संसद विघटन् ?निस्केला त निकाश ?

अन्तरिम सरकार गठनबारे शुक्रबार बिहानदेखि पुनःछलफल,होला त संसद विघटन् ?निस्केला त निकाश ?

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
२७ भदौ,काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर छलफल गरेका थिए ।सो छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति नजुटेपछि निष्कर्षमा पुग्न नसकेको हो । त्यसैले आज शुक्रबार बिहान ९ बजेबाट पुन : छलफल सुरु हुन लागेको हो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको स्रोत बताउँछ ।जेनजी युवाहरूको समूहले संसद बिघटनलाई बटमलाइन बनाएका छन् । छलफलमा जेनजी युवाको प्रतिनिधिको रुपमा अधिवक्ता ओमप्रकाश अर्यालसमेत सहभागी थिए । अर्याल काठमाडौं महानगरपालिकाका मेयर ब...
आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू

आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू

ताजा अपडेट, ब्यानर-१, समाचार
२७ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा आज शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, आज २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । भने,साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्देज विरुद्धमा गरेको शान्तीपूर्णंं आन्दोलनमा घुसपैठ भई प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको हो । हाल नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको छ । सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नेतृत्वको विषय टुंगो लगा...
अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अमेरिकी राष्ट्रपति ट्रम्पका मित्र चार्ली कर्कको हत्या

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ।युटामा आयोजित कार्यक्रममा कन्जभर्टिभ अभियन्ता कर्कको गोली लागेर मृत्यु भएको हो।  कर्क अमेरिकाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा बहस कार्यक्रमका लागि परिचित थिए।कर्कले अमेरिकामा हुने सामूहिक हत्याबारे बोलिरहेका वेला नै घरको छतबाट प्रहार भएको गोली लागेको थियो।   कर्कको हत्याको घटनालाई राष्ट्रपति ट्रम्पले गम्भीररूपमा लिएका छन्। राजनीतिक हिंसाको संज्ञा दिँदै ट्रम्पले संलग्नलाई जसरी पनि खोज्ने पनि बताएका छन्। ...
रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

रामेछाप कारागारबाट कैदी भाग्न खोजेपछि गोली चल्यो,२ जनाको मृत्यु

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
२६ भदौ काभ्रेपलाञ्चोक । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाराबाजीसहित जेल तोडेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउन पर्‍यो’। प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहको छ । अहिले कारागार नियन्त्रणमा लिइसकेको छ।...
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता

ताजा अपडेट, ब्यानर-१, समाचार
२६ भदौ, काठमाडौं । अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने सम्भावना छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग विहीबार बिहानदेखि छलफल हुने बताएका छन् । सो छलफलले आज निकास निकाल्ने उनले विश्वास व्यक्त गरे । नेपाली सेनाका प्रधानसेनापति सिग्देलले सबै पक्षको कुरा सुन्ने उद्देश्यले जेनजी युवाका प्रतिनिधिहरु, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, दुर्गा प्रसाईं लगायतसँग पनि छलफल गरेका थिए । हर्क साम्पाङले पनि सुशीला कार्कीलाई समर्थन रहेको जनाएका ...