बालकोट पुगेर राधिका शाक्यले भनिन् : नयाँ पुस्तालाई ग्रहालय छोडेर जाने विचार थियो
५ असोज ,काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेकी छन् ।
शनिबार शाक्यले नयाँ पुस्तालाई यो घर संग्रहालयको रूपमा छोडेर जाने विचार भए पनि अब खरानी छोडेर जानुपरेको दुखेसो पोखिन् ।जलेका पुस्तकका खरानीको टीका लगाउँदै आफूले पुस्तकहरू अति जतन गरेर राख्ने गरेको बताइन् ।
एउटा कोठामा स्वदेशबाट प्राप्त सम्मान पत्र तथा मायाको चिनो र अर्को कोठामा चाइना,कम्बोडिया,भारत,भियतनाम,जापानलगायत देशका प्रधानमन्त्रीहरूले दिएका अमूल्य सामानहरू दराजहरूमा राखिएको र ती सबै खरानी भएको उनले बताईन
शाक्यले आगलागी भएको घरका विभिन्न कोठामा के–के सामानहरू थिए भनेर सम्झना पनि गरिन् । ‘यति मेरो पसिना र श्रम परेको छ नि’, भावुक हुँदै शाक्यले भनिन्, ‘बालुवाटार हुँदा पनि म साता(दश दिनमा यहाँ आएर साम...








