ताजा अपडेट

नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

ताजा अपडेट, ब्यानर-१, समाचार
 मनिषा गुरुङ ६ असोज,काठमाडौं ।नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । आज सोमबार राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका थिए । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् । अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो ।तर, विवादित रहेको जनगुनासो आएपछि मिश्राको नियुक्ति भने  ‘होल्ड’ गरिएको जनाइएको छ । अन्तरिम सरकारका  प्रधानमन्त्री कार्कीसहित ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ । सो शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अ...
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
६ असोज,म्याग्दी । शरद याम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। मौरिस हर्गोज पदमार्ग हुँदै जाने पर्यटकहरूका कारण सो ठाउँमा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ। अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार हाल दैनिक १५ देखि ४० जना पदयात्रीहरू आधार शिविरको यात्रा गरिरहेका छन्। दसैं-तिहारको बिदामा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ। छोटो समयमा नै पुग्न सकिने र मनमोहक प्राकृतिक सौन्दर्यका कारण यो पदमार्ग पर्यटकहरूको रोजाइमा परेको छ। यहाँको पदयात्रामा मिस्त्रीखोलाको किनारै किनार यात्रा, अग्ला झरना, मनमोहक हिमश्रृंखला, अनौठो भूगोल, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न पाइन्छ। नारच्याङबाट दुई घण्टा गाडीमा हुमखोला पुगेपछि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिनमा फर्कन सकिन्छ। सहरको कोलाहलबाट टाढा शान्त...
दशैं सुरु,आज घटस्थापना

दशैं सुरु,आज घटस्थापना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
६ असोज,काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिदै छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने चलन छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा गरिने हुँदा घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भन्ने चलन छ । नवरात्रको पहिलो...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त

ताजा अपडेट, ब्यानर-२, समाचार
५ असोज,काठमाडौं ।सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। गत चैतमा तत्कालीन मन्त्रिपरिषद्ले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई सो पदमा नियुक्त गरेको थियो ।  ...
५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस,शपथ भोलि

५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस,शपथ भोलि

ताजा अपडेट, ब्यानर-२, समाचार
५ असोज,काठकाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । प्रधानमन्त्री कार्कीले  आज साँझ आफ्नो समूहमा  छलफल गरेर पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा.मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जनाइएको छ । नियुक्ति र शपथ भने भोलि मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  ...
देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

देउवा र खड्काको घरमा पैसाका चाङैचाङ र पैसा लुकाउने सुरुङ कस्तो थियो होला त ?के हो सत्य?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसकै नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुगेको छ । हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको घरमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ ।टोलीले आजै मुचुल्का उठाएर काम अगाडी बढाइसकेको छ । जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीले जलाएका थिए । उक्त घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै भिडियोसमेत सार्वजनिक भएको थियो । बुढानीलकण्ठस्थित देउवाको घरमा डलर र नेपाली हजार, पाँच सयका नोटहरूको खातैखात र पैसा राख्ने सुरुङ समेत भेटिएको भिडियोहरु सार्वजनिक भएका थिए । यस्तै पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो । मन्त्री खड्काको घरमा रहेको भन्दै केही रकम उड्दै गरेका भिडियो बाहिरिएका थिए । रकम भेटिएको भ...
अब आमाले स्वघोषणा गरेपछि सन्तानलाई सहजै नागरिकता

अब आमाले स्वघोषणा गरेपछि सन्तानलाई सहजै नागरिकता

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
५ असोज,काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।योसँगै अब आमाको नामबाट नागरिकता जारी हुनसक्ने गरी ऐन बनेको छ । विघटित प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता प्राप्त गर्न सक्ने बताए । आमाको नामबाट नागरिकता पाउने कानुनी व्यवस्था नेपालको संविधान २०७२ ले आमाको नामबाट समेत नागरिकता जारी हुनसक्ने भनेको छ । तर आजसम्म व्यवहारमा लागु हुन सकिरहेको थिएन।‘‘अब आमाले स्वघोषणा गरेपछि सन्तानले सहजै नागरिकता पाउँछन् । यो नेपालको इतिहासमा ऐतिहासिक र महत्वपूर्ण काम हो।’ यसका साथै नयाँ ऐनअनुसार अब कुनै पनि नेपाली आमाबाट जन्मेका सन्तानहरू नागरिकताबाट बञ्चित हुने छैनन् ।उनी थप्छन्, ‘कोही पनि नेपाली नागरिक नागरिकताविहीन बन्नु पर्दैन ।’ बाबु ...
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

ताजा अपडेट, ब्यानर-२, समाचार
५ असोज,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।
इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

इन्फरमेशन ओभरलोड : यो किन र कसरी हुन्छ ? यसबाट कसरी बच्ने ? 

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
सीता पौडेल काठमाडौं । सूचना प्रविधिका माध्यमबाट  मानिसको दिमागले ग्रहण गर्ने, छान्ने वा बुझ्ने क्षमताभन्दा बढी मात्रामा  सूचना तथा जानकारीको बाढी आउनुलाई इन्फरमेशन  ओभरलोड भनिन्छ ।  यसले कुन सूचना सही अथवा उपयोगी हो र कुन गलत, हो भनेर छुट्याउन नसक्ने स्थिति  सृजना गरिदिन्छ ।  इन्फरमेशन  ओभरलोडले हाम्रो फोकस, निर्णय क्षमता  र विश्वासलाई कमजोर बनाइदिन्छ ।आमसञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोग वा  सूचना महामार्गबाट  हजारौं लाखौं सूचनाहरु एकै चोटी बग्ने हुनाले पनि इन्फरमेशनको ओभरलोड हुने गर्दछ। विभिन्न आन्दोलन,क्रान्ति र द्वन्द्वका बेला सूचनाको बाढी आउँछ ।सूचनााको महामार्गबाट  वास्तविकता र अफवाह दुवै छिट्टै फैलिन्छ। प्रचार–प्रसार र प्रतिप्रचार वा एक पक्षले आफ्नो विचार ,सिद्धन्त र नारालाई बलियो बनाउन प्रयोग गर्छ भने अर्को पक्षले अर्काको  खण्डन गर्छ।जसले सुचनाको ओभरलोड गराउँदछ ।  यस्त...
मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

मौसम पूर्वानुमान : मनसुनी वायुको प्रभाव कमजोर बन्दै,तीन प्रदेशका केही स्थानमा मात्रै वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
५ असोज,काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव  छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको हुँदा ती स्थानहरुमा सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।  ...