अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगितामा नेपाललाई २ रजत र ४ कास्य
ललितपुर । चीनमा सम्पन्न अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा नेपालले २ रजत र ४ कास्य पदकसहित कुल ६ वटा पदक जितेको छ ।अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा जियाङ्सु प्रान्तको जियानझिङमा भएको प्रतियोगितामा नेपालले सान्सौं विधातर्फ एकलमा २ रजत र २ बटै कास्य पदक जितेको छ ।
यस्तै थाउलो विधाको एकल र टिम इभेन्टमा पनि समान १–१ कास्य पदक नेपालले आफ्नो पोल्टामा पारेको छ ।सान्सौं विधाको पुरुष ८० केजी तौल समूहमा संजिव महर्जन र सोहि विधाको महिला ५६ केजी तौल समूहमा विद्या गुरुले रजत पदक जितेको चीनबाट उसु प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए।बिहीबार सम्पन्न खेलमा संजिव इरानी खेलाडीसँग र विद्या टर्कीकी खेलाडीसँग फाइनलमा पराजित भएका हुन्।
संजिव र विद्या दुबै आगामी नोभेम्बरमा अस्ट्रेलियामा हुने उसुको सान्सौ विश्वकपमा छनौट भएका छन्।फाइनल पुग्नु अघि विद्याले बंगलादेशी खेलाडी मोष्ट शिखा खात...
