बरु मर्न तयार छौं,कसैसँग आत्मसर्मपण गर्दैनौं : प्रेस चौतारी अध्यक्ष बस्नेत
सीता पौडेल(अर्चना)
काठमाडौं ।प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पुर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि बरु न्यायको लडाईं सधैं लडिरहने तर कसैसँग पनि आत्मसर्मपण नगर्ने बताएका छन्।
सिधाकुरा डटकम प्रकरणलाई इंगित गर्दै चौतारी अध्यक्ष बस्नेतले सोमबार सर्वोच्चले दिएको आदेश नेपाली प्रेसमाथि अङ्कुश लगाउने तवरबाट आएको भन्दै त्यसलाई सच्याउन अनुरोध गरेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष बस्नेतले सिधाकुरा डटकमको सामाचारलाई लिएर सर्वाेच्ले गरेको आदेश गलत भएको चौतारीले ठहर गरेको हुँदा फिर्ता लिन सर्वाेच्चसमक्ष मागसमेत गरेका छन्।सर्वोच्चको उक्त आदेश सञ्चारमाध्यममाथिको हमला भएको जिकिर गर्दै उनले यसप्रति आपत्ति जनाएका हुन् ।
सर्वाेच्चप्रति आक्रोश व्यक्त गर्दै उनले भने,‘न्यायालयले मेरा विरुद्ध कस...








