काठमाडौं महानगरका ४ वटा वडाका ९२२ जना महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर परीक्षण
काठमाडौं।काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले महानगरपालिकाका ४ वटा वडाका महिला जनप्रतिनिधि र कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरसँगै प्रजनन स्वास्थ्यको निशुल्कः परिक्षण गराएको छ ।
महानगरका ३१, २५, २७ र ३० नंं वडामा गरिएको निशुल्कः स्वास्थ्य शिविरमा जाँच गराउनेहरु मध्ये ७७९ जनाको रिपोर्ट आइसकेको विभागले जनाएको छ ।रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिएकी छन् ।
यस्तै रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सुनिता लम्साल काअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमुना निकाल्ने) गरिएको छ ।बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ ।महानगरले वैशाख ४ गतेदेखि निःशुल्क शिविर सुरु गरेको हो ...
