अपराध

कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
झापा । काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साँटेर रु चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साँटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए। विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो । तर, विद्यालयले बैंकबाट नियमित रकम भुक्तानी लिने र चेकबुक लिने काममा कार्यालय सहयोगी मल्लिकलाई खटाउने गरेको थियो । विद्यालयले विद्यार्थी बोक्ने बस किन्नका लागि बैंकमा रहेको रकम जाँचबुझ गर्दा मल्लिकले बैंकबाट अनाधिकृत रूपमा रकम निकाल्ने गरेको खुलेको छ । घटनानारे थाहा पाएपछि यही साउन १३ गते इलाका प्रहरी...
सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेसका सांसदको असन्तुष्टि

सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेसका सांसदको असन्तुष्टि

अपराध, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्यामलाल ज्ञवालीमाथि छानबिन थालिएको छ ।तर,सो छानविन थालेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कांग्रेसका एक साँसद हृदयराम थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताएका छन् । सीआइबी प्रमुख ज्ञवालीमाथि छानविन थालिएपछि उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरेका छन् । उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे। आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला ।तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन?’उनले प्रश्न गरेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुस...
पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

पत्रकार श्रेष्ठलाई धम्की दिएका व्यक्ति पक्राउ,एक महिलाको चरित्रहत्या आरोपमा धम्की

अपराध, कानुन, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं।आफूलाई नेत्रविप्लव चन्द विप्लवका समुहको कार्यकर्ता भनेर चिनाउँदै पत्रकार किशोर श्रेष्ठलाई धम्काएका कपिल सि (सिजापति)लाई प्रहरीले पक्राउ गरेको छ । जनआस्था साप्ताहिकका संस्थापक तथा प्रधान सम्पादक श्रेष्ठलाई भद्दा गाली गलौजसहित ज्यान मार्ने धम्की दिएका उनलाई प्रहरीले बिजुलीबजारबाट पक्राउ गरेको हो। सो पत्रिकाको अनलाईन भर्जनमा प्रसारण गरिएको एक अडियोका अनुसार प्रधान सम्पादक श्रेष्ठ र एक युवकबीच संवाद भएको सुन्न सकिन्छ ।अडियोमा ती युवकले आफूलाई विप्लवनिकट विद्यार्थी संगठनको बुद्धनगरस्थित कार्यालयबाट बोलेको बताएका छन् । युवकले श्रेष्ठमाथि एक महिलाको चरित्रहत्या गरेको विषयमा आफ्नो कार्यालयमा उजुरी परेको भन्दै छलफलका लागि आउन भनेका छन् ।श्रेष्ठले उजुरीको विषयमा जिज्ञासा राखेका छन् । उनी भन्छन्, ‘तपाईं विप्लव र उहाँको कार्यकर्ताका विषयमा जानकार नै हुनुहुन्छ।हामीसँग ३८÷३९ वटा म...
पूर्वराज्यमन्त्री रायको हत्या

पूर्वराज्यमन्त्री रायको हत्या

अपराध, ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका(१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका अनुसार राय आफ्नै एक तल्ले पक्की घरको सुत्ने कोठामा मृत फेला परेका थिए । उनको टाउकोको बायाँ पट्टी भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । उनको शव सुत्ने खाटको छेउमा उत्तानो अवस्थामा रहेको थियो ।प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । सोमबार बिहानै धनुषा लालगढबाट कुकुरसहितको टोली घटना स्थलमा आइपुगेको छ । त्यस्तै मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलको टोली पनि घटनास्थलमा पुगेको...
एक किलो कोकिनसहित २ विदेशी पक्राउ

एक किलो कोकिनसहित २ विदेशी पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । एक किलो १०० ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला छन् ।उनीहरूलाई लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठमेल र पिंगलास्थानबाट १ साउनमा पक्राउ गरेको हो । इन्डिगो एअरलाइन्ससबाट मुम्बई हुँदै काठमाडौँ आएका भारतीय नागरिक अन्सारीलाई ठमेलको एक होटेलबाट कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो ।उक्त कोकिन नाइजेरियन नागरिक ओबोडोइफुलाबाट रिसिभ गरेको बताएपछि पिंगलास्थानबाट उनलाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।...

जापान पठाइदिने भन्दै ७९ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

अपराध, ताजा अपडेट, वातावरण, समाचार
तनहुँ । वैदेशिक रोजगारीमा जापान पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तनहुँकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास–१२ कमलबारी निवासी ३८ वर्षीय मनुमाया थापा मङ्गलबार पक्राउ परेकी हुन् । थापाले भीमाद नगरपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–१ बगर निवासी ३८ वर्षिया रुपासरा रानालाई ठगी गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई सम्पर्क गरी जापान पठाइदिन्छु भनी ठगी गरेको खुल्न आएको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार आरोपित थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय १९ लिएकी थिइन् । प्रहरीले निजको साथबाट रु चार लाख ८० हजार र विभिन्न सात बैंकको चेक बुक बरामद गरेको छ । उनले भने, “ठगीसम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।”...

सुन चोरेको र किनेको आरोपमा ६ जना पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं । झापाका विभिन्न स्थानमा सुन चोरी र चोरीको सुन खरिद गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सुन चोरीमा संलग्न रहेको आरोप लागेका कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा छन् । त्यसैगरी चोरीको सुन खरिद गरेको आरोपमा झापाकै पाथीभरा बराइली ज्वेलर्सका सञ्चालकद्धय ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गरी बगानकै क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी छन् ।...
बालिकामाथि जबरजस्ती करणी

बालिकामाथि जबरजस्ती करणी

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
अर्घाखाँची । अर्घाखाँचीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मालारानी गाउँपालिका(६ साकिन्धारा बस्ने ४३ वर्षीय आत्म बहादुर भलामी मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

चिर्पटले हानेर मामाका छोराले गरे हत्या फुपूका छोराको

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
सिराहा । सिराहामा मामाको छोराले चिर्पटले हानेर फुपूका छोराको हत्या गरेका छन्। सिराहाको गोलबजार नगरपालिका–१० धर्मपुरका २८ वर्षीय संजय सदाले फुपूका छोरा ४० वर्षीय गेनी सदामाथि चिर्पट प्रहार गरेर हत्या गरेको सिराहा प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक (इन्सपेक्टर) शुनिल कार्कीका अनुसार संजयले गेनीलाई गएराति चिर्पटले हान्दा गम्भीर घाइते बनाएका उनको उपचारको क्रममा आज बिहान स्थानीय अस्पतालमा मृत्यु भएको हो। मदिरा सेवन गरेर मातेका दुबैजनाबीच विवाद भएको र सोही क्रममा चिर्पट प्रहार गरेको प्रहरीको भनाई छ । संजयलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।...
पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

पाँचमहिनाअघि इन्गेजमेन्ट गरेकी प्रेमिका विदेश गएपछि एक्लो महसुस गर्थे अजितले

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा आफैंले बोक्ने राइफलबाट गोली हानेर आत्महत्या गरेको भनिएका प्रहरी जवान अजित गोलेले पाँच महिनाअघि मात्रै इन्गेजमेन्ट गरेको खुलेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दान कार्कीले पनि ड्यूटीमै रहेका प्रहरी जवान गोलेले व्यक्तिगत सम्बन्धमा तनाव भएका कारण आफैंलाई निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।प्रहरीको अनुसन्धान अनुसार प्रेमिकाले विदेश गएपछि आफूलाई बेवास्ता गर्दै आएको गुनासो पनि गोलेले गर्दै आएका थिए । गोलेले गर्दै आएको गुनासो र घटनाको तत्कालीन अवस्थाको विश्लेषणका आधारमा प्रहरीले प्रेमिकासँगकै विवादका कारण गोलेले आत्महत्या गरेको हुन सक्ने निष्कर्ष निकालेको छ ।प्रहरीले गोलेको मोबाइलका फेसबुक म्यासेन्ज र अन्य म्यासेजको पनि अध्ययन गरिरहेको छ । दोलखाको मेलुङ गाउँपालिका–४ निवासी २२ वर्षीय प्रहरी जवान उनले सुरक्षाका...