अपराध

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, बिशेष, विचार, शिक्षा, समाचार
१९ भदौ,काठमाडौं।न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन शुरु भएको थियो। सो कानूनलाई राज्य विधानसभाले पारित गरेको बताइएको छ । तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी भएको जनाइएको छ । कानूनले बलात्कारका लागि सजायलाई वर्तमानको १० वर्षदेखि आजीवन जेल वा मृत्युदण्डसम्मको सजाय तोकेको छ। चिकित्सकको हत्यापछि चिकित्सकहरूले हडताल गरेर भारतभर हजारौँ सर्वसाधारणले समर्थनमा जुलुस निकालेका थिए। पश्चिम बङ्गालमा विरोध प्रदर्शनहरू सत्तारूढ अखिल भारतीय तृणमूल कांग्रेस (एआइटिसी) र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा( सहित प्रतिद्वन्द्वी राजनीतिक दल...
शंखमुलको पुल हाउसका सञ्चालक राईको हत्या गर्ने पक्राउ

शंखमुलको पुल हाउसका सञ्चालक राईको हत्या गर्ने पक्राउ

अपराध, ताजा अपडेट, समाचार
१३ भदौं,काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं,१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। यही भदौ १० गते शंखमुल साईबाबा पार्कस्थित रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ आरोपी फरार भएको र राति मृत्यु भएको थियो। पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा,झोला, लुगालगायतका सामान फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।...
घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए। अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गर्ने पक्राउ,वडा अध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार

मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गर्ने पक्राउ,वडा अध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार

अपराध, ताजा अपडेट, राजनीति, वातावरण, समाचार, स्थानीय
५ भदौ,अर्घाखाँची  जिल्लाको भूमिकास्थान नगरपालिकामा मेयरको हस्ताक्षरसहित संचालनको नक्कली कागजपत्र बनाउने एक व्यवसायी पक्राउ परेका छन् । मेयर झविलाल थापाले दिएको उजुरीका आधारमा पक्राउ परेका ती व्यवसायीले वडाध्यक्षसहित ३ जनाको मिलेमतो रहेको बयान दिएको बताइएको छ।बयानपश्चात उनीहरु तीनै जना फरार भएका छन्। भूमिकास्थान नगरपालिका–९,पातले खोलामा रहेको चुनढुंगा उत्खनन्को अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले नै प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो। थापा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।तर उनको निवेदनका आधारमा पक्राउ परेका अलीले जनमोर्चाबाटै निर्वाचित वडाध्यक्ष र अन्य २ जना जनमोर्चाकै नेतालाई औंल्याएको बताइएको छ । यो प्रकरणमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,भूमिकास्थान नगरपालिका– ४ का वडाध...
कपनमा जुवातासको खालबाट ९ जना पक्राउ

कपनमा जुवातासको खालबाट ९ जना पक्राउ

अपराध, ब्यानर-२, समाचार
२ भदौ,काठमाडौं ।काठमाडौंको कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । उदयपुर ताप्ली गाउँपालिका–१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कपन सरस्वतीनगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको थियो। प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

अपराध, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ साउन, झापा।१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले झापाको शिवसताक्षी नगरपालिका–२ बस्ने २१ वर्षीय रामकृष्ण श्रेष्ठलाई सो आरोपमा बुधबार पक्राउ गरेको हो । रामकृष्णले ती बालिकालाई ललाई फकाई प्रलोभन देखाई मंगलबार राति आफ्नै घरभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
संसद्‌बाट बहुमतले पारित भयो टिआरसी विधेयक

संसद्‌बाट बहुमतले पारित भयो टिआरसी विधेयक

अपराध, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३० साउन,काठमाडौं ।लामो समयसम्म गिजोलिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) अन्ततः संसदबाट पारित भएको छ। तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको करिब दुई दशकपछि संक्रमणकालीन न्याय निष्कर्षमा पुग्नेगरी टिआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। शान्ति सम्झौताको ८ वर्षपछि वि.सं. २०७१ मा जारी भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी दिने प्रावधान राखिएपछि यो विषय विवादमा तानिएको थियो। त्यसपछि ऐनको उक्त व्यवस्थालाई बदर गर्दै सर्वोच्च अदालतले त्यसमा संशोधन गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि टिआरसी ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक लामो समय गिजोलिएको थियो ।विधेयकमा मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रुपमा क्रूरतापूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) राखिएको छ। यसैगरी,घटी सजायको सन्दर्...
मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

मानव बेचबिखनको अभियोगमा एक व्यक्ति पक्राउ

अपराध, बिशेष, वातावरण, समाचार
काठमाडौँ । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिए पश्चात् मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो । न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्याएको पीडितको उजुरीमा उल्लेख छ । पीडितबाट रु। दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्याइ मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७र१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौन शोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।...
६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

६ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं  । प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।...
भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्यका कपडा बरामद

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्यका कपडा बरामद

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
बनियानी।भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बुद्ध शान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो। बुद्ध शान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिएका छन्। यसैगरी मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए।...