ब्यानर-२

सिंहदरबार लगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

सिंहदरबार लगायत पार्टी कार्यालय र नेताको घरको फोहोर नउठाउने मेयर बालेनको चेतावनी

ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
काठमाडौं।काठमाडौं महानगरपालिकाले फोहोर बोक्ने आफ्ना ४ जना चालक रिहा नभएसम्म फोहोर नउठाउने जनाएको छ । सोमबार काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै चालक रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका हुन्।उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन,काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । ‘जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन ।’ काठमाडौँ महानगरको फोहोर बोकेर माओवादी पार्टी कार्यालय पेरिसडाँडा जाँदै गरेका ४ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो ।त्यसपछि मेयर शाहले गाडी र चालकलाई पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।...
नेकपा एमाले तारकेश्वर नगर अधिवेशन : अध्यक्षमा दुई जनाको दाबी,जुट्न सकेन समहमति

नेकपा एमाले तारकेश्वर नगर अधिवेशन : अध्यक्षमा दुई जनाको दाबी,जुट्न सकेन समहमति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं।काठमाडौंको तारकेश्वर नगरपालिका कमिटको दोस्रो अधिवेशन ३ दिन हुँदा पनि टुंगिन सकेको छैन। यहि जेठ ५ गते शनिबारको उद्घाटनसत्रसँगै बन्दसत्रको केही प्रकृया सकिसकेको सो अधिवेशन आकांक्षीहरुबीच सहमति हुन नसक्दा  आजसम्म पनि नेतृत्व चयन हुन नसकेको हो। सहमतिमा नेतृत्व टुंग्याउनु पर्ने  केन्द्रिय कमिटिको निर्देशन अनुसार हिजो राती अबेरसम्म पनि सहमतिको प्रयास गरिएको भए तापनि अझैसम्म पनि सहमति हुन नसकेको एक प्रतिनिधिले जानकारी दिएका छन्। उनका अनुसार पहिलो दिन नै सबै प्रतिवेदन उपर छलफल गरी सर्वमम्मतिले पारित गरे पनि उम्मेदवारहरुको आ–आफ्नै अडानका कारण नेतृत्व चयनमा भने सममति जुट्न सकेको छैन।त्यस्तै सदस्यहरुमा पनि सहमति जुट्न सकेको छैन ।तर अझैपनि सममति जुटाउने प्रयास भने जारी भएको बताइएको छ । अबको आधाघण्टा भित्र सममति जुट्न नसके चुनावी प्रकृया थप अगाडी बढाउने नि...
काठमाडौंमा एका बिहानै हावाहुरीसहित वर्षा

काठमाडौंमा एका बिहानै हावाहुरीसहित वर्षा

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।काठमाडौँमा हावाहुरीसहित वर्षा भएको छ।आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो। काठमाडौंका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । उनले भने, ‘अहिले काठमाडौँ उपत्यकाको नागार्जुन,बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरी लगायतका स्थानमा पानी परिरहेको छ।’ उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती,कोषी तथा मधेस प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। आज काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।उता राती भने बागमती,कोषी तथा मधेस प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।...
दमौलीको मुख्यचोकका २० वटा सटरमा आगलागी

दमौलीको मुख्यचोकका २० वटा सटरमा आगलागी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय
तनहुँ।तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति आगलागी भएको छ। व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रायले बताए। चार वटा दमकल,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा बिहानपख आगलागी नियन्त्रण भएको उनले जानकारी दिए। विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका भाडाका ती सटरमा विभिन्न पसल सञ्चालनमा थिए।...
रानीटारी –घुम्ती मार्ग १६ दिन बन्द हुँने

रानीटारी –घुम्ती मार्ग १६ दिन बन्द हुँने

पर्यटन, ब्यानर-२, समाचार, स्थानीय
तनहुँ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ।स्तरोन्नतिका काम भइरहेकाले आज जेठ ६ गतेदेखि २१ गतेसम्म बाटो पूर्णरूपमा बन्द गरिएको हो। पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए। व्यास–५ को रानीटारी,म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे। व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ। उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ।...
वाग्मती नदी किनारमा १२  वर्षमा ६ हजार बिरुवा हुर्काइयो

वाग्मती नदी किनारमा १२ वर्षमा ६ हजार बिरुवा हुर्काइयो

ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं।वाग्मती सफाइ महाअभियानअन्तर्गत हालसम्म छ हजार बिरुवा रोपिएको छ।सफाइ अभियान्ताद्वारा बाह्र वर्षको अवधिमा नदी किनारमा सो संख्यामा बिरुवा रोपिएका हुन्। शनिवार वाग्मती सफाइ महाअभियानको १२औँ वर्ष पुगेको अवसरमा आयोजित विशेष कार्यक्रममा अभियानका अभियन्ता एवं पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वाग्मती सफाइसँगै नदी किनारमा छ हजार बिरुवा हुर्काइएको दाबी गरे । “नदीका किनारमा देखिएका रुखहरु हामीले हुर्काएका हौँ”,उनले भने,“बिरुवा धेरैले रोपेका होलान् तर हामीले हुर्काएका छौँ ।मृतप्रायः नदीलाई जीवन दिए पनि अझै सोचेजस्तो भएको छैन।” “ यति धेरै वर्षसम्म यो अभियानले निरन्तरता पाइराख्नु ठूलो उपलब्धि रहेको छ ।” उनले भने । उनले हालसम्म वाग्मती किनारबाट करिब २१ हजार मेट्रिकटन फोहोर उठाइ सकिएको पनि जानकारी दिए। कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आममानिसमा...
नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशन गर्दै,विभिन्न स्थानबाट सांस्कृतिक झाकीसमेत  निकालिने

नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशन गर्दै,विभिन्न स्थानबाट सांस्कृतिक झाकीसमेत निकालिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार, स्थानीय
सीता पौडेल( अर्चना) काठमाडौं ।नेकपा एमाले तारकेश्वरले दोस्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा गरेसँगै आज अधिवेशन कार्यक्रमको शुरुवात गर्न लागेको छ । अहिले विहान ११ बजेदेखि तारकेश्वर,११ को नेपालटारमा अवस्थित कान्तिपुर एवी व्याङ्क्वेटमा  हुन लागेको सो अधिवेशनमा विभिन्न मौलीक एवं साँस्कृतिक झाकी समेत प्रदर्शन गरिने नेकपा एमाले क्षेत्र नं ७ का क्षेत्रिय संयोजक विदुर अर्याले जानकारी दिए। उनका अनुसार झाकी लामबगर मनमैजुबाट सुरु भई नेपालटारको अधिवेशन स्थल पुग्ने तयारी छ। एमाले तारकेश्वरले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु,विभिन्न जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु,पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई सक्रिय सहभागिताको लागि आग्रह गरेको छ। उद्घाटन सत्रलाई नेकपा एमालेका उप–महासचिव विष्णु रिमालले सम्बोधन गर्ने...
बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिदै

बागमती प्रदेशमा विषयगत समितिको सभापति चयन गरिदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । बागमती प्रदेश सभाअन्तर्गत विषयगत समितिको सभापतिको चयन हुँदै छ।आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको हो। विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले बिहान ११ बजे प्रदेशसभाको बैठक आह्वान गरेका छन्। सभापति पदका लागि मनोनयन दर्ता सकिएको र आजको बैठकमा ती नाम निर्णायार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिएका छन्। प्रदेशसभाको पाँच वटा विषयगत समितिमध्ये चार समितिको सभापतिका लागि शुक्रबार मनोनयन दर्ता भएको बताइएको छ। यस्तै प्रदेश सभाअन्तर्गतको विशेष समिति समेत गठन गर्ने सहमति भएको जनाइएको छ।...
तारकेश्वरको मनमैजुमा एक प्रहरी जवान मृत भेटिए

तारकेश्वरको मनमैजुमा एक प्रहरी जवान मृत भेटिए

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।तारकेश्वरको नगरपालिकाको मनमैजुमा एक प्रहरी जवान मृत अवश्थामा भेटिएका छन् । शुक्रबार साँझ तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत अवश्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसएसपी बसन्त रजौरेले जानकारी दिएका छन् । प्रमुख रजौरेका अनुसार  त्यहाँको निर्माणाधीन दुई तले घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा उनको शव फेल परेको थियो । मृत भेटिएका प्रहरी जवान घिमिरे ट्राफिक प्रहरी प्रभाग,दरबारमार्गमा  कार्यरत थिए। उनको शरीरमा चोटपटक लागेको देखिएको छ । घटना शंकास्पद रहेको एसएसपी रजौरे को भनाई छ ।खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको राति हत्या भएको आशङ्का गरिएको छ । एसएसपी रजौरेले भने,‘शंकास्पद जस्तो देखिएको छ। अहल्यै केही खुलेको छैन।अनुसन्धानमै छौं।’...
संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो :केपी शर्मा ओली

संसद्‌मा कांग्रेसले असभ्य व्यवहार देखायो :केपी शर्मा ओली

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्‌मा नेपाली कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओलीले जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि कांग्रेसका उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए।नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको व्यवहार असभ्य भएको ओलिले बताएका छन् । उनले भने, ‘भिडन्त भएन,कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रो भित्र छिर्ने,म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने।यो खालको सभ्य व्यवहार भएन।म आफ्नो ठाउँमा बसेको थिएँ।सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला।’एमाले अध्यक्ष ओलीले भने। अध्यक्ष ओलीले शुक...