ब्यानर-२

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्दै कांग्रेस

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।नेपाली कांग्रेस​ले गण्डकीमा आज शुक्रबारको प्रदेश सभा बैठक बहिस्कार गर्ने भएको छ। बजेटका सन्दर्भमा छलफल गर्नका लागि दिउँसो ३ बजेका लागि बोलाइएको उक्त बैठकको कांग्रेसले बहिस्कार गर्ने निर्णय गरेको हो । संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । त्यसको टुंगो नलागेसम्म कांग्रेस आजको संसद बैठकमा सहभागी नहुने भएको छ । प्रमुख सचेतक न्यौपानेद्धारा जारी विज्ञप्तिमा अदालतको आदेश विपरीतको काम गरे कांग्रेस संसदीय दललाई मान्य नहुने चेतावनी दिँदै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं सरकार हुने उल्लेख छ। गण्डकीमा विश्वासको मत पाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ।जसमा मुख्यमन्त्री अधिकारीले ३० सांसदको समर्थन पाउँदा सभामुखले मुख्यमन्त्रीले विश्वासको मत पाएको ...
यस्तो छ सुनचाँदीको उकालो यात्रा

यस्तो छ सुनचाँदीको उकालो यात्रा

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौँ । पछिल्लो समय नेपालमा सुनको मूल्य बढेको बढ्यै छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा सुनको मूल्य ४६ हजारभन्दा बढीले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २०७८ सालको जेठदेखि २०८१ सालको जेठसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ४६ हजार दुई सय रुपैंयाँले बढेको छ । २०७८ जेठ पहिलो साता छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा ९२ हजार रुपैयाँ रहेको महासंघको तथ्यांकले देखाएको छ । त्यसयता निरन्तररुपमा बढ्न थालेको सुनको मूल्यले यतिबेला दिनदिनै नयाँ कीर्तिमान कायम गरिरहेको छ । २०७९ जेठ पहिलो सातासम्म सुनको मूल्य बढेर प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । सो अवधिमा तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यो ४ हजार रुपैयाँको मूल्यवृद्धि थियो । यसैगरी २०८० सालको जेठसम्म आइपुग्दा ...
सहकारी पीडतद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

सहकारी पीडतद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

अर्थतन्त्र, ब्यानर-२, समाचार
काठमाडौं । सहकारी पीडितहरुले आफूहरुको साढे दुई खर्ब बचत फिर्ता गर्न माग गर्दै आएका छन् । पीडितहरुले रकम फिर्ता गर्न माग गर्दै आज तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । यसअघि भएका सम्झौताहरूको कार्यान्वयन नभएको भन्दै पीडितहरूले भोलिबाट रिले अनसन लगायतका कार्यक्रम सहित आन्दोलनको तयारी गरेका छन् । शुक्रबार काठमाडौं माइतिघर मण्डलाबाट प्रर्दशन गर्ने र साँझदेखि माग पुरा नहुन्जेलसम्म रिले अनसन बस्ने उनीहरुले बताएका छन्। सोही दिन चितवन, विराटनगर, इटहरी र धरान लगायतका मुलुकका विभिन्न स्थानबाट समेत आन्दोलनको समर्थनमा पीडितहरूले र्‍याली निकाल्ने उनीहरुको तयारी छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले समर्थन गर्दै यसअघिदेखि आन्दोलनमा सहभागिता जनाउँदै आएका छन्। महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब...
नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

नेपाली कांग्रेसको कार्यसम्पादन सदस्यमा रमेश लेखक मनोनीत

ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत भएका छन्। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रमुख सचेतक लेखक पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत भएको गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ। विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ। कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता पदेन सदस्य रहन्छन्। कार्यसम्पादन समिति बैठक कम्तीमा महिनामा एक पटक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बस्न सक्ने सम्भावना नभएका बेला कार...
अमेरिकाद्वारा सन्दीपको भिसा अस्वीकृत

अमेरिकाद्वारा सन्दीपको भिसा अस्वीकृत

खेलकुद, ब्यानर-२, समाचार
काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। लामिछानेले फेसबुकमा लेखेका छन्, 'नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो, दुर्भाग्य ! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ।नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।' सन्दिपको आजै अमेरिका जाने तयारी थियो।यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो।त्यसपछि अमेरिकाले यस अघिको सबै भिसा रद्द ...
सार्वजनिक सेवामा महिलाको उपस्थिति २८ प्रतिशत

सार्वजनिक सेवामा महिलाको उपस्थिति २८ प्रतिशत

ब्यानर-२, समाचार
काठमाडौं । नेपालको सार्वजनिक सेवाका क्षेत्रमा महिलाको उपस्थिति २८ प्रतिशत पुगेको देखिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बेइजिङ कार्य मञ्च (बिपिएफए) बेइजिङ प्लस रिभ्यूको तयारी प्रतिवेदनमाथि विज्ञ समूहसँगको छलफलमा विज्ञ कपिल अर्यालले सो तथ्य पेश गरेका हुन् । प्रस्तुतीकरण दिँदै उनले न्यायाधीश हुने महिलाहरूको सङ्ख्या ११ प्रतिशत पुगेको तथ्य पेश गरे । हरेक क्षेत्रमा महिलाको उपस्थिति वृद्धि हुँदै जाँदा केही क्षेत्रमा भने महिलाको संख्या बढ्न नसकेको उनको निष्कर्ष छ । सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बालविवाहको समस्या अहिले पनि रहेको बताइन् । उनले खास समस्या कहाँ छ भनेर पहिचान गर्न आवश्यक रहेको समेत औंल्याइन् । प्रेम विवाह गरिसकेपछि जात, आर्थिक अवस्था लगायतका कुरा नमिल्दा पनि बालविवाहको मुद्दा पर्ने गरेको कतिपय घटना सार्वजनिक भएको दृष्टान्...
लैङ्गिक हिंसा रोकथामका लागि ‘एकीकृत विकास परियोजना’को शुभारम्भ

लैङ्गिक हिंसा रोकथामका लागि ‘एकीकृत विकास परियोजना’को शुभारम्भ

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विश्व बैङ्कसँगको सहकार्यमा “लैङ्गिक हिंसा रोकथामका लागि एकीकृत विकास परियोजना”को शुभारम्भ गरेको छ । मंगलबार महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सो कार्यक्रमको शुभारम्भ गर्दै यस्ता कार्यक्रम आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका व्यक्तिलाई लक्षित गर्नुपर्ने बताइन्। यस्ता कार्यक्रम सञ्चालन गर्दा सीमान्तकृत वर्ग र समुदायका व्यक्तिलाई समेट्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भनिन्, ‘जो थिचोमिचोमा परेका छन्, जो सीमान्तकृत समुदायका वर्ग छन्,उनिहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । उनले यसमा महिलाको सुरक्षा,सुरक्षित आवास,सेल्टर,अस्पतालहरूमा उपचार लगायतको विषय समेटिएको भन्दै यस्ता कार्यक्रम सञ्चालन गर्दा मध्य पहाडी लोकमार्ग,तराई–पहाड फास्ट ट्रर्‍याकले छुने पालिकाहरू,सिमाना क्षेत्रका महिलाहरूलाई लक्षित गरिने बत...
ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

ग्लोबल आइएमई बैङ्क र सिमेक्स इंकबीच सम्झौता,बीवाईडी गाडीमा सहज कर्जा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।ग्लोबल आइएमई बैङ्क लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी पत्रमा बैङ्कले,सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाईडि ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न इच्छुकहरूले आवश्यक कागजात तथा विवरणसहित बैङ्कको शाखा कार्यालयमा निवेदन दिएपछि उचित ग्राहकलाई ३ दिन भित्रमा सहज रूपमा सवारी साधन कर्जा प्रवाह गर्ने उल्लेख  छ। बैङ्कले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ। ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको जनाएको छ। बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रालिका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर स...
एपिएफका पौडेलद्वारा सगरमाथा आरोहण

एपिएफका पौडेलद्वारा सगरमाथा आरोहण

ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
काठमाडौं।सशस्त्र प्रहरी बल नेपाल (एपिएफ)मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। एपिएफको इतिहासमा पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण गर्न सफल भएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्। प्रहरी निरीक्षक पौडेल सगरमाथामा आरोहणका लागि गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए । एपिएफले हिमाली भेगमा हुने विपद् व्यवस्थापन उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरेको जनाएको छ।यस आरोहणले त्यस प्रकारका तालिमलाई समेत गुणस्तरीय बनाउन मद्दत पुग्ने जनाइएको छ। निरीक्षक पौडेलले उत्तरी सिमानामा पर्ने सगरमाथाको सफल आरोहण गरेकै समयमा दक्षिणी सिमाना नजिक पर्ने झापाको ५८ मिटर उचाइमा रहेको केचनाकवलमा बिओपी केच...

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-२, समाचार
जनकपुर।भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको । भारतमा जारी लोकसभा निर्वाचनको समयमा सो सेवा बन्द भएको थियो।महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।  लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुनेबारे सार्वजनिक सूचना प्रकाशन गरेको थियो । रेल्वे सेवा अबदेखि नियमित सञ्चालनमा आउने पनि जनाइएको छ ।  ...