ब्यानर-२

गायक रवि ओड धरौटीमा रिहा

गायक रवि ओड धरौटीमा रिहा

कला, ब्यानर-२, मनोरन्जन, समाचार
काठमाडौं । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओडले धरौटीरकम तिरेपछि रिहा भएका छन् । बिहिवार कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा रिहा भएको कञ्चनपुर प्रहरीका डीएसपी उमेश जोशीले जानकारी दिएका छन् । ओडले गतसाता इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका थिए।प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो। उनीविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ओड। सुमधुर स्वरका धनी गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।...
तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

तार भूमिगत गरेका स्थानबाट इन्टरनेटको तार हटाउन प्राधिकरणको निर्देशन

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गरेको स्थानबाट इन्टरनेटको तार हटाउन निर्देशन दिएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाका पेप्सीकोला, जडीबुटी, लैनचौर, नारायणगोपाल चोक, चुच्चेपाटी, कलंकी, त्रिपुरेश्वर, कालीमाटी, बल्खु, कीर्तिपुर, सामाखुसी टाउन प्लानिङलगायतका स्थानमा भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको र उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युत्का पोलहरू क्रमैसँग हटाइने र इन्टरनेटको तारसमेत हटाउन प्राधिकरणले निर्देशन दिएको हो । प्राधिकरणले आज एक सूचना जारी गर्दै ती स्थानमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिएको हो ।...
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा,१ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा

ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थी महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अनेरास्ववियुले आज जेठ १ गते मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सो महोत्वस गरिने जानकारी दिएको हो।१ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने सो महोत्सवको सम्पूर्ण तयारी पुरा भएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताएका छन्। अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गर्न लागिएको उनको भनाई छ। अनेरास्ववियुले पत्रकारसम्मेलन लगतै बृहत मार्च पाससमेत गरेको थियो । अध्यक्ष बडालका अनुसार ‘नेपालमै पढ्छु,म बनाउँछु मेरो देश नेपाल’ भन्ने नाराका साथ युवा विद्यार्थीलाई मातृभूमिप्रति प्रेम र स्नेहको भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्ने उद्देश्यले महो...
विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

विश्व बैंकले भन्यो–नेपालको वित्तीय संघीयता कार्यान्वयन प्रगति मध्यम ,प्रदेश र स्थानीय तहमा वित्तीय घाटा

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं ।विश्व बैङ्कले नेपालमा वित्तीय संघीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्ष निकालेको छ। विश्व बैङ्कले‘नेपाल फिस्कल फेडेरालिजम अपडेट,२०२४’ सार्वजनिक गर्दै नेपालमा वित्तीय संघीयता कार्यान्वयनका लागि कानुनी तथा संस्थागत सुधार र प्रदेश र स्थानीय तहमा सार्वजनिक वित्त व्यवस्थापनको काम जारी रहे तापनि समग्रमा कार्यान्वयनको अवस्था भने मध्यम रहेको जनाएको हो। बैंकको निष्कर्षसहितको प्रतिवेदनमा संघीय सरकारको राजस्व घट्दा प्रदेश र स्थानीय तहले पाउने वित्तीय स्रोतसमेत घटेपछि संघीयता कार्यान्वयनपछि पहिलोपटक गत आर्थिक वर्ष २०७९÷८० (सन् २०२३)मा प्रदेश र स्थानीय तहका सरकारमा वित्त घाटा देखिएको उल्लेख छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले भोगको वित्तघाटा कूल गार्हस्थ्य उत्पादन (जीडिपी) को ०.३ प्रतिशत र स्थानीय तहले भोगेको घाटा जिडिपीको ०.४ प्रतिशत बराबर रहेको देखिएको छ।भने, थोक तथा खुद्रा व...
वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेको कानूनी प्रकृयामा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले पनि बहस गर्ने भएका छन् । उनी सन्दीपको पक्षबाट बहस गर्ने टीममा जोडिएका छन्।उच्च अदालतमा विचाराधीन मुद्दाका लागि यस अघि पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए। यस्तै,वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन्।टीमको संयोजन अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन्। जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको छ।देवानी तथा फौजदारी कानूनका विज्ञ बिडारी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए। राजनीतिज्ञ बिडारी फरक वाककलाका लागि प्रख्यात छन्। सन्दीपको मुद्दामा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ।यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो।अहिलेसम्म एक पटक भएको सुनवाइ...
महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

महिलाको अर्थपूर्ण सहभागिता र सशक्तीकरण आवश्यक छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक उत्पादकत्व बढाउन,लैङ्गिक असमानतालाई सम्बोधन गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि आर्थिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र महिला सशक्तीकरणको महत्त्वपूर्ण आवश्यकता औंल्याएका छन्। नेपालसहित दक्षिण एसियाली मुलुकका अगुवा महिलाको सहभागितामा ललितपुरमा सुरु भएको ‘साउथ एसियन वुमन्स कन्फेरेन्स अन इकोनमिक इम्पावरमेन्ट (२०२४)’ सम्मेलनको आइतबार उद्घाटन गर्दै उनले डिजिटल रूपान्तरण मार्फत महिला सशक्तीकरण आजको आवश्यकता भएको बताए। उपराष्ट्रपति यादवले केही सामाजिक मान्यताहरू लैङ्गिक समानताका लागि बाधक भएको उल्लेख गर्दै दक्षिण एसियामा आर्थिक वृद्धि, बढ्दो शिक्षा, र घट्दो प्रजनन क्षमताको बाबजुद अधिकांश विकासोन्मुख मुलुकहरूको तुलनामा महिला आर्थिक अवसरबाट वञ्चित हुनु चिन्ताको विषय भएको बताएका छन्। । ‘आर्थिक सशक्तीकरणमा महिलाको ...
बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

बूढानीलकण्ठलाई चिनाउन बुष्टिङ बूढानीलकण्ठ अभियान : दोस्रो चरणमा प्रधानाध्यापकसँग पदयात्रा

जीवनशैली, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं। काठमाडौंको उत्तरी भेगमा अवस्थित बूढानीलकण्ठ नगरपालिकालाई स्वदेश र विदेशमा चिनाउनुका साथै यसको विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बुष्टिङ बूढानीलकण्ठ’ अभियान थालिएको छ । शिवपुरी पर्वत श्रृखलाको फेदीमा रहेको यो नगरपालिका शैव,वैष्णव र बौद्ध धर्मालम्वीको आस्थाको केन्द्रका रुपमा रहेको नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका रहेको हुनाले यसलाई विश्वसामु चिनाउनु र आन्तरिक तथा बाह्य पर्यटक भित्राएर प्रवद्धनमा सहयोग पु¥याउन बुष्टिङ बूढानीलकण्ठ अभियान सञ्चालन गरिएको अभियानका संयोजक स्थानीय पुण्य प्रसाद पूडासैनिले जानकारी दिए । कपन अनलाइन न्युज पोर्टलका प्रधान सम्पादकसमेत रहेका पूडासैनिका अनुसार बुढानीलकण्ठको धार्मिक,सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्राउनु यस अभियानको मूल उद्देश्य रहेको छ।सोह...
मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।जसका कारण गण्डकी,बागमती,लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।त्यस्तै कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिक देखि साधरणतया बदली रहने छ।कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्ग र हावाहुरी...
फ्रेन्च क्लब छाड्ने एमबाप्पेको घोषणा

फ्रेन्च क्लब छाड्ने एमबाप्पेको घोषणा

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।फ्रेन्च स्टार स्ट्राइकर केलिएन एमबाप्पेले यस सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन्। २५ वर्षीय एमबाप्पेले आफ्नो सोसल मिडियामार्फत एक भिडियो सार्वजनिक गर्दै फ्रेन्च क्लब छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।‘मैले सधैँ भन्ने गरेको छु कि म सयम आएपछि तपाईंहरुलाई भन्नेछु’, एमबाप्पेले भने, ‘पीएसजीमा मेरो यो अन्तिम वर्ष हो।म नवीकरण गर्ने छैन र मेरो यात्रा केही सातामा समाप्त हुनेछ ।’ पीएसजीसँग एमबाप्पेको सम्झदता जुनमा सकिँदैछ । यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले फेब्रुअरीमै एमबाप्पेले रियल मड्रिडसँग सम्झौता गर्ने सहमति गरिसकेको खुलासा गरेको थियो । फ्रान्सबाट सन् २०१८ मा विश्वकप जितेका एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २५५ गोल गरेका छन् ।उनले पीएसजीका लागि घरेलु मैदान पार्क डे प्रिन्समा आइतबार अन्तिम लिग खेल खेल्दैछन् ।पेरिसमा जन्मेका एमबाप्पेल सन् ...
काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या,चारजना पक्राउ

काठमाडौंको बत्तिसपुतलीमा एक युवकको हत्या,चारजना पक्राउ

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ। मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिएका छन्।साथै धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका छन्।...