ब्यानर-२

ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ओलीको प्रश्न –राष्ट्रपति निवासमा कस्ता मान्छे गुँड लगाएर बसेका छन् ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सय रुपैंयाँको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयका विरुद्धमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलका विज्ञ सल्लाहकार चिरञ्जीवी नेपालले सरकारले सयको नोटमा नेपालको नयाँ नक्शा राख्ने निर्णयमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति राष्ट्रपतिको कार्यालयको हो वा व्यक्तिगत हो ? भन्दै प्रति प्रश्न गरेका छन् । यस विषयमा राष्ट्रपति पोडेल स्वयं र प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्ने माग राख्दैउनले संसदको बैठकमा सो विषयमा आवाज उठाउन पनि पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।नेपालले राष्ट्रिय हित विपरित बोलेको भन्दै उनले राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको भन्दै प्र...
दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्छ : उपकुलपति बराल

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजनीतिक दलहरुले शैक्षिक क्षेत्रमा भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपकुलपति बरालले शैक्षिक क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठन परिचालन गर्न रोक्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् । विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगराउँदासम्म क्यालेण्डर प्रणाली लागू गर्न गाह्रो हुने उनले स्पष्ट पारे ।‘हामी परीक्षा लिन्छौँ तर नतिजा महिनौँ ननिस्किएको कुरा सत्य हो‚ परीक्षा सुधार्न मेरो टिम लागिराखेको छ। परीक्षा क्यालेण्डर बनाउने,परीक्षा सुधार्ने र समयमा रिजल्ट निकाल्ने हाम्रो पहिलो प्राथमिकता भएको हुनाले अब आउने एक वर्षभित्रमा क्यालेण्डर लागू गर्ने र परीक्षा समयमै गर्ने हाम्रो योजना छ।’उनले भने। हरेक दलको विद्यार्थी,कर्मचारी र प्राध्यापक...
३ अर्ब डोज कोभिड भ्याक्सिन फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय

३ अर्ब डोज कोभिड भ्याक्सिन फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय

ताजा अपडेट, ब्यानर-२, समाचार, स्वास्थ्य
काठमाडौं ।औषधि कम्पनी एस्ट्राजेनेकाले विश्वभरको बजारबाट ३ अर्बभन्दा बढी डोज कोभिड भ्याक्सिन फिर्ता लिने भएको छ।उसले भ्याक्सिन फिर्ता लिनुलाई व्यवसायिक निर्णय भनेको छ। कोभिडको नयाँ भेरियल्ट लक्षित गरेर कयौं भ्याक्सिन बजारमा उपलब्ध भएकाले एस्ट्राजेनेको माग घटेकाले पनि फिर्ता लिइएको एस्ट्राजेनेकाले जनाएको छ। अधिकांश अध्ययनले एस्ट्राजेनेका सहितका कम्पनीको कोरोना भ्याक्सिनले विश्वभरका करोडौं मानिसको ज्यान बचाएको देखाएको थियो।तर पछिल्लो समय भ्याक्सिनका कारण आफ्ना नातेदारको मृत्यु भएको र कयौंमा गम्भीर असर देखिएको भन्दै बेलायतको एउटा अदालतमा मुद्दा पर्‍यो ।मुद्दामा एस्ट्राजेनेकाले बुझाएको दस्तावेजमा  भ्याक्सिनका कारण केही मानिसमा केही असामान्य साइड इफेक्ट देखिएको स्वीकार गरेको थियो । एस्ट्राजेनेकाले नोभेम्बर २०२० मा कोभिड भ्याक्सिन ल्याएको थियो ।...
पाँच प्रदेशमा आज पनि वर्षाको सम्भावना

पाँच प्रदेशमा आज पनि वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।नेपालमा पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभाव कायमै छ।जसका कारण देशभर आंशिकदेखि साधारणतया बदली भइरहेको छ र केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी, मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका केही स्थानमा र तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।कोशी,मधेश,बागमती,गण्डकी प्रदेशका केही स्थान र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा.पोखरेल,प्रा.खनालको राजीनामा स्वीकृत

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा.प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय प्रमुख चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयका उपकुलपति प्रा. डा.केशरजङ्ग बरालले पोखरेललाई तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेका हुन् । विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिंदै प्राध्यापक पोखरेलले पत्रकारिता शिक्षाको प्रवर्द्धन,प्राज्ञिक विकास र अध्ययन अनुसन्धानमा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरेल १६ वर्षअघि पनि पत्रकारिता केन्द्रीय विभागका प्रमुख थिए ।...
महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुन्न : अर्थमन्त्री

महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल हुन्न : अर्थमन्त्री

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं।महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने भन्दै अर्थमन्त्री वर्षमान पुनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपाय अवलम्बन गर्न थालिएको बताएका छन्। सोमबार मन्त्रालयमा महिला उद्यमीसँगको छलफल तथा अन्तरक्रियामा उनले बढीभन्दा बढी महिलालाई उद्यमी बनाउने उपायबारे आफूलाई सुझाव दिन आग्रह पनि गरेका छन्।साथै उनले बजेट निर्माणमा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्था गर्ने समेत बताएका छन्। मन्त्री पुनले महिलाका नाममा घरजग्गा पास गर्दा घरजग्गा रजिस्ट्रेसनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको बताए।२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था भएको उनको भनाइ छ । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था भएको तर महिलाको हातमा सम्पत्ति कमैमात्र हुने भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै...
गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

गायिका ज्योति मगरमाथि ढुंगा प्रहार

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
सुर्खेत । जुम्ला महोत्सवमा गायिका ज्योति मगरमाथि ढुंगा प्रहार भएको छ । ।गत शनिबार उनले प्रस्तुति दिने क्रममा स्टेजमा ढुंगा प्रहार भएको हो। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जुम्लाले आयोजना गरेको महोत्सवमा हजारौ दर्शक मगरको प्रस्तुतिमा रमाइरहेका थिए ।उनको पहिरन पनि सधैं जस्तै भड्किलो थियो। दर्शक दीर्घामा रहेका केही युवा रक्सीले मातेका थिए ।ज्योतिको प्रस्तुति र हाउभाउले उनीहरुले होस गुमाएपछि केही युवाले भुईंबाट ढुङ्गा र माटो टिपेर स्टेजमा प्रहार गरेको बताइएको छ।ज्योति मगरलाई भने ढुङ्गा लागेन । उनीहरुले अपशब्द प्रयोग गर्दै ज्योतिलाई गालीगलौचसमेत गरेका थिए ।उक्त माहोललाई रोक्न साउण्ड सिस्टम केही समय बन्द गरिएको थियो।त्यसपछि ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएको बताइएको  छ। समाजिक सञ्जालमा गायिका मगरको आलोचना भइरहेको छ।उनको पहिरनमा धेरैले...
पेरिस ओलम्पिक :  टेबल टेनिसको खेलाडी छनोट प्रतियोगिता नेपालमा हुने

पेरिस ओलम्पिक : टेबल टेनिसको खेलाडी छनोट प्रतियोगिता नेपालमा हुने

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
ललितपुर ।आगामी जुलाईमा फ्रान्समा आयोजना हुने ३३ औँ गृष्मकालीन ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। पेरिस ओलम्पिकको छनोट प्रतियोगिता मे १३ देखि १५ सम्म काठमाडौंमा हुने  नेपाल खेलकुद पत्रकार मञ्चले जानकारी दिएको हो। नेपाली टेबल टेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै बंगलादेश,माल्दिभ्स,पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रका खेलाडी सहभागी हुने छ । उनले ती ५ वटै देशबाट २-२ पुरुष र २-२ महिला गरी २० खेलाडीको सहभागिता रहने बताएका छन्।  ...
काठमाडौंको शंखपार्कमा पुरुषको शव फेला

काठमाडौंको शंखपार्कमा पुरुषको शव फेला

ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।काठमाडौं को महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ । करिब ३५ वर्षका पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले  बताए ।  पार्कमा मृत भेटिएका पुरुषबारे प्रहरीले अनुसन्धान थालेको छ । शव पहिचान हुने सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने डीएसपी थापाले जानकारी दिए ।...
दुई वर्षमा दुईपटक फुट्यो जसपा,पार्टी फुटाउने अवस्था किन आयो ?प्रभावशाली नेता कता बढी !

दुई वर्षमा दुईपटक फुट्यो जसपा,पार्टी फुटाउने अवस्था किन आयो ?प्रभावशाली नेता कता बढी !

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं ।२०७९ असार ३१ मा डा. बाबुराम भट्टराईले महीन्द्र राय यादव,रमेश यादव लगायत केही नेताकोा साथ लिएर जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन गरे।त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजित भएको छ। संघीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गर्दै निर्वाचन आयोगमा आइतबार दल दर्ताको निवेदन दिएका छन्।दुवैपटक जसपा विभाजनको नेतृत्व संघीय परिषद् अध्यक्षले गरेका छन् ।भट्टराई पनि उबेला संघीय परिषद् अध्यक्ष थिए। अहिले राइले प्रतिनिधि सभाका ७ सांसद र केन्द्रीय समितिका ३० नेताको साथ लिएर नयाँ दल खोलेका छन्। आइतबार राईलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा निवेदन पेस गरिसकेका छन् ।भने नयाँ पदाधिकारी पनि चयन गरेका छन्।जसमा रेणुकुमारी यादव,नवलकिशोर साह,रणध्वज लिम्बु,परशुराम रम्तेल र सुशीला श्रेष्ठ गरी चार उपाध्यक्ष छन्। मोहम्मद इस्तियाक राइलाई महासचिवको जिम्मेवारी दिइएको छ।सांसद ...