वातावरण

मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

मर्यादित भएर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
९ कार्तिक,काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ । कार्यालयद्धारा  बिहिबार जारी सूचना मा चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरिएको छ । कानुन विपरीत जुवातास खेल्ने , भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण लगायतका कार्य नगर्न र नगराउन पनि कार्यालयले अनुरोध गरेको छ । “कानुनले निषेध गरेका गतिविधि गरेरगराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको...

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२को ‘इन्ड पोलियो नाउ’ अभियान : विश्व पोलियो दिवसमा सातै प्रदेशमा र्‍याली

ताजा अपडेट, प्रेरक प्रसङ्ग, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
सीता पौडेल (अर्चना) ८ कात्तिक,काठमाडौं ।रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटान अन्तर्गतको रोटरी नेपालले विश्व पोलियो दिवसको अवसरमा देशका सातै प्रदेशमा एकै समयमा सचेतना र्‍याली निकालेको छ। रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी डिष्ट्रिक्ट पब्लिक इमेज कमिटिको आयोजनामा ‘इन्ड पोलियो नाउ’ अभियान अन्तर्गत विश्व पोलियो दिवस अक्टोर २४ का दिन आज बिहिवार पोलियो सम्बन्धी सचेतना र्‍याली निकालिएको हो । यस अवसरमा र्‍यालीसँगै देशका सातै प्रदेशबाट साइकल र्‍याली,म्याराथन लगायत विभिन्न किसिमका सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको रोटरी नेपालका वर्ष २०२४÷२०२५का डिष्ट्रक्ट पब्लिक इमेज कमिटी प्रमुख अमित गिरीले जानकारी दिए। कमिटी प्रमुख गिरीका अनुसार ललितपुरको जावलाखेलबाट शुरु भएको सो ¥याली थापाथली भद्रकाली,सहिदगेट हुँदै टुँडिखेलमा पुगेर समापन समारोहमा परिणत भएको थियो ।र्...

आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
७ कार्तिक,काठमाडौं । हालसम्म पनि देशभर पश्चिमी वायुको केही प्रभाव कायमै  छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतः सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भने चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । उता राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।  ...
रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

रोटरी नेपालले २४ अक्टोरमा सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्ने

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, शिक्षा, समाचार, स्वास्थ्य
सीता पौडेल(अर्चना) काठमाडौं ।रोटरी डिष्ट्रिक्ट ३२९२ ले यहि आउँदो अक्टोर २४ तारिख अर्थात कार्तिक ८ गते बिहिबारका दिन काठमाडौं उपत्यकासहित सात वटै प्रदेशमा END POLIO NOW विशेष अभियान सञ्चालन गर्ने भएको छ । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गतको डिष्ट्रिक्ट पब्लिक इमेज कमिटले सोमबार काठमाडौंको थापाथलि स्थित रोटरी नेपालको कार्यालयको सभाहलमा पत्रकार सम्मेलन गरेर सो अभियान बारे जानकारी गराएको हो । रोटरी डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका रोटरी वर्ष २०२४–०२५का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनका अनुसार रोटरीले अक्टोर २४ लाई पोलियो दिवसको रुपमा मनाउँदै आइरहेको छ।  सो पत्रकार सम्मेलनमा गभर्नरर शेरचनले निजी स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था रोटरीले विश्वबाट नै पोलियो भाइरस उन्मुलन गर्न प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको पनि  बताए ।...

विश्वका विभिन्न १३ देशका वैज्ञानिकहरू नेपाल आउँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार
६ कार्तिक काठमाडौं। नेपाल मटेरियल्स साईन्स सोसाईटीले कार्त्तिक ९ देखि ११ गतेसम्म ललितपुरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा सहभागी हुन विभिन्न १३ देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू आउन लागेका छन् ।नेपाल मटेरियल्स साईन्स सोसाईटीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो सम्मेलन बारे जानकारी दिएको हो । ‘इन्टरनेशनल कन्फरेन्स वन एडभान्स फन्सनल मटेरियल्स’ नाम दिइएको सो कार्यक्रममा उनिहरु सहभागि हुन नेपाल आउन लागेका हुन् ।सो सम्मेलनमा नेपालसहित साउथ कोरिया, चाइना, इण्डिया, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाईल्याण्ड, इण्डोनेसिया, मंगोलिया र फिलिपिन्सका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले ५० जनाभन्दा बढी विदेशी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता र...
गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ,बजार ल्याइदिन सरकारसँग माग

गोरखामा सडक अभावका कारण कुहिँदै स्याउ,बजार ल्याइदिन सरकारसँग माग

अर्थतन्त्र, कृषि, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
४ कार्तिक,काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म ल्याइदिन माग गरेका छन्। उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। उनले भने, “कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।” चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको बताए।   (more&helli...
रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

रेडपाण्डा संरक्षण गर्न ताप्लेजुङमा कुकुर र बिरालोको बन्ध्याकरण

ताजा अपडेट, वातावरण, समाचार
४ कात्तिक,(ताप्लेजुङ) ।ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ ।कुकुर र बिरालोलाई बन्ध्याकरण गर्ने र रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चले जनाएको छ । मञ्चका अनुसार रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको छ ।अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न,सङ्क्रमण र हिंस्रक आक्रमणबाट जोगाउन मद्दत गरेको छ । फुङलिङ नगरपालिकाको फावाखोला,फुरुम्बू, काफ्लेपाटी,माथिल्लो फेदी,हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गा गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्ध्याकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको  छ । यसले कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्ने र वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पुर्‍याउन...
हेटौँडा सिमेन्ट उद्योगबाट तीन हप्ताका लागि उत्पादन बन्द

हेटौँडा सिमेन्ट उद्योगबाट तीन हप्ताका लागि उत्पादन बन्द

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३ कार्तिक,मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतसम्भार गर्नुपर्ने जनाउँदै तीन हप्ताका लागि उत्पादन बन्द गरेको छ । क्लिनिकलर मेसिनलगायत विभिन्न उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने अवस्था आएकाले आजदेखि उत्पादन बन्द गर्नुपरेको उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले सगरमाथाप्रेसलाई बताए। उनले भने ,“उद्योगलाई आवश्यकपर्ने करिब चार सय मेट्रिक टन कच्चापदार्थ कोइला जगेडा राखिएको र बाँकी थप कोइला खरिद गर्न बोलपत्र आह्वान गरी सम्बन्धित पक्षलाई स्वीकृति प्रदान गरिसकेका छौँ, त्यसैले मर्मत सकिएलगत्तै काम सुरु गर्छौं”। महाप्रबन्धक पाण्डेका अनुसार अहिले उत्पादित सिमेन्टको बोरामा प्याकिङ गरी काठमाडौँलगायत विभिन्न सहरमा पठाउने काम भइरहेको छ ।हाल यस उद्योगमा प्रशासन,भण्डारण,बजार व्यवस्थापन, चुनढुङ्गा खानी र मजदुर कर्मचारीलगायत एक सय ८० जनाले प्रत्यक्ष रोजगारी ...

आजको मौसम : यी पाँच प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
३ कार्तिक,काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको समेत थोरै प्रभाव बाँकी रहेको छ ।जसको प्रभावले कोशी,बागमती,गण्डकी,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। अहिले पनि कोशी प्रदेश र बागमती प्रदेशको एक–दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उता आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। त्यस्तै आज राति पनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।...

आजको मौसम : यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३० असोज,काठमाडौं।हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव र देशका केही प्रदेशहरुक पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।जसका कारण मौसम काही बदली त काहीं समान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ।भने,कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उता राती पनि देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।कोशी प्रदेश,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाईा छ। आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जना...