जीवनशैली

डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

डीभीको नतिजा प्रकाशित, कसरी हेर्ने नतिजा ?

अन्तर्राष्ट्रिय, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं। अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा आज आएको छ । नेपालस्थित अमेरिकी दूतावासले उक्त कुराको जानकारी दिएको हो । आज शनिबार राति अघि ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बरमा  dvprogram.state.gov/ESC/ गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ । इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासको भनाई छ ।...

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा चलाउने

जीवनशैली, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
मनिषा गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। महानगरको सामाजिक विकास विभागले शनिबार एक सूचना जारी गर्दै महानगरपालिकाभित्रका स्थानीयहरूका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो। महानगरले लोकसेवा तयारी कक्षा लिन चाहने स्थानीयले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन पेश गर्न आह्वान गरेको छ।...
आज नेपाल पत्रकार  महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

आज नेपाल पत्रकार महासंघको केद्रिय महाधिवेशन : प्रभातफेरी हुँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं ।नेपाल पत्रकार महासंघले महासंघको २७ औं केद्रिय महाधिवेशन–२०८१ र विश्व प्रेस स्वतनत्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरेको छ । महासंघले आज शुक्रबार काठमाडौंको रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरी गर्न लागेको नेपाल पत्रकार महासंघका काठमाडौं जिल्ला शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिनुभएको छ ।अध्यक्ष सुवेदीले सो प्रभातफेरीमा सहभागी हुन सम्पूर्ण पत्रकार,शुभेच्छुक र सरोकारवालाहरुलाई अनुरोध समेत गर्नुभएको छ । शान्ति बाटिकामा बिहान ६ः३० बजे जम्मा भएर प्रभातफेरीलाई सफल पार्न पनि महासंघले अनुरोध गरेको छ। शान्ति बाटिकाबाट प्रभातफेरि शुरु गरेर भृकुटीमण्डपको प्रदर्शनि मार्गमा अवस्थित महाधिवेशन स्थल ‘राष्ट्रिय सभागृह’मा जाने कार्यतालिका बनेको महासंघका जिल्ला शाखा कार्यसमिति सदस्य रमेश कुमार बोहोराले जानकारी दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको...
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्रयाप जडान

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाबारे अध्ययन गर्न क्यामेरा ट्रयाप जडान

कृषि, जीवनशैली, ताजा अपडेट, पर्यटन, समाचार
काठमाडौं ।शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको अनुसन्धान गर्न क्यामेरा ट्रयाप जडान गरिएको छ। त्रिभुवन विश्वबिद्यालय,प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका शोधार्थी तिलक थापा मगरले चितुवाको संख्या र तिनीहरुको गतिविधिबारे अनुसन्धान गर्न क्यामेरा ट्रयाप प्रविधिको प्रयोग गर्न लागेका हुन् । प्रत्येक १–१ वर्ग किलोमिटरको ग्रिडमा १ जोडी क्यामरा राखी अध्ययन गर्ने योजना रहेकोमा हाल २६ स्थानमा २६ जोडी क्यामेरा राखिसकिएको छ।झन्डै असारसम्म चल्ने यो अध्ययनमा करिब ७० स्थानमा ७० जोडी क्यामेरा राखिने उनको भनाई छ । यो अध्ययनले शिवपुरी –नागार्जुन राष्ट्रिय निकुञ्जमा चितुवाको संख्या, आनीबानी र गतिविधिबारे जानकारी प्राप्त हुनेछ । मानव(चितुवाबीचको द्वन्द्व कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। उक्त अध्ययनको सुपरीवेक्षण त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागका स...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि सञ्चालनमा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, बिशेष, समाचार
काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । एक सातादेखि न्यून ‘भिजिबिलिटी’ का कारण उडान प्रभावित भएको सो विमानस्थले आजबाट सुचारु भएको हो । दैनिक हजारौं यात्रु आउजाउ गर्ने पर्यटकीय राजधानी पोखरामा २५ अप्रिलबाट उडान प्रभावित थिए। यहाँबाट नेपालगञ्ज,भैरहवा तथा भरतपुरमा समेत सिधा उडान हुन्छ।मे १ दिउँसो १ देखि मौसम सुधार भएपछि ५ उडान भएको थियो।उडान नहुँदा हवाइयात्रा प्रभावित बनेको थियो। मौसमका कारण उडान हुन नसकेका यात्रुले पुनः उडान गर्न चाहे अर्को दिनको टिकट दिने प्रावधान छ।नजाने यात्रुको टिकटको रकम फिर्ता गरिन्छ। यस विमानस्थलमा बुद्ध एयरले मात्र काठमाडौंबाट दैनिक १७ उडान राखेको छ।...
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

जीवनशैली, ताजा अपडेट, ब्यानर-२, समाचार, स्थानीय, स्वास्थ्य
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएको भन्दै दुई दिन बिदा दिन निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । पश्चिमी वायुको प्रभावले चलेको तातो हावा र लामो समयदेखि वर्षा नभएका कारण गर्मी अत्यधिक बढेपछि जनजीवन कष्टकर बनेको हो । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्हरुको भनाई छ।...
बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

बालबालिकालाई असल बनाउन साथीप्रति सावधानी राखौं

जीवनशैली, प्रेरक प्रसङ्ग, बिशेष, ब्यानर-१, मनोरन्जन, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) काठमाडौं । आफ्ना बालकालिकालाई असल बनाउने रहर जो कोही बाबुआमालाई हुन्छ ।तर असल बनाउन बाबुआमाले के के गर्नु पर्दछ भन्ने सैद्धान्तिक विषयको ज्ञानको अभाव वा अज्ञानताका कारण पनि कतिपय बालबालिकामा खराब बानी विकसित हुँदै गएको पाइन्छ । खराब आचरण र लतमा पर्नुभन्दा अगाडि नै बालबालिकालाई सुर्धार्न,सामाजिकिकरण गर्न र असल बनाउने तर्फ लाग्नु जरुरी छ।बालबालिकालाई असल बनाउने धेरै उपाएहरुमध्ये उनीहरुका साथीप्रति सावधानी राख्नु पनि एक उत्तम विषय हो।बालबालिकाको जीवनमा जोडिएका साथीहरुले नै उसलाई राम्रो र नराम्रो व्यवहार निर्माणमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा अभिभावकले यसतर्फ ध्यान दिनु पर्दछ।वास्तवमा बालबालिकाको व्यक्तित्व निर्माण र प्रतिभा विकासका लागि असल साथीको अति आवश्यक्ता पर्दछ। असल साथीको संगतले बालबालिकाले आफ्ना खराब आचरण पनि सुधार्दै जान सक्छन् भने खराब साथीको संगतले बा...
२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

२९ औं पटक सगरमाथा आरोहण गर्दै कामिरिता

कला, जीवनशैली, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
काठमाडौं । सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पाले २९ औं पटक सगरमाथा आरोहण गर्नै भएका छन् । विश्व कीर्तिमान बनाएका शेर्पाले आफ्नै कीर्तिमानी तोड्ने छन् ।सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । एकसाताअघि काठमाडौँबाट लुक्ला,नाम्चे हुँदै सगरमाथा आधार शिविर पुगेका कामिरिताले भने,‘यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ।यति,उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ।’ करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुचुरोतिर लाग्ने तरखरमा रहेको कामिरिताले सेभेन समिट ट्रेक्स प्रालिमार्फत आरोहणका लागि शिखरतर्फ जाने तयारीमा गरेको बताएका छन् ।खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन्। सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् । गत वर्ष सोलुखुम्...
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस : ‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’

१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस : ‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
मनिषा गुरूङ काठमाडौं ।आज मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस  विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ। एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता,वीरता र गौरवपूर्ण इतिहास बोकेको छ।प्रत्येक वर्ष मे १ तारिखमामा मनाइने यो दिवस श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक,अधिकार स्थापित भएको दिनको रूपमा मनाइन्छ।‘मर्यादित काम,श्रमिकको सम्मान,हाम्रो अभियान’भन्ने नाराकासाथ १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएको हो। सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।श्रम सम्बन्धलाई व्यवस्थित गर्न यो दिवसले श्रमिकहरुको लागि खास अर्थ राख्दछ। सन् १८८६ मा अम...

टुँडिखेलमा सञ्चालन हुने सिप मेलाको तयारी पूरा

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, शिक्षा, समाचार, स्थानीय
काठमाडौं ।काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सञ्चालन गर्ने ‘सिप मेला’ को तयारी पूरा भएको बताएको छ।मंगलबार पत्रकार सम्मेलन गरेर मेलाको तयारी पूरा भएको महानगरले जानकारी दिएको हो। ‘शिक्षालाई सिपसँग’,‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु,सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले यस प्रकारको मेलाको आयोजना गरिएको महानगरको भनाई छ । महानगरकी उपमेयर सुनिता डंगोलका अनुसार उच्च माग भएका पेसासँग सम्बन्धित २ हजार ८१ जनालाई एक महिना निःशुल्क तालिम उपलब्ध गराउने लक्ष्य महानगरले लिएको छ।महानगरले सो तालिम लिएका व्यक्तिलाई रोजगार,स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । रोजगारदाता,शैक्षिक क्षेत्र,सामाजिक क्षेत्र सबै एकै ठाउँ भएर सञ्चालन हुने तालिम, नतिजाका लागि उत्कृष्ट सहकार्यको नमुना कार्...