स्थानीय

तारकेश्वर नगरपालिकाले लगायो नदीजन्य पदार्थ उत्खननमा रोक

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
जमुना धमला काठमाडौं । तारकेश्वर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्यमा रोक लगाएको छ । नगरपािलकाले बिहीबार एक सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०८१ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन,संकलन बन्द गरिएको उल्लेख छ ।     नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, सशस्त्र प्रहरीको बिओपीहरूलाई समेत ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।...
पशुपति क्षेत्रका स्थानीय आन्दोलित

पशुपति क्षेत्रका स्थानीय आन्दोलित

ब्यानर-२, समाचार, स्थानीय
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी घर टहरा खालि गर्न भनेपछि पशुपति क्षेत्रका स्थानीयहरू आन्दोलित भएका छन् । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरूलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । कोषले बस्ती स्थानान्तरण गर्ने भनेपनि जग्गा उपलब्ध नगराएको उनीहरुको जिकिर छ । स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको बताए । अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरू कहीँ नजाने बताए । तीलगंगा -बि १३_ मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड -बि ३_ क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भन...

हवाइ उडान ठप्प भएपछि पर्यटक मर्कामा

अर्थतन्त्र, समाचार, स्थानीय
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटकहरु मर्कामा परेका छन् । गत जेठ २६ गतेदेखि खुम्बु क्षेत्रमा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न सकेका छैनन् । प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन ।’ लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकोप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकप्टरहरूले उडान गरिरहेको ए...

अनुपम म्युजिक पोखराको उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

ताजा अपडेट, बिशेष, मनोरन्जन, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) पोखरा।अनुपम म्युजिक,पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ। शनिबार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेका थिए।अबको परिवेशमा भाषणकला जीवनका लागि एक अनिवार्य कला भएको भन्दै उनले सबै वर्ग र क्षेत्रका मानिसहरुले यस प्रकारको सीप सिक्न जरुरी भएको बताए। साथै उनले वडाले पनि वडाभित्रका आमा समूह,टोल विकास समितिलगायतका विभिन्न संघसंस्थाहरुमा आबद्ध व्यक्तिहरुका लागि भाषण कला सम्बन्धी तालिम सञ्चालन गरेको र त्यस तालिमबाट धेरै जनाले लाभ लिएको जिकिर गरे ।यस्ता तालिमले मानिसको व्यक्तित्वलाई उच्च बनाउन मद्धत पुग्ने उनको भनाई छ। अनुराग अधिकारी,रुपिन्द्र प्रभावीलगायतका सम्बन्धित विज्ञहरु प्रशिक्षक रहेको सो तालिमको समापन समारोहमा वडा अध्यक्ष पराजुलीले अनुपम...

एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा शाक्य निर्वाचित

राजनीति, समाचार, स्थानीय
ललितपुर।नेकपा एमाले ललितपुर महानगर कमिटीको अध्यक्षमा ज्ञानेन्द्र शाक्य निर्वाचित भएका छन् ।सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट उनि निर्वाचित भएका हुन् । यसैगरि उपाध्यक्षमा दिपेन्द्र सिम्खडा,सचिवमा ज्ञानभक्त डंगोल,उप–सचिव धर्मरत्न शाक्य र पृथबिन्दु महर्जन निर्वाचित भएका छन् ।

६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

समाचार, स्थानीय
काठमाडौं । ६ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । चिनियाँबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला

समाचार, स्थानीय
सुर्खेत । शनिबार दिउँसो पौडी खेल्ने क्रममा भेरी नदीमा बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । आइतबार वीरेन्द्रनगर नगरपालिका–२ चोक्टेस्थित भेरी नदीमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले कालिकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–७, खजुरा बस्ने १९ वर्षीय विनोद केसी र सोही ठाउँ बस्ने १६ वर्षीय भूपेन्द्र केसीको शव फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले उनीहरूको शव डुबेको स्थानभन्दा केही तल फेला परेको जानकारी दिए ।...

ताप्लेजुङमा बाढी पहिरोः दर्जनौं परिवार विस्थापित

ताजा अपडेट, समाचार, स्थानीय
ताप्लेजुङ । जिल्लामा बाढी तथा पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् । निरन्तर वर्षापछि बुधबार यता गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गए राति मिक्वाखोला गाउँपालिका–५, ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीले बताए । प्रहरीका अनुसार, शनिबार पहिरो जाँदा मिक्वाखोला–५, पापुङमा तीन परिवार विस्थापित भएका छन् । पापुङ, तांखुटोलका आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । बिहान वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा उनीहरूको परिवार विस्थापित भएको बताइएको छ । यस्तै, सिरिजंघा गाउँपालिका–६, मामांखेमा शनिबार गएको पहिरोले ६ परिवार विस्थाप...
पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु

पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु

समाचार, स्थानीय
नुवाकोट । पौडी खेल्ने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । जिल्लाको गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ डुबेर मृत्यु भएको हो । तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनकामना केबलकार असार ३१ गतेदेखि बन्द हुने

ताजा अपडेट, समाचार, स्थानीय
काठमाडौं । मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ । केबलकारको स्तरोन्नतिका लागि असार अन्तिम सातादेखि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले एक सुचना जारी गर्दै बताएको छ । प्रालिका अनुसार असार ३१ गतेदेखि केबलकार सेवा बन्द हुनेछ । केबलकारको डिजिटल प्रणालीको स्तरोन्नति गर्न र केबल तारको लठ्ठा फेर्ने कार्य गर्न बन्द गर्न लागिएको बताइएको छ ।...