समाचार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, चैत काठमाडौं । बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएका हुन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । ‘शौचालय जान्छु’ भनेपछि प्रहरी कर्मचारीले हतकडी खोलेर पठाउँदा उनी भाग्न सफल भएका हुन् । उनको खोजी तीव्र पारिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका स्थित बोझेपोखरीमा अछाम घर भएकी १७ वर्षीय किशोरीसँग उनी लिभिङ टुगेदरमा बस्दै आएका थिए । उनीहरूबाट एक महिनाअघि छोरी जन्मिएपछि किशोरीले जाहेरी दिएको प्रहरी अधिकृतहरू बताउँछन् । साउद १७ दिनदेखि प्रहरी हिरासतमा थिए ।...
भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

भारतमा एक नेपालीलाई २० वर्ष जेल सजाय

अन्तर्राष्ट्रिय, अपराध, ताजा अपडेट, वातावरण, समाचार
७, चैत काठमाडौं । भारतको एक अदालतले कपिलवस्तुको तौलिहवा निवासी एक व्यक्तिलाई २० वर्ष जेल सजाय तोकेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित बलरामपुरको विशेष सत्र न्यायाधीश (पोक्सो एक्ट) दीप नारायण तिवारीले बलात्कार मामिलामा नेपाली नागरिक सुनिल पाठक उर्फ राज पण्डितलाई २० वर्ष जेल सजाय निर्धारण गरेका हुन् । अदालतले सुनिललाई ११ हजार रुपैयाँ जरिबानाको फैसलासमेत सुनाएको छ । २५ अक्टोबर २०२३ मा उनले एक नाबालिगलाई बलात्कार गरेको बताइएको छ । पीडित किशोरीका पिताले दिएका उजुरीका आधारमा प्रहरीले सुनिलविरुद्ध मुद्दा प्रक्रिया अघि बढाएको थियो । पीडित पक्षकातर्फबाट अदालतमा सात साक्षी उपस्थित गराइएको थियो । अदालतले सुनिललाई दोषी ठहर गर्दै २० वर्ष जेल र ११ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जरिबानाबापतको रकम तिर्न नसकेको खण्डमा थप एक वर्ष जेल सजाय हुने अदालतको फैस...
भूकम्प पीडितलाई घर पुनस्निर्माणका लागि दोस्रो किस्ता

भूकम्प पीडितलाई घर पुनस्निर्माणका लागि दोस्रो किस्ता

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, चैत बाजुरा । जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्प पीडितको आवास निर्माणका लागि दोस्रो किस्ता पालिकालाई हस्तान्तरण गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्याका अनुसार गृह मन्त्रालयबाट आएको रकम पालिकालाई वितरण गर्ने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार उक्त रकम एक हजार चार सय ७३ जना भूकम्पपीडितलाई प्रदान गरिनेछ । जिल्लाका नौ पालिकामध्ये हिमाली र जगन्ना गाउँपालिकाको भूकम्प प्रभावितको तथ्यांक अद्यावधिक नभएकाले उक्त पालिकाका प्रभावितहरूका लागि भने रकम नआएको उनले बताए । उनले त्रिवेणी नगरपालिकामा रु। २८ लाख २५ हजार, बूढीगंगा गाउँपालिकालाई रु. ८६ लाख र बूढीनन्दा नगरपालिकालाई रु. १३ लाख ५० रकम हस्तान्तरण गरिएको हो । साथै गौमूल गाउँपालिकामा रु. १३ लाख ७५ हजार, खप्तड छेड दहमा रु। दुई करोड २४ लाख ७५ हजार र स्वामीकार्तिक खापर गाउँपालिकालाई रु। ...
एसईई परीक्षा : जनकपुरमा एक घण्टा नबित्दै  प्रश्न पत्र बाहिरियो

एसईई परीक्षा : जनकपुरमा एक घण्टा नबित्दै प्रश्न पत्र बाहिरियो

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
७, चैत काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ । जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए । आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।...
नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

नेपाल शिक्षक महासङ्घले सुरु गर्‍यो रिले अनसन

ताजा अपडेट, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
७, चैत काठमाडौं । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन अन्तर्गत रिले अनसन सुरु गरेको छ । सरकारले महासङ्घसँग सहमति कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले महासङ्घले रिले अनसन सुरु गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज बिहान ८ बजेदेखि सुरु गरिएको अनसन बेलुका ६ बजेसम्म रहने महासङ्घले जनाएको छ । आज पहिलो दिन महासङ्घका सहअध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुलीको नेतृत्वमा १५ जना महिला शिक्षक–कर्मचारी अनशनमा बसेका छन् । हरेक दिन अनशन बिहान ८ बजेबाट सुरु भई बेलुका ६ बजेसम्म चल्ने महासङ्घले जनाएको छ ।रिले अनसन चैत १५ गते सम्म चल्नेछ । त्यसपछि चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शिक्षक कर्मचारीको आन्दोलन हुनेछ ।...
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १७ औं सम्मेलनको तयारी पुरा, १५०० रोटरीयनहरु एकैठाउँमा जमघट हुँदै

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १७ औं सम्मेलनको तयारी पुरा, १५०० रोटरीयनहरु एकैठाउँमा जमघट हुँदै

अन्तर्राष्ट्रिय, अर्थतन्त्र, ताजा अपडेट, पर्यटन, बिशेष, ब्यानर-१, समाचार
सीता पौडेल (अर्चना) ७ चैत,काठमाडौं । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक सेवामा समर्पित रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) को १७ औं डिस्ट्रिक्ट सम्मेलनको तयारी पुरा भएको छ । रोटरी डिस्ट्रिक्ट नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यहि चैत ८ गतेदेखि १० गते (मार्च २१–२३,२०२५) सम्म ललितपुरमा आयोजना हुने सो सम्मेलनको सम्पर्ण तयारी पुरा भएको जानकारी दिएको हो । उक्त पत्रकार सम्मेलनमार्फत रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२का राटरी वर्ष २०२४–२०२५ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले विश्वबाट पोलियो उन्मूलन गराउने अभियानमा अग्रणी भूमिका निर्वाह गर्दै मानवीय सेवामा समर्पित  रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को सो सम्मेलनमा भूटानको १ क्लब र नेपालका १५७ गरि १५८ क्लबका एक हजार पाँच सय भन्दा बढी रोटरीयनहरुको एकठाउँमा जमघट हुने जानकारी दिए ।  सम्मेलनबाट रोटरीयन र...
प्रधानमन्त्रीको आग्रह, एसइई धैर्यताका साथ दिनुहोस्

प्रधानमन्त्रीको आग्रह, एसइई धैर्यताका साथ दिनुहोस्

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
७, चैत काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गरेका छन् । हिजो साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी आजदेखि (बिहीबार) सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् । “विद्यार्थी भाइबहिनीहरू चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस् । मेरो धेरै शुभकामना छ ।” प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुनेभएकाले त्यसबाट जोगिन समेत आग्रह गरेका हुन् । उनले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै ...
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

ताजा अपडेट, राजनीति, समाचार
७, चैत काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताए । ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था छ’, उनले भने, ‘जस अनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।’ मङ्गलबार भएको निर्वाचनमा देशभर ३८ आङ्गिक र सम्बन्धन प्राप्त २५० क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम अझै जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
७, चैत काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्रांकलगायत मुद्राको मूल्य घटेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७७ पैसा, स्विस फ्य्रांक एकको खरिददर १५६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पै...
सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
७, चैत काठमाडौं । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणका लागि सगरमाथा, ल्होत्से र आमादब्लम हिमालमा बाटो बनाउनेछ । सङ्घले यसको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ । सोही कम्पनीमार्फत सगरमाथामा बाटो खोल्ने कार्यमा अशोक लामाको नेतृत्वमा कर्माग्याल्जेन शेर्पा, पेमनुरबु शेर्पा, मिङदावा शेर्पा, टासी शेर्पा, पासारिन्जी शेर्पा, पास्तान्जेन शेर्पा र टासीनर्बु शेर्पा सहभागी छन् । सङ्घले सो टोलीलाई सगरमाथाको बाटो निर्माणका लागि आवश्यक सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ । सङ्घका महासचिव ऋषिराम भण्डारीले वसन्त ऋतुको सगरमाथा हिमाल आरोहणका लागि ब...